×

Nic Asia
Marvel

आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूसँग तालिबान सरकारको आग्रह

काठमाडाैं | माघ ५, २०७८

TVS INSIDE

अफगानिस्तानको तालिबान सरकारले आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूलाई आग्रह गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधवार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको भन्दै चिन्ता व्यक्त गरे । 


Advertisment
NMB BANK
Saurya island

'म मुस्लिम देशहरूलाई नेतृत्व लिन र हामीलाई आधिकारिक रूपमा पहिचान गर्न आह्वान गर्दछु । त्यसपछि म आशा गर्दछु कि हामी चाँडै विकास गर्न सक्षम हुनेछौं,' मोहम्मद हसन अखुन्दले देशको ठूलो आर्थिक संकटलाई सम्बोधन गर्न काबुलमा आयोजित सम्मेलनमा भने । 

तत्कालीन सरकारलाई विद्रोहमार्फत अपदस्त गरी तालिबान लडाकूहरूले नयाँ सरकार बनाए पनि विश्व समुदायले अझै पनि मान्यता दिएको छैन । 

Vianet communication
Maruti inside

सन् १९९६ देखि सन् २००१ सम्म शासन गर्दा अनुदारवादी नीति लिएकाले धेरै देशले अहिले पनि उनीहरूमाथि आशंका गरेका छन् । मानवअधिकार, लोकतान्त्रिक मूल्यमान्यता आदीका बारेमा तालिबान सरकारले कस्तो नीति लिन्छ, त्यही आधारमा समर्थन वा विरोध गर्ने भनेर धेरै देशले प्रतीक्षा गरिहेका छन् । 

विशेष गरेर लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नुपर्ने, मानवअधिकारको सम्मान गर्नुपर्ने, महिला अधिकार लागू हुनुपर्नेलगायतका शर्त विश्व समुदायले राख्दै आएको छ । तर, सरकारी अधिकारीहरूले भने आफूहरू उदारवादी हुने र मानवअधिकार तथा स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । - रासस/एएफपी

TATA Below
NLIC
जेठ १३, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् ।  ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...

जेठ १३, २०७९

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।  यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन्। &nb...

जेठ १३, २०७९

इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त ...

जेठ १३, २०७९

लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए ।  गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।  

जेठ १३, २०७९

इन्डिगो एयरलाइनका एक व्यवस्थापकले अपांगता भएका एक बालकलाई राँची विमानस्थलमा विमान चढ्न दिएनन् ।  अन्य यात्रीहरूका लागि जोखिम हुने भन्दै बच्चालाई विमान चढ्नबाट रोकिएको हो ।  भारतको पूर्वोत्तरमा र...

जेठ १४, २०७९

धनी होस् वा गरीब । श्रमिक होस् वा अफिसर । भावना र मन सबैसँग हुन्छ । भारतको नयाँदिल्लीस्थित एक मजदुरको लभ स्टोरी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ ।  चिया पसलमा अफजल र सबीनाले एकै गिलासमा चिया पि...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x