जेठ ५, २०७९
नेकपा एमालेका सांसद भीम रावलले सरकारले व्याख्यात्मक टिप्पणीपछि अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । उनले बिहीवारको प्रतिनिधि सभामा भइरहेको पूर्व बजेट छलफलमा बोल्ने क्रममा उक्त माग गरेका...
वाणिज्य बैंकहरूमा एक महिनामा नै ८७ अर्बले निक्षेप बढेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा पुस मसान्तको निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तो निक्षेप अघिल्लो महिना मंसिरमा ४२ खर्ब ३७ अर्ब मात्रै थियो ।
सरकारले स्थानीय निकायको सञ्चित कोषको ८० प्रतिशतसम्मको रकम वाणिज्य बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरेकाले यस्तो निक्षेप बढेको देखिएको छ ।
बैंकहरूमा देखिएको लगानीयोग्य रकम (तरलता) अभाव विस्तारै कम हुँदै गएको, बैैंकमा निक्षेप आउने थालेको र बैंकहरूले निक्षेपको तुलनामा कर्जा नियन्त्रण गरेकाले पनि बैंकहरूमा निक्षेप बढेको नेपाल बैंकर्स संघको भनाइ छ ।
पूँजीगत खर्च बढेको, कर तिर्ने बेला भएकाले बैंकमा जम्मा गर्ने र सरकारी खर्च ९ प्रतिशतबाट १३ प्रतिशत पुगेकाले पनि बैंकहरूमा निक्षेप बढेको हो ।
अर्धवार्षिक समीक्षाको समय भएको र ब्याज आउने समय पनि भएकाले निक्षेप बढेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय बताउँछन् ।
उनका अनुसार सधैँ नकारात्मक हुनुपर्छ भन्ने पनि त छैन नि । अब सकारात्मक पनि हुँदै गएकाले त्यसको संकेत देखिएको उपाध्याय बताउँछन् ।
बैंकर्स संघको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूमा १ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्तमा वाणिज्य बैंकहरूमा जम्मा ४२ खर्ब १ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो ।
त्यो निक्षेप साउन र भदौमा घटेको थियो । भदौमा बैंकहरूको निक्षेप घटेर ४१ खर्ब १७ अर्ब रुपैयाँमा झरेको थियो ।
यस्तो निक्षेप कात्तिकदेखि पुस मसान्तमा भने बढिरहेको छ ।
कात्तिकमा ४२ खर्ब ३३ अर्ब पुगको निक्षेप पुसमा आइपुग्दा भने ४३ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको देखिएको छ ।
सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सनराइज बैंक
नेपाल बैंकर्स संघले उपलब्ध गराएको यस्तो तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सनराइज बैंक अगाडि रहेको देखिएको छ । यो बैंकले चालू आवको पुस सम्ममा २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यसले मंसिरपछि पुस महिनामा मात्रै संकलन गरेको निक्षेप भने जम्मा २ अर्ब १४ करोड छ । चालू आवको ६ महिनामा निक्षेप संकलन बढाउनेमा नेपाल बैंक छ । उसले १९ अर्ब संकलन गरेको छ ।
चालू आवको पहिलो ६ महिनामा सबैभन्दा बढी निक्षेप घटाउनेमा भने प्राइम कमर्सियल बैंक रहेको छ । यो बैंकको पुससम्ममा १९ अर्ब ८९ करोड रुपैयाँले निक्षेप ऋणात्मक छ । यो बैंकले पुस महिनामा मात्रै १३ अर्ब ७४ करोड रुपैयाँ थप निक्षेप संकलन गर्न सकेको पनि तथ्यांकले देखाएको छ ।
चालू आवको ६ महिनामा निक्षेप संकलन ऋणात्मक धेरै हुनेमा नेपाल बंगलादेश बैंक लिमिटेड पनि छ । यसको निक्षेप ७ अर्ब १६ करोडले पुससम्मको तथ्यांकमा ऋणात्मक गएको छ । यो बैंकले मंसिरको तुलनामा पुसमा भने २ अर्ब २३ करोड रुपैयाँले निक्षेप बढाउन सकेको छ ।
पुससम्मको तथ्यांकअनुसार निक्षेप बढाउन नसकेर ऋणात्मक सूचीमा हुनेमा मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्रभु, राष्ट्रिय वाणिज्य र स्ट्यान्डर्ड चार्टर बैंक रहेका छन् । यी बैंकहरूको निक्षेप साउनदेखि पुससम्मका अवधिमा ६५ करोडदेखि सवा ५ अर्बसम्मले घटेको छ ।
मंसिरको तुलनामा पुसमा अधिकांश बैंकहरूले निक्षेप बढाउन सकेको भएपनि बैैंक अफ काडमाण्डूको ६१ करोडले, नेपाल इन्भेष्टमेन्ट बैंकको ८० करोडले र नेपाल एसबीआई बैंकको १३ करोड रुपैयाँले निक्षेप घटेको छ ।
पुसमा सिद्धार्थ बैंकको ५ करोडदेखि राष्ट्रिय वाणिज्य बैंकको १३ अर्ब ७४ करोड रुपैयाँसम्म निक्षेप बढेको छ ।
कर्जा लगानी ४ खर्ब २२ अर्ब
पुससम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ४ खर्ब २२ अर्ब १७ करोड रुपैयाँले बढेको छ । वाणिज्य बैंकहरूले ६ महिना जम्मा १ खर्ब २३ अर्ब रुपैयाँले निक्षेप निक्षेप बढाएका भएपनि कर्जा भने साढे तीन गुणाले बढाएका छन् ।
वाणिज्य बैंकहरूको कर्जा प्रवाह पुस महिनामा मात्रै ५८ अर्ब ५८ करोड रुपैयाँले बढेको पनि तथ्यांकले देखाएको छ ।
चालू आवको ६ महिनामा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक (२८ अर्ब ७० करोड) छ । यो बैंकले पुसमा भने जम्मा ४९ करोड मात्रै कर्जा प्रवाह गरेको छ ।
यो अवधिसम्ममा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा सिभिल बैंकको ४ अर्ब ५३ करोड छ । यो बैंकले मंसिरको तुलनामा पुसमा ८६ करोड रुपैयाँले कर्जा प्रवाह कम गरेको छ ।
नेकपा एमालेका सांसद भीम रावलले सरकारले व्याख्यात्मक टिप्पणीपछि अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । उनले बिहीवारको प्रतिनिधि सभामा भइरहेको पूर्व बजेट छलफलमा बोल्ने क्रममा उक्त माग गरेका...
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवा...
नेपालमा लत्ताकपडादेखि भान्सामा प्रयोग हुने सामानसम्मका अधिकांश सामान आयातबाटै परिपूर्ति हुन्छ । नेपालीले आफ्ना छोराछोरी विदेश पठाउने र पैसा भित्र्याएर सामान किन्ने प्रवृत्ति बढिरहेको विषय संसद सदस्य गगन था...
पूर्व प्रधानमन्त्री झलनाथ खनालले औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने बताएका छन् । बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्रा...
कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...
आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली स...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...