कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
बैंक तथा वित्तीय संस्थाहरूमा चालू आर्थिक वर्षको ६ महिनापछि बल्ल तरलता सहज हुन थालेको छ । सरकारले स्थानीय निकायको सञ्चित कोषमा भएको ८० प्रतिशसम्मको रकम वाणिज्य बैंकहरूले निक्षेपका रूपमा लिन पाउने व्यवस्था गरेको र बैंकहरूले तीन महिनादेखि नै नयाँ ऋणीलाई कर्जा लगानी गर्न रोकेका कारण तरलता सहज हुन थालेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार पुस मसान्तमा सरकारलाई कर तिनुपर्ने भएका कारण बैंकहरूमा फेरि तरलता अभाव हुन्छ कि भन्ने चिन्ता थियो । उनका अनुसार पुस मसान्तसम्मको तथ्यांकले बैंकहरूमा ३२ अर्ब रुपैयाँ अधिक तरलता देखाएको छ ।
यस्तो अधिक तरलता गत वर्षको यही अवधिमा भने २ खर्ब रुपैयाँ थियो । गत वर्ष बैंकहरूमा भएको अधिक तरलताबाट राष्ट्र बैंककले १ खर्ब ६१ अर्ब तरलता प्रशोचन गर्नुपरेको थियो । यो वर्ष भने मौद्रिक नीतिको टुल्स प्रयोग गरेर बैंकहरूमा रिपो, स्थायी तरलता सुविधा (एसएसएफ), ओभरनाइट रिपो, पुनरकर्जासहितबाट आवश्यक रकम पठाइरहेको छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो प्रयोग गर्छ ।
गत वर्ष बैैंकिङ प्रणालीमा अधिक तरलता भएको हुँदा रिभर्स रिपो जारी गरेर तरलता खिचेरै अधिक तरलतालाई सहज बनाइएको थियो । यो वर्ष भने रिपोमार्फत बजारमा पैसा पठाउने काम अहिलेसम्म पनि भइरहेकाले नै तरलता सहज हुन खोज्दैछ । तरलता सहज भएर बजारमा प्रशस्त पैसा भएको स्थिति भने होइन । यस्तो रकम चालू आवको ५ महिनामा नै २७ खर्ब २१ अर्ब रुपैयाँ प्रवाह भइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिमा तरलता प्रवाह गर्न मौद्रिक नीतिको उपकरण रिपो प्रयोग गर्छ ।
अल्पकालीन सहजता
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंकिङ प्रणालीमा भएको ३२ अर्बको अधिक तरलता बैंकहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्दात बाहेककै हो । पछिल्लो समय आयात बढेकाले फेरि पैसा उत्तै जान्छ कि भन्ने चिन्ता पनि छ । राष्ट्र बैंकका प्रवक्ता भट्ट आयातलाई नियन्त्रण गर्न सकियो र सरकारले गर्ने खर्चमा बढ्न सक्यो भने अब तरलता सहज हुने तर्क गर्छन् । यसका साथै बैंकहरूले निक्षेपको तुलनामा कर्जा अधिक वृद्धिलाई पनि नियन्त्रण गर्नुपर्ने हुन्छ ।
गत वर्ष ऋण प्रवाह कम हुँदा अधिक तरलता थुप्रिएको थियो भने यो वर्ष निक्षेप नबढ्ने र कर्जा मात्रै बढेका कारण पनि तरलतामा दबाब परिरहेको बुभाइ राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् ।
राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको पोलिसी अनुसार अन्तर बैंक ब्याजदर ३.५ प्रतिशत वरपर बसेको अवस्थामा ठीकै हुन्छ । तर, अन्तर बैंक ब्याजदर बढेर त्यो भन्दा माथि पुगिरहेको छ । एक साता अगाडि (२३ पुस)मा यस्तो अन्तर बैंक ब्याजदर ३.२५ प्रतिशत रहेको थियो । अहिले यस्तो ब्याजदर फेरि बढेर ४.९४ प्रतिशत पुगिसकेको छ ।
पछिल्लो समय बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो औसतमा ९० प्रतिशतमा नै रहेको छ । २ दिन अगाडिको यस्तो सीडी रेसियोको औसत अनुपात ८९.८५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकका अनुसार अहिले पनि १५ वटा बैंकको सीडी रेसियो ९० प्रतिशत कटेको छ । बाँकी १२ वटा वाणिज्य बैंकको मात्रै सीडी रेसियो ९० प्रतिशतभन्दा कम छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको पूँजी कर्जा निक्षेप (सीडीडी) लाई खारेज गरेर सीडी रेसियो कायम गरेको हो । यस्तो सीडी रेसियो कायम गर्ने समय बैंकहरूले आगामी असार मसान्तसम्म पाएका छन् । त्यो समयका लागि अहिलेदेखि नै मासिक योजना पेश गर्न राष्ट्र बैंकले सम्बन्धित बैंकलाई भनिसकेको पनि उल्लेख छ ।
पुस मसान्तसम्ममा सरकारको ढुकुटीमा ४८ अर्ब ३९ करोड रुपैयाँ मौज्दात रहेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगाना बताउँछन् । उनका अनुसार पुस मसान्तसम्ममा सरकारले यो वर्ष आन्तरिक ऋण उठाएको छैन् । गत वर्षको ६ अर्ब आन्तरिक ऋणलाई यो वर्ष मिलान गरेको बाहेक आन्तरिक ऋण अहिलेसम्म उठाएको छैन ।
सरकारले नेपाली नागरिक, संगठित संस्था, बैंक तथा वित्तीय संस्थाबाट ऋण उठाउने गर्छ । यस्तो आन्तरिक ऋणको लक्ष्य चालू आवका लागि २ खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ । सरकारले आन्तरिक ऋण उठाएको अवस्थामा तरलता असहज हुने भन्दै अहिले तत्काल नउठाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आग्रह गरे ।
अधिकारीले तत्काल आन्तरिक ऋण उठाउन नहुने र उठाएको अवस्थामा सहज हुन लाग्ने गरेको तरलता अभाव झन् चर्किने पनि उनको बुझाइ छ ।
सरकारले यो वर्ष वैदेशिक ऋण भने १३ अर्ब रुपैयाँ संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले वैदेशिक ऋणलाई हालसम्म खर्च भने गरेको छैन । उक्त रकम सरकारी ढुकुटीमा नै राखेको छ ।
७ महिनाको मात्रै आयातमा पुग्ने रकम मात्रै सञ्चिति
नेपालमा पछिल्लो समय बैंकहरूमा तरलता अभाव हुने एउटा प्रमुख कारण आयात बढ्नु पनि हो । चालू आर्थिक वर्षको ५ महिनामा नै नेपालमा ८ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष लागेपछि विदेशी विनियम सञ्चिति घट्दै गएको छ । चालू आवको पाँच महिनामा ११ प्रतिशतले विदेशी विनिमय सञ्चिति रकम घटिसकेको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ यस्तो विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आवको ५ महिनामा नै १२ खर्ब ४४ अर्ब रुपैयाँमा झरिसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार उक्त विदेशी विनियम सञ्चितिले ७.२ महिनाको मात्रै वस्तु तथा सेवा आयात गर्न पुग्छ ।
राष्ट्र बैंकका अनुसार आयात कर्जा चालू आवको ५ महिनासम्ममा ८.२ प्रतिशतले बढेको छ । यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरूले १६ अर्ब ९१ करोड रुपैयाँ ५ महिनामा नै दिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १.६ प्रतिशतले बढेको थियो । गत वर्षको पहिलो ५ महिनामा आयात कर्जाका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले २ अर्ब २५ करोड रुपैयाँ मात्रै प्रवाह गरेका थिए ।
नेपाल वित्त संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर बैंकहरूले आक्रामक ऋण विस्तार रोक्ने, आयात नियन्त्रण गर्दै जाने र सरकारले पनि खर्च बढाउने हो भने आगामी महिनाबाट तरलता विस्तारै सहज हुँदै जाने बताउँछन् ।
उनका अनुसार अहिलेसम्म भएको तरलता अभाव बैंकहरूले निक्षेप संकलन न्यून र कर्जा प्रवाह अधिक भएर भएको हो । हालसम्म बैैंक तथा वित्तीय संस्थाहरूबाट ४ खर्ब ३१ अर्ब कर्जा प्रवाह भएको छ । यो अवधिसम्ममा निक्षेप संकलन भने जम्मा ६८ अर्ब रुपैयाँमात्रै रहेको पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...