×

Nic Asia
Marvel

कांग्रेसभित्रको बेथिति

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

काठमाडाैं | माघ ५, २०७८

TVS INSIDE

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन ।

IME BANK INNEWS
morang Auto yamaha

उनी भन्छन्, 'मानिसको सबैभन्दा ठूलो सम्पत्ति उसको शरीर हो । त्यसलाई स्वस्थ राख र आफूलाई निर्दिष्ट उद्देश्य र लक्ष्य मुताविक सुयोग्य बनाऊ । साथै सफलताका निम्ति योजना, स्रोत र संगठनको आवश्यकता हुन्छ, त्यसको प्रबन्ध मिलाऊ । यति भए मात्र लक्ष्य भेदन गर्न सक्छौ ।'


Advertisment
NMB BANK
Saurya island

कतिपय विद्वानहरू उपदेशक मात्र हुन्छन्, त्यसको स्वयं प्रयोक्ता र दृष्टान्त हुँदैनन् । तर चाणक्य त संसारका त्यस्ता अतुलनीय एवं अलौकिक विद्वान थिए, जसले आफूले गरेर देखाए, अनि मात्र दुनियाँलाई उपदेश दिए । वर्तमान सन्दर्भमा उनका विचार कति उपयोगमा आएका छन् या छैनन्, बहस गर्दै गरौंला तर आज कांग्रेसभित्रका केही मौलिक र आधारभूत सांगठनिक विषयमा संक्षिप्त चर्चा गरौं ।

अन्न, पानी र सम्पत्तिका निश्चित स्रोत हुन्छन्, जसको निरन्तर संरक्षण भएन भने एकदिन सबै सिध्दिन्छन् र विकराल संकट निम्तिन्छ । यो संकटले मानव जाति मात्र होइन, चराचर जगतमा नै विपत्ति ल्याउन सक्छ । यसको तत्त्वज्ञान मानव जातिबाहेक अरूलाई हुँदैन । त्यसैले उसले यस्ता विपत्ति आउन नदिन हरसम्भव कोशिश गर्छ । यस्तो कोशिश निरन्तर हुनुपर्छ, अन्यथा अवसानको निश्चित तिथि बाढीसहित आइपुग्छ र बढारेर सबैलाई लैजान्छ ।

Vianet communication
Maruti inside

नेपाली कांग्रेस झण्डै सात दशकदेखि नेपालको राजनीतिमा अग्रणी भूमिकामा छ । यो अविच्छिन्न उत्तराधिकारवाला गतिशील लोकतान्त्रिक संस्था हो । यस दलसँग लामो ऐतिहासिक अनुभव र संघर्षको धारावाहिक शृंखला छ र यो अतुलनीय छ । यसका आफ्ना सांगठनिक अवयवहरू छन् । दलमा आवद्ध भ्रातृ र शुभेच्छुक संस्थाहरूको लर्को छ ।

यी सबैका आ-आफ्ना कार्यक्षेत्र र सांगठनिक आधार छन् । यसको सञ्चालन र परिचालनका निश्चित विधि र प्रकृयाहरू छन् । यी सबै उभिने धरातल छ र आफ्ना सदस्यहरूप्रतिको कर्तव्य र दायित्व छ, समाजप्रतिको जिम्मेदारी पनि छ । यसको हेक्का संस्थाका जिम्मेवार मानिसहरूले सदैव राख्नुपर्छ ।

उपरोक्त विषय र प्रसंगको चर्चा किन गर्नुपर्‍यो भन्ने कारण पनि प्रस्ट छ । कांग्रेसले आफ्नो चौधौं महाधिवेशन त जसोतसो सम्पन्न गर्‍यो तर भ्रातृ संघ-संगठनको अवस्था के छ त ? यो विषय साँच्चै भन्ने हो भने खुलेर बहस गर्न समेत गाह्रो छ । पार्टीका सामु अब यो विषयलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ । भ्रातृ संस्थाहरू पार्टीका तागत हुन् । अझ भन्ने हो पार्टीको त्यस्तो 'हाइड्रोपावर' जहाँबाट शक्ति निसृत हुन्छ ।

एउटा त्यस्तो भण्डार जहाँ पार्टीको योग्य जनशक्ति भन्डारण गरिन्छ र आवश्यकता अनुरूप आपूर्ति गरिन्छ । हाइड्रोपावर र भण्डार रित्तियो भने के हुन्छ, कसैले कल्पना गरेका छौं या छैनौं । यसमा पनि नेपाल विद्यार्थी संघको अरू भ्रातृ संघभन्दा फरक महत्त्व छ । अहिले कांग्रेसको नेतृत्वमा पुगेका अधिकांश नेता गणको पाठशाला नेविसंघ हो ।

यी सबैले कांग्रेसको कखरा सिकेको प्राथमिक स्कूल हो । स्कूल भत्कियो भने कसैको राजनीतिक गुजारा त चल्ला तर पार्टीको भविष्य रहनेछैन । यो सत्यलाई अरूले सम्झाउनु या बुझाउनु धृष्टता नै हुन्छ । तथापि आज केही न केही चर्चा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

२०७३ साल यता सबै जसो भ्रातृ संस्थाहरू कोमामा छन् । स्ववियु निर्वाचन हुन छाड्यो । अध्ययनकालमा आफ्नो अतिरिक्त व्यक्तित्व विकास गर्न चाहने युवा विद्यार्थीले उक्त अवसर प्राप्त गर्न सकेन भने उसले एकातिर नेतृत्व विकासको गुमाउँछ, अर्कातिर विद्यार्थी संगठन र राजनीतिक दलप्रतिको वितृष्णा बढ्छ । विश्वविद्यालयमा हुने नियमित प्रतिस्पर्धा अवरुद्ध हुँदा भविष्यका योग्य नेताहरू पहिचान हुने प्रक्रिया अवरुद्ध हुन पुग्छ ।

परिणाम देखिएन भने छलफलको अर्थ छैन । कांग्रेसका नेताहरूसँग मैले त भनेकै थिएँ नि, भएन के गर्नु ? भनेर उम्किने सुविधा छैन । के परिणाम निकाल्नु भो ? त्यसको मात्रै अर्थ छ । त्यसैले अबको कार्यसूची एकसूत्रीय रूपमा भ्रातृ संस्थाको सुधार र व्यवस्थापनलाई राख्नुपर्छ । कांग्रेसको सफलताका लागि यो कार्ययोजना प्रस्थानबिन्दु हुनसक्छ ।

तत्पश्चात् ऊ कुनै व्यवसायमा लाग्ला या विदेश जाला र आफ्नो गुजारा गर्ला । उसको व्यक्तिगत जीवनमा त खासै समस्या पर्दैन तर उसले राजनीतिक दललाई हेर्ने दृष्टिकोण पूरै बदलिन्छ । एक प्रकारले उसले राजनीतिलाई नै घृणा गर्न पुग्छ । यसको मूल्य राजनीतिक दल र मौजुदा प्रणालीले चुकाउनु पर्छ । अनि फेरि क्रान्तिको आह्वान गर्ने ? त्यतिबेला सहयोग कसले गर्छ ? को आउँछ साथ दिन ? त्यतिबेला क्रान्तिको बागडोर सम्हाल्ने पुरानो नेतृत्व समेत असान्दर्भिक भइसक्छ र नयाँ पुस्ता साथमा हुँदैन । अनि देश कता जाला ?

नयाँ सन्ततिहरू त राजनीतिबाट यति टाढा पुगिसकेका हुनेछन् कि समाज केही धुर्त र चण्डाल राजनीतिक व्यापारीहरूको कब्जामा पुग्नेछ । राजनीतिक व्यापारीहरूका लागि प्रणाली, जनअधिकार, राष्ट्रियता,  मानवअधिकार र नागरिक कर्तव्य त फगत बुद्धिविलासका निरर्थक विषय हुन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन । अनि यसको दोष कसलाई दिने ? आजको नेतृत्वले सोच्नु पर्दैन ? टाढा जानु पर्दैन, ली क्वान र महाथीरले के गरेर देश बनाए ? हेर्नुपर्दैन ? उनीहरूका राष्ट्र निर्माणका सबै सारथि तरुण युवा नै थिए ।

फरक भौगोलिक अवस्थिति र सामाजिक /धार्मिक परिवेश भएपनि राजनीतिक संकल्पविना देश बन्दैन भन्ने कुरा सम्झाइरहनु पर्दैन होला । १९६५ देखि १९९० को २५ वर्षभित्रै सिंगापुर बनेको हो । माझी र समुद्री डाँकाहरूको "सेल्टर"को रुपमा रहेको बन्दरगाह भिलेज या टापुलाई विश्वको समृद्ध मुलुक बनाउने ली कुनै छुट्टै धातुले बनेका मानव थिएनन् ।

प्रकृतिले बनाएको देश होइन सिंगापुर, हामी जस्तै मानिसले बनाएको हो । हाम्रो त विडम्बना ! प्रकृतिले दिएका अपार सम्पदालाई कोपरेर देशलाई कुरूप बनाउँदैछौं । सन् १९९० यताका ३०/३२ वर्षमा के गर्‍यौं हामीले ? २०/२५ वर्षमा बालुवामय युएई स्वर्ग बनेको होइन ? त्यसैले चाणक्य वा ली क्वान लगायतको कुरा किन आउँछ भने दृढ अठोट र सोही बमोजिमको मेहनत भयो भने चाहेको उपलब्धि हासिल गर्न सकिँदोरहेछ ।

जुन समाजले नयाँ सन्ततिलाई निराश बनाउँछ, त्यो समाज बन्दैन । ली, महाथीर या देङले नयाँ पुस्ताको प्रतिभा र मेहनतको सहारामा समृद्ध देश बनाएका हुन् । हामीले टाढाको अमेरिका या युरोप हेर्नै पर्दैन । तर हामी विद्यार्थीलाई निराश पार्दैछौं । त्यति मात्र होइन, राजनीतिप्रति नै घृणा ओकल्ने विष्फोटक जमात बनाउँदैछौं । ने.वि.संघ भनेको नयाँ पुस्ता हो र देशको भरपर्दो जनशक्ति हो ।

यही पुस्ताको आँट, प्रतिभा र जाँगरले मात्र देश बन्छ । भर्खरै नेपाली पासपोर्टको अन्तर्राष्ट्रिय बेइज्जतको टीठलाग्दो तस्वीर हेरेपछि र विश्वव्यापी भएको समाचार पढेपछि त हाम्रो होश खुल्नु पर्ने होइन र ? अग्रजहरूले बनाइदिएको संस्था बिगार्ने अधिकार कहाँबाट पायौं हामीले ? न विधिको पालना छ, न सांगठनिक व्यवस्थापन छ, न उद्देश्य मुताविकको क्रियाशीलता छ,  न वैधानिक प्रबन्ध अनुरुपको गतिशील नेतृत्व छ, न 'बडी', न बैठक, न अधिवेशन । यो जात्रा कतिञ्जेल ? यसले प्रतिक्रान्तिको जग तयार पार्दैछ ।

दुःखको कुरा यसको आयोजक हामी आफैं छौं । राजनीतिमा आफ्नो मानो पकाएर मात्र हुँदैन होला नि ! आफ्ना संस्थाहरू त जोगाउनु पर्ला नि ! यो विषय उठाउँदा उठाउँदा थाकेका अनगिन्ती अनुहारहरू फेरि पार्टीको संरचनामा मुख्य भूमिकामा आउनुभएको छ र उहाँहरूबाट थोरै आशा पनि छ ।

उहाँहरूको पहिलो दायित्व र कर्तव्य भ्रातृ संघ संस्थालाई सही बाटोमा हिँडाउने हो। अब पनि भ्रातृ संस्था नसुधार्ने हो भने साँच्चै ढिला हुनेछ । मूल थुनेर नहर खनेजस्तो हुनेछ ।

विद्यार्थी संगठन मात्र होइन, नेपाल महिला संघ, नेपाल तरुण दल, किसान संघ, दलित संघ, सांस्कृतिक संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको हविगत उही छ । अधिवेशनपछि समिति विस्तार नै नगरी कार्यकाल सिध्दिएको छ । कार्यसमिति भएका संगठनहरू समेत अकर्मण्य सावित भएका छन् । संस्थाभित्र चरम अनुशासनहीनता छ, हरेकले संस्थागत चरित्र गुमाएका छन् ।

संगठनका घोषित र निर्दिष्ट उद्देश्य बेवारिसे भएका छन् । यी लगायत कांग्रेसका सबैजसो संस्थाहरूको उही हाल छ । पार्टीको सामर्थ्य एकीकृत छैन । कुनै पनि परिवार वा सेना संगठित नरहने हो भने विघटन अवश्यम्भावी छ ।

संस्था समेत त्यस्तै हो । राजनीतिक दल समेतको लामो र स्थायी भविष्य हुँदैन । नेपाल र भारतलगायत अन्य मुलुकमा कतिपय राजनीतिक दलहरू इतिहासको गर्तमा विलुप्त भएका छन् । के हामी त्यसैको प्रतिक्षामा हो ? त्यसैले कांग्रेसले आफ्नो आगामी कार्यसूची तय गर्नुपर्छ । यसको प्राथमिकताक्रम निर्धारण गर्नुपर्छ ।

एउटा सच्चा लोकतान्त्रिक संस्थाले बढीभन्दा बढी काम गर्छ, निरर्थक बहसमा लामो समय खेर फाल्दैन । गैरलोकतान्त्रिक शक्तिहरू अनुत्पादक बहसलाई ठूलो काम ठान्दछन् ।

यसको कुनै अर्थ छैन । परिणाम देखिएन भने छलफलको अर्थ छैन । कांग्रेसका नेताहरूसँग मैले त भनेकै थिएँ नि भएन के गर्नु भनेर उम्किने सुविधा छैन । के परिणाम निकाल्नु भो ? त्यसको मात्रै अर्थ छ । त्यसैले अबको कार्यसूची एकसूत्रीय रूपमा भ्रातृ संस्थाको सुधार र व्यवस्थापनलाई राख्नुपर्छ । कांग्रेसको सफलताका लागि यो कार्ययोजना प्रस्थानबिन्दु हुनसक्छ ।

यो चर्चा गर्दा फेरि पनि चाणक्यको कार्ययोजना, संगठन व्यवस्थापन र परिचालनको कौशल सम्झनै पर्छ । सामान्य पार्टी संगठनको मामलालाई विश्वविख्यात प्रसंगमा किन जोड्ने भन्ने प्रश्न उठ्न सक्छ। तर हामीले बुझ्नुपर्छ, हाम्रो जीवन र जगतलाई बुझ्ने र मानव समाजलाई अग्रगति दिने मार्गदर्शक विचार र सिद्धान्तहरू अग्रजहरूले छाडेर गएका नासो नै हुन् ।

तसर्थ कांग्रेसले आफ्नो आन्तरिक जीवनलाई सुधार्नका लागि काम प्रारम्भ गर्दा कमी कहाँ छ, कारण के हो र समाधान के हो भन्ने बिन्दु पहिल्याएर उपचार शुरू गर्नुपर्छ । नत्र अंग्रेज सेनाले दरबार घेरिसक्दा पनि मेरो जेरीपूरी सुरक्षित छँदैछ नि भनेर निश्चिन्त रहने लखनउका नबाबको नियतिको प्रतिक्षा गर्दा फरक पर्दैन । कार्यकर्ता र सदस्यहरूलाई रुवाएर प्राप्त हुने या हासिल गरिने मान प्रतिष्ठा टिकाउ हुँदैन ।

TATA Below
NLIC
जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x