बैशाख २७, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्...
सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तन खारेजको माग गर्दै परेको रिट निवेदनलाई विशेष अग्राधिकारसहित सुनुवाइ गर्दै सक्कल कागजात झिकाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायधीशद्वय दीपक कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
२०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले गरेको निर्णय झिकाउन आदेश जारी भएको हो ।
पूर्ण इजलासमा छलफल गर्ने निर्णय सुनाएको छ । रिट दर्ता भएको पाँच वर्षपछि अदालतले सरकारको नाममा सो आदेश जारी गरेको छ ।
प्रचलित वर्णविन्यासको अस्तित्व मेट्ने गरी सरकारले गरेको निर्णय र सो अनुरूप तयार भएका पाठ्यक्रम खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा २०७३ भदौ २४ गते रिट दर्ता भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानलाई विपक्षी बनाएर पत्रकारद्वय स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आइतवार सुनुवाइ गर्दै सरकारले गरेको निर्णयको सक्कल फाइल झिकाउने आदेश जारी भएको हो ।
भाषाजस्तो संवेदनशील विषयमा भाषा आयोगको सिफारिसमा मात्र निर्णय गर्नुपर्ने लगायतको संवैधानिक र कानूनी प्रावधान उल्लंघन गरेको भन्दै मन्त्रीस्तरीय निर्णय र निर्णयअनुसार विद्यालयमा लागू पाठ्यपुस्तक वितरणमा रोक लगाउनु पर्ने रिट निवेदकको माग छ ।
पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन २०६९ मा अभ्यासमा रहेको वर्ण विन्यास संशोधनको निर्णय गरेका थिए । त्यही निर्णयका आधारमा परिमार्जित वर्णविन्यासअनुसार नेपाली शब्दकोश बन्नुका साथै विद्यालय तहमा कक्षा ९ सम्मको नेपाली विषयको पाठ्यक्रममा परिवर्तन गरी अध्ययन अध्यापन गराउन थालेपछि भाषा बहस चर्किएको थियो ।
सर्वोच्चमा रिट परेपछि भाषाविदहरूले पाँच वर्षदेखि अदालतको आदेश कुरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्...
विराटनगर महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदैछ । सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नह...
सर्वाेच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्युनीकरणको कार्ययोजना बनाउन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपक...
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्नेमा आफू प्रतिवद्ध रहेको बताएका छन् । कानुन दिवसका अवसरमा वक्तव्य जारी गर्दै उनले न्यायपालिकाको विकृति न...
स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीवार जारी गरेको सूचनामा वैशाख ३० गतेदेखि आ...
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...