×

NMB BANK
NIC ASIA

वैशाखमै चुनाव गर्नेबारे प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ, नगर्दा संविधानको अपव्याख्या हुन्छ : गगन थापा

‘कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ, यसमा मेरो फरक मत छैन’

माघ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वैशाखमै स्थानीय तहको चुनाव हुने बताएका छन् । 

Muktinath Bank

लोकान्तर डट्कमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विभिन्न कारण देखाएर चुनाव सार्न खोजियो भने त्यो संविधानको अपव्याख्या हुन्छ । हामी त्यसो हुन दिने छैनौं । कांग्रेस वैशाखमा चुनाव गर्ने पक्षमा छ । गठबन्धनलाई पनि त्यसअनुसार तयार गरिन्छ,’ महामन्त्री थापाले भने । 


Advertisment
Nabil box
Kumari

गठबन्धनमा रहेका केही दलहरूले तत्काल चुनाव नचाहेको भए पनि संविधान अनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नैपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्री वैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा स्पष्ट हुनुहुन्छ । मैले भर्खरै उहाँसँग चुनाव र सरकारका कामको बारेमा विस्तृतमा छलफल गरेको छु । कांग्रेसकै कारण चुनाव सर्छ भन्ने कुरामा सत्यता छैन, त्यो हावादारी हो,’ थापाले लोकान्तरसँग भने । 

स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भन्ने उद्देश्यले संविधान र कानूनमा सोही अनुसारको व्यवस्था गरिएकाले त्यसलाई पालना गर्नुपर्ने थापाले बताए । 

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने ठाउँ नभएको स्वीकार्दै उनले कार्यशैली सुधार गर्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सुझाव दिएको उनले बताए ।

यसअघि प्रधानमन्त्री देउवाले कांग्रेसको महाधिवेशन सम्पन्न गराउन लाग्नुपरेकाले सरकारको काममा कम ध्यान गएको र अबको दिनमा देउवाले पार्टीभन्दा बढी सरकारलाई ध्यान दिने थापाले बताए । 

‘हामीले उहाँलाई प्रधानमन्त्री बढी सभापति कम हुनुुस् भनेका छौं । पार्टीको सम्पूर्ण  जिम्मेवारी हामीले सम्हाल्छौं भनेका छौं । सरकारले तत्काल गर्नुपर्ने केही कामको बारेमा योजना पनि बनेको छ,’ थापाले भने ।

फरक सन्दर्भमा उनले अमेरिकी सहयोग एमसीसी संसदमा पुगेकाले त्यही विस्तृतमा छलफल गरेर टुंगोमा पुर्‍याउनुपर्ने बताए । 

उनले भने, ‘कांग्रेस एमसीसी पारित गरेर जानुपर्छ भन्ने पक्षमा छ । कांग्रेसको कार्यकर्ता भएका कारण अहिलेसम्म मेरो त्यसमा फरक मत छैन । जनस्तरमा पुगेको विषयलाई गम्भीर रूपमा छलफल गरेर टुंगो लगाउनुपर्छ । एमसीसीको सन्दर्भमा मेरो मत संसदमा छलफल हुँदा राख्ने नै छु । अहिले पार्टीको भन्दा मेरो फरक धारणा छैन ।’

कांग्रेसका महामन्त्री थापासँग लोकान्तर डट्कमले गरेको विस्तृत अन्तर्वार्ता मंगलवार राति ८ बजे लोकान्तर डट्कम र फेसबूक पेजमार्फत प्रसारण हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x