×

NMB BANK
NIC ASIA

चिसोले बढायो मुस्किल

पश्चिम तराईमा १० दिनदेखि लागेन घाम, हुस्सु र शीतलहरले कष्टकर बन्यो जनजीवन

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विगत एक सातादेखि बाक्लो हुस्सु र शीतलहरले तराईको जनजीवन कष्टकर बनेको छ ।

Muktinath Bank

लुम्बिनी प्रदेशसहित पश्चिम तराईमा विगत दश दिनदेखि घाम लागेको छैन । जाडो अत्यधिक बढ्दा जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आकाश धुम्म छ । मौसम नखुल्दा चिसो हावासँगै शीतलहर चलेपछि विपन्न वर्ग र मजदूरहरू मुख्य समस्यामा परेका छन् ।


Advertisment
Nabil box
Kumari

मानिसहरू घरबाट बाहिर निस्किन सकेका छैनन् । पुस अन्तिम सातादेखि अत्यधिक चिसो बढेको हो । 

Vianet communication
Laxmi Bank

जसले गर्दा अस्पतालहरूमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । कोरोना र मौसमी रुघाखोकीका लक्षण मिल्दाजुल्दा हुने भएपछि धेरै कोरोना संक्रमण भएको कि भनेर सशंकित छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.नेत्र रानाले अस्पतालमा कोरोना संक्रमित र उस्तै लक्षण भएका रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढेको बताए ।

डा. रानाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी जोखिममा रहेको भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।

चिसोका कारण श्वासप्रश्वाससम्बन्धी समस्यादेखि निमोनियाजस्ता घातक समस्यासम्म देखिन सक्ने चिकित्सिकहरूको भनाइ छ ।

जाडो बढेपछि चोकचोकमा दाउरा बालेर सर्वसाधारणहरू आगो तापेको देखिन्छन् ।

भैरहवा विमानस्थलको बिहानको तापक्रम ८/९ डिग्रीमा झर्ने गरेको छ । बाक्लो हुस्सुले सार्वजनिक यातायात र हवाई उडानमा पनि बाधा पुर्‍याएको छ । 

जाडो बढेपछि यहाँ केही मानिसहरू घाम ताप्नकै लागि पाल्पाको दोभान (बुटवलबाट ५ किलोमिटरको दूरीमा) पुग्ने गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले बिहीवारदेखि उच्च भूभागमा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विगतका वर्षहरूमा चिसोबाट प्रभावित जनतालाई टोलटोलमा दाउरा वितरण गर्ने स्थानीय तहले भने अहिले त्यो काममा अग्रसरता देखाएका छैनन् । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले विपन्न समुदायलाई चिसोबाट जोगाउन पालिकाहरूसँग समन्वय गरी दाउरा र न्यानो कपडा वितरण गर्ने तयारीमा रहेको लोकान्तरलाई जानकारी दिए ।

‘हिजोदेखि चिसो अत्यधिक बढ्यो,’ प्रजिअ तिवारीले भने, ‘अवस्था नियालिरहेका छौं । विपन्न समुदायलाई दाउरा र कपडा वितरण गर्ने योजनामा जुटेका छौं ।’ 

कपिलवस्तु, बाँके, पश्चिम नवलपरासी र बर्दिया प्रशासनले पनि स्थानीय तहसँग समन्वय गरी दाउरा र न्यानो कपडा वितरण गर्ने तयारी गरेका छन् ।

समुदायमा कोरोना संक्रमण पनि बढेकाले त्यसतर्फ बढी ध्यान दिनुपर्ने हुँदा चिसोतर्फ ध्यान जान नसकेको पालिकाहरूको भनाइ छ । 

तर, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले चिसो बढेपछि सडक बालबालिकालाई खोज्दै न्यानो कपडा वितरण गरिएको बताए ।

यस्तै उपप्रमुख गुमादेवी आचार्यले दीर्घरोगीको विवरण संकलन गर्दै पोषणयुक्त खाद्यान्न र कपडा वितरण गर्न तयारी गरिएको बताइन् ।

देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले राहत वितरण कार्यक्रमलाई एकद्वार प्रणालीबाट विपन्नलाई पुर्‍याउने बताए । 

रूपन्देहीको दक्षिणी क्षेत्रका बासिन्दा अझै चिसोबाट बढी प्रभावित छन् ।  चिसोबाट बच्न न्यानो कपडासँग खानपानमा पनि ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

‘जाडोबाट बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसमअनुसार तातो खालका खानेकुरा समेत खानुपर्छ । तर, कहिलेकाहीँ जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.नेत्र रानाले भने ।

विगतका शीतलहरमा कैयन नागरिकले ज्यान समेत गुमाएका थिए । अहिले त्यस्तो अवस्था आउन नदिन सर्वसाधारणले सरकारसँग माग गरेका छन् ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x