×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

दुई गम्भीर सवाल : कहाँ गयो २४ लाख डोज खोप, किन स्थगित हुँदैन परीक्षा ?

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

यतिखेर सामाजिक सञ्जालमा दुई गम्भीर सवाल जबरजस्त रुपमा उठाइएको छ । एउटा कोरोनाविरुद्ध लड्नका लागि सर्वसाधारणलाई लगाउन विदेशबाट ल्याइएको २४ लाख खोपको दुरुपयोग र अर्को कोरोनाको महामारीका बीच जारी विश्वविद्यालयस्तरको परीक्षा । यी दुबै सवालले सामाजिक सञ्जाल तातेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले खोपमा अनियमितता गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।  साथै बढ्दो संक्रमणका बीच जारी परीक्षा तत्काल रोकिनुपर्ने पनि उनीहरुको माग छ ।

Muktinath Bank

माघ ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव  रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्यांकै नभेटिएको बताएका थिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई कोरोना संक्रमणको अवस्था र मन्त्रालयको तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले  यस्तो बताएका हुन् । हालसम्म नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २० देखि २४ लाख खोप तथ्यांकबाट हराइरहेको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यक्तिहरुले खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको कारणले गर्दा पनि केही लाख खोपको लेखाजोखा भने नमिलेको देखिएको उनको भनाइ थियो । यही प्रसंगमा कतिपयले खरिद गरिएका खोप मात्रै कसरी हरायो ? बिल बन्ने, भुक्तानी पनि हुने तर खोप नआउने भएको त होइन ? भन्दै प्रश्न पनि उठाएका छन् । यस विषयमा गम्भीर छानबिन हुनुपर्ने र दोषी उपर कडा कारबाही हुनुपर्ने माग जबरजस्त रुपमा उठेको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी राजधानीको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेज, बुद्धनगरमा बुधबार विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भयो । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच तनाव भएको हो । पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभुवन विश्वविद्यालयसमेतले परीक्षा सञ्चालन हुने बताइरहेका छन् । सरकारले नै भौतिक दूरी र स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न छुट दिएकाले विश्वविद्यालयहरुले परीक्षा सञ्चालन हुने बताएका हुन् । तर अहिले संक्रमण बढिरहेको बेला विश्वविद्यालयले परीक्षा रोक्नुपर्ने धेरैको माग छ । त्यही आवाज सामाजिक सञ्जालमार्फत चर्को रुपमा प्रकट भइरहेको हो । सरकारले तत्काल निर्णय गरेर परीक्षा स्थगित गराउनुपर्ने सरोकारवालाको माग छ ।

Vianet communication
Laxmi Bank

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई आग्रह गरेका छन् । यही प्रसंगसहित लोकान्तर राउण्ड अपमा स्वागत छ ।

लोकान्तर राउण्ड अपमा अब बितेका २४ घण्टाका मुख्यमुख्य समाचारः
पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमूना परीक्षणमध्ये ९५०२ पीसीआर र १८५० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यो संख्या अहिलेसम्मकै धेरै हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
००००
सरकारले कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए ।    
उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० रुपैयाँ र निजी अस्पताल तथा प्रयोगशालामा १ हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताए ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रवन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसंगति र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस संक्रमणको जोखिमका कारण भर्चुअलरूपमा गर्ने भएको छ ।
बारका महासचिव लीलामणि पौडेलले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको जनाइएको छ ।
००००
कर्मचारीमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुका साथै विभिन्न सरकारी कार्यालयको सेवा प्रभावित बनेको छ । देशभर पछिल्लो समय कोरोना संक्रमण बढेसँगै कर्मचारी पनि सरकारी कार्यालय पनि प्रभावित बनेका हुन् ।
००००
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ ।सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले शर्माको निधन भएको पुष्टि गरेका छन् ।
००००
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम गर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
रोजगारीको आकर्षक गन्तब्य मानिने इजरायलमा सरकारले श्रमिक पठाउन सुरु गरेको छ । जसअनुसार दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा बुधबार ९९ जना त्यसतर्फ प्रस्थान गरेका छन् ।
००००
विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नो घरमा छुट्टै मिटर राख्न पाउने भएका छन् । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरूले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने भएका हुन् ।
००००
अष्ट्रेलियामा रहेका नेपालसहित विभिन्न देशका विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन् । विद्यार्थीहरूले ‘पार्टटाइम जब’का रुपमा गर्ने काम हप्तामा २० घण्टा मात्रै गर्न पाउँथे । अष्ट्रेलियाका प्रधानमन्त्रीले त्यसको अवधि बढाउने घोषणा गरेको नेपालस्थित अष्ट्रेलियन दूतावासले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x