×

NMB BANK
NIC ASIA

निर्वाचनप्रति सरकारको प्रतिबद्धता सकारात्मक

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले सबै आवधिक निर्वाचन संविधानले तोकेको मितिभित्रै गर्ने प्रतिबद्धता व्यक्त गरेपछि निर्वाचनसँग सरोकार राख्ने विज्ञहरूले सरकारको यो कुरालाई सकारात्मक कदम भनेर टिप्पणी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सत्तारूढ गठबन्धन दलका शीर्षस्थ नेताहरूको मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले तोकेको मितिभित्रै आवधिक निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले भने, 'लोकतन्त्रमा जनताको मत लिनु सर्वाेत्कृष्ट काम हो । जसका लागि निर्वाचन अपरिहार्य हुन्छ । सरकारले संविधानद्वारा तोकिएबमोजिम आवधिक निर्वाचन गराउँछु भन्नु ज्यादै सकारात्मक कुरो हो । यसले लोकतन्त्रलाई झन् बलियो बनाउँछ ।'


Advertisment
Nabil box
Kumari

उनका अनुसार निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र बनाउन पनि सरकारले आयोगलाई सहयोग गर्नुपर्ने हुन्छ । सरकारको यस्तो प्रतिबद्धताले आयोगलाई सहज रूपमा निर्वाचनको काम कारबाही अघि बढाउन मद्दत पुग्छ ।

Vianet communication
Laxmi Bank

आयोगका अर्का पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठले पनि सरकारको प्रतिबद्धताले निर्वाचन आयोगलाई समयमै निर्वाचन गराउन सघाउ पुग्ने विचार व्यक्त गरे। उनले भने, 'निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष ढङ्गले काम गराउन सरकारले सहयोग गर्नुपर्छ । त्यसका लागि वर्तमान प्रधानमन्त्री र सरकारले जुन प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।'

वरिष्ठ अधिवक्ता तथा पूर्वसांसद राधेश्याम अधिकारीको भनाइमा पनि वर्तमान सरकार निर्धारित समयमै आवधिक निर्वाचन गराउन सक्रिय देखिएकाले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता बाहिर आएको छ । 'निर्वाचन लोकतन्त्रको बलियो खम्बा हो । नयाँ जनादेशमा जाने कुरा जनता र राजनीतिक दल दुवैका लागि उत्तिकै महत्वपूर्ण छन् । संविधानले निर्धारण गरेको समयमा निर्वाचन सम्पन्न गर्छु भन्नु सरकारको सकारात्मक कुरा हो', उनले भने–'जनप्रतिनिधि बस्ने ठाउँमा जनताको प्रतिनिधि नै बस्नुपर्छ, अरू बसेर हुँदैन । त्यसैले जनप्रतिनिधिमूलक संस्थालाई खाली राख्ने काम गर्नुहुँदैन ।'

निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङले पनि निर्वाचन आयोगले बनाएको कार्यतालिकामा सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, 'केही दिनयता सरकारले निर्वाचनका लागि गरेका छलफल तथा भेटघाट महत्वपूर्ण छन् । यसले सरकार आवधिक निर्वाचन प्रतिबद्ध छ भन्ने कुरा स्पष्ट देखाउँछ ।'

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न सरकार लागिरहेको बताएका थिए। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाखमा गर्नसकिने गरी तयारी गरिरहेको जानकारी यसअघि सरकारलाई गराइसकेको छ । गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x