×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको पहिलो डोज लगाइसकेर दोस्रो डोज लगाउन आनाकानी

माघ ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिँदै गइरहेका बेला कोरोना विरुद्धको खोप लगाउन खोज्दा पनि कतिपयले खोप पाइरहेका छैनन् । सबै स्कूले बालबालिकाले खोप नपाएकाले सरकारले विद्यालय बन्द गरेर खोप अभियान सञ्चालन गरिरहेको छ तर १ नम्बर प्रदेशमा पर्याप्त खोप हुँदा पनि लगाउन आनाकानी भइरहेको छ ।

Muktinath Bank

प्रदेशमा ५० लाख ९२ हजार १४६ डोज खोप आइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका १४ जिल्लामा ४८ लाख २२ हजार २८६ डोज खोप विरतण भइसकेको छ भने २ लाख ६९ हजार ८६० डोज खोप स्वास्थ्य आपूर्ति केन्द्रमा मौज्दात छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिशिल्डको पहिलो डोज ३९ लाख ५८ हजार ८२ जनाले लगाएका थिए तर दोस्रो डोज खोप लगाउने घटेका छन् । दोस्रो डोज २७ लाख ८० हजार ७८ जनाले मात्रै लगाएका छन् । भेरोसेलको पहिलो डोज १६ लाख ३४ हजार ३७५ जनाले लगाएका छन् भने ८ लाख ७१ हजार ७१७ जनाले मात्रै दोस्रो डोज खोप लगाएको निर्देशनालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

एस्ट्रोजेनेका खोपको पहिलो मात्रा ३ लाख ७० हजार ४८ जनाले लगाएका छन् भने दोस्रो मात्रा २ लाख ३७ हजार ५४ जनाले मात्रै लगाएका छन् । जोनसन खोप ३ लाख ५१ हजार ४०५ जनाले लगाएका छन् । जोनसन खोप १ डोज मात्रै लगाउने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

फाइजर ६ हजार ७८ जनाले पहिलो डोज र ५ हजार ३७१ जनाले दोस्रो डोज लगाएका छन् । मोडर्नाको पहिलो डोज मात्रै लगाइएको छ । मोडर्नाको पहिलो डोज २ लाख १२ हजार १०७ जनाले मात्रै लगाएका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पहिलो डोज खोप लगाउँदा सामान्य बिरामी भएका कारण दोस्रो डोज लगाउन आनाकानी गरिएको हुनसक्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।  

प्रदेशमा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको संख्या कम देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप क्याम्प सञ्चालन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । मन्त्री खतिवडाले नियमित खोप लगाउने खोप केन्द्रबाहेक सार्वजनिक स्थलमा खोप डेस्क स्थापना गरेर नागरिकलाई पहिलो र दोस्रो मात्रा खोप लगाउने तयारी गर्न समेत प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरेका छन् । 

‘सरकारसँग पर्याप्त खोप छ तर खोप लगाउनेहरू खोप केन्द्रसम्म आइरहेका छैनन्,’ मन्त्री खतिवडाले भने, ‘पहिलो र दोस्रो मात्रा खोप नलगाएसम्म बुस्टर डोज दिन नमिल्ने भएकाले सबैलाई खोप लगाउन गाउँटोलमै पुग्ने गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न तीनै तहका सरकार र निकायलाई निर्देशन गरिसकेको छौं ।’

१ नम्बर प्रदेशमा कूल जनसंख्या ४९ लाख ९५ हजार १६१ छ । जसमध्ये १८ वर्षमाथिको जनसंख्या ३२ लाख ७५ हजार ८६८ छ । 

तराईका जिल्लाभन्दा पहाडी र हिमाली जिल्लामा खोप लगाउनेहरू कम आउने गरेका बस्नेतले बताए । पुस मसान्तसम्ममा ६६ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य रहे पनि ५३ प्रतिशतलाई मात्रै खोप लगाइएको छ ।

खोप लगाउनेको संख्या कम भएपछि खोप अभियानमा नागरिकलाई सरिक गराउन स्वास्थ्य संस्थामा नियमित खोप कार्यक्रम अगाडि बढाउने योजना बनाइएको मुख्यमन्त्री राजेन्द्र राईले बताए । प्रदेश सरकारले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन राजनीतिक दलको पनि सहयोग खोजेको छ ।

खोपको सचेतनाका लागि विभिन्न राजनीतिक दलका भातृ संघसंगठनलाई परिचालन गर्नका लागि दलहरूसँग छलफल गरिएको मुख्यमन्त्री राईले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x