×

NMB BANK
NIC ASIA

राजनीतिक स्वार्थ

दमकल वितरणमा मन्त्रीको स्वार्थ घुसेपछि कतै फालाफाल, कतै रित्तो हात

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर उपमहानगरपालिकासँग पहिल्यैदेखि ३ वटा दमकल थिए तर प्रदेश सरकारले थप १ दमकल दिएर ४ दमकल पुर्‍याएको छ ।

Muktinath Bank

विराटनगरमा फालाफाल दमकल हुँदा १ नम्बर प्रदेशकै थुप्रै स्थानीय तहमा एउटा पनि दमकल छैनन् । प्रदेश सरकारले दमकल नभएको ठाउँमा वितरण गर्नुपर्नेमा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको राजनीतिक स्वार्थले सुगम जिल्लामा दमकल वितरण गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत दुर्गमका स्थानीय तहका लागि खरिद गरेका २ वटा दमकल मन्त्री कार्कीको स्वार्थका कारण सुगमका स्थानीय तहमा वितरण भएका छन् ।


Advertisment
Nabil box
Kumari

सोलुखुम्बुको सोताङ गाउँपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकाका लागि मन्त्रालयले खरिद गरेका दमकल विराटनगर महानगरपालिका र सुनसरीको देवानगञ्ज गाउँपालिकालाई वितरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई रिझाएर मन्त्री बनेका कार्कीले एउटा दमकल नेता कोइरालाको गृहजिल्ला सुनसरीमा दिएका छन् । कोइरालालाई खुशी बनाउन मन्त्री कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकालाई दमकल दिएका हुन् । उनले नेता राजीव कोइरालालाई साक्षी राखेर दमकलको साँचो गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहतालाई हस्तान्तरण गरेका छन् । गाउँपालिका नेता कोइरालाको निर्वाचन क्षेत्रमा पर्छ ।

मन्त्री कार्कीले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसँग सम्बन्ध सुधार्नका लागि महानगरपालिकालाई समेत दमकल दिएका छन् । विराटनगर महानगरसँग ३ वटा दमकल हुँदाहुँदै कार्कीले थप १ दमकल दिएका हुन् ।

कांग्रेस महाधिवेशनपछि मेयर पराजुली र मन्त्री कार्कीबीच सम्बन्ध चिसो हुँदै आएको थियो । पराजुली महाधिवेशनमा फरक समूहमा प्रवेश गरेर केन्द्रीय सदस्य बनेपछि समबन्ध चिसो बनेको हो । पराजुली केन्द्रीय सदस्य बनेका छन् भने कार्की पराजित भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि असन्तुष्ट

छलफल नै नगरी मन्त्री कार्कीले दमकल अन्य पालिकालाई दिएको भन्दै विरोध भएको छ । ‘बर्खायाम भएकाले मन्त्रालयबाट दमकल ल्याउन सकिएको थिएन,’ सोलुुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर राईले भने, ‘राष्ट्रियसभा चुनावमा आउँदा ल्याउने तयारी गरेका थियौं तर थाहै नदिई अर्कैलाई बाँडिसकेछन् ।’

ताप्लेजुङको पुङलिङ गाउँपालिकाका अध्यक्ष छत्रपति प्याकुरेलले दमकल लिन जाँदा मन्त्रीले अन्यत्रै बाँडेको भनेर कर्मचारीले भनेपछि रित्तै हात फर्किएको बताए । मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा ५२ लाख ८० हजार रुपैयाँको दरले ११ वटा र आव ०७७/७८ मा ५७ लाख रुपैयाँका दरमा ३ वटा गरी १४ वटा दमकल ७ करोड ५१ लाख ८० हजार रुपैयाँमा खरिद गरेको थियो ।

मन्त्रालयले सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिकामा दमकल र पीकअप भ्यान वितरण गरेको छ । 

धनकुटाको धनकुटा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, भोजपुरको हतुवागढी, उदयपुरको रतुवामाई र संखुवासभाको खाँदवारी नगरपालिकामा समेत दमकल वितरण गरेको छ । 

मन्त्री कार्कीले तोकिएको पालिकासम्म दमकल पुर्‍याउनै समस्या भएकाले तराईकै जिल्लाका पालिकालाई दमकल दिएको बताए । विराटनगरलाई दिँदा प्रदेशका सबै जिल्लामा पुग्ने र देवानगञ्जलाई दिँदा सुनसरीका धेरै पालिकालाई हुने भएकाले दिएको उनले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x