मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
माघ ६, २०७८
अमेरिकामा राष्ट्रपति जो बाइडनले बिहीवार (२० जनवरीमा) कार्यकालको एक वर्ष पूरा गरेका छन् ।
उनको एक वर्षे यात्रामा आशाभन्दा बढी निराशा देखिएको छ । कोरोनाको कहर चलिरहेको बेलामा राष्ट्रपति बाइडनले त्यसको व्यवस्थापन राम्रोसँग गर्न नसकेकाले बहुसंख्यक अमेरिकी जनता उनको पक्षमा देखिएका छैनन् ।
बाइडनको अलोकप्रियतालाई पछिल्ला सबै सर्वेक्षणहरूले पुष्टि गरेका छन् । सीएनएनले गरेको पोल अफ पोल्समा बाइडनको पक्षमा जम्मा ४१ प्रतिशत अमेरिकीहरू उभिएका छन् भने ५४ प्रतिशतले उनको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
त्यस्तै रोयटर्स समाचार संस्थाले जनवरी १२ र १३ मा गरेको सर्वेक्षणमा ४५ प्रतिशतले मात्र उनको सराहना गरेका छन् भने ५० प्रतिशतले उनको आलोचना गरेका छन् । बाँकी ५ प्रतिशत अनिर्णित छन् ।
अमेरिकी राजनीतिको बारेमा सटीक विश्लेषण पस्किने फाइभथर्टीएट डट्कमको सर्वेक्षणमा बाइडनलाई ५२.५ प्रतिशतले नकारेका छन् भने ४१.९ प्रतिशतले उनलाई सकारेका छन् । गत अगस्ट महिनादेखि नै बाइडनको समर्थन सूचकांक ५० प्रतिशतभन्दा कम छ ।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको बहुलट्ठीपूर्ण कार्यकालबाट मुक्ति दिलाउनका लागि अमेरिकी जनताले बाइडनलाई लोकप्रिय मत दिएर जिताएको भए पनि बाइडनले जनताको अपेक्षालाई पूरा गर्न सकेका छैनन् । बाइडनको बढ्दो अलोकप्रियताका विभिन्न कारण छन् जसको व्याख्या तल गरिनेछ ।
पहिलो कारण त कोरोना कुव्यवस्थापन नै हो । बाइडनले राष्ट्रपति बनेपछि कोरोना नियन्त्रणमा ल्याउनका लागि विभिन्न कदम चाल्ने बताएका थिए । उनले भाइरसलाई बन्द नै गराउने (शटडाउन) प्रतिज्ञा गरेका थिए । तर अहिले आएर उनले यसमा गर्नुपर्ने जति काम गर्न नसकिएको स्वीकार गरे ।
कार्यकालको एक वर्ष पुगेको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाइडनले भाइरस परीक्षणलाई बढाउनका लागि आफ्नो प्रशासनले थप द्रुत गतिमा काम गर्नुपर्ने थियो भने । त्यसका साथै उनले महामारी अन्त्य नभए पनि विद्यालयहरू खुल्नुपर्ने जिकिर पनि गरे ।
त्यसो ते संघ सरकारले मात्र कोभिड नियन्त्रण गर्न नसक्ने भनी केही महिनाअघि बाइडनले निराशाजनक कुरा गरेका थिए । तर अहिले परीक्षणको गति बढाइएको जानकारी उनले दिएका छन् । अनि अमेरिकाले दुई वर्षसम्म महामारीको शारीरिक, भावनात्मक तथा मनोवैज्ञानिक भार वहन गर्नुपरेको भए पनि भविष्य उज्ज्वल रहेको धारणा उनले राखे ।
भाइरस नियन्त्रणमा ल्याउन नसक्नुमा बाइडन मात्र दोषी छैनन् । अत्यधिक स्वतन्त्रताका पक्षपाती अमेरिकी जनताले नै कोभिड अन्त्यका लागि आवश्यक खोप र मास्कलाई बेवास्ता गरिदिँदा मृत्यु तथा संक्रमण संख्या नघटेको हो । विश्वमै कोभिडका कारण सबभन्दा बढी ८ लाख ४६ हजार मृत्यु अमेरिकामा भएको छ ।
बाइडनलाई अलोकप्रिय बनाउने अर्को कारण महंगी हो । महंगी बेलगाम बढिरहेको र अर्थतन्त्र सुस्त बनिरहेको विषयमा चिन्ता व्यक्त गर्दै अमेरिकीहरूले बाइडनको ध्यान यसमा पर्याप्त नपुगेको बताएका छन् ।
लगभग १० दिनअघि ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको आँकडाअनुसार, अमेरिकामा मूल्यवृद्धि ६.८ प्रतिशतले बढेको छ । यसलाई समाधान गर्ने उपाय निकाल्नुभन्दा पनि बाइडनले अमेरिकीहरूलाई यसबाट पुगेको दुःखका विषयमा आफू सहानुभूतिशील रहेको भनी सन्देश दिने गरेका छन् ।
खासमा कोरोना महामारीका कारण विश्वव्यापी माग र आपूर्तिको संरचनामा गडबडी आएकाले मूल्यवृद्धि भएको हो । महामारी अन्त्य नहुन्जेल यस संरचनालाई सामान्य बनाउन गाह्रो छ । गोल्डम्यान स्याक्सले मूल्यवृद्धि अझै बढ्ने र आम अमेरिकीले थप दुःख पाउने आकलन गरेको छ ।
विदेशबाट आएका सामानहरू बन्दरगाहहरूमा अड्केर बसेकाले पनि महंगी बढेको हो । बाइडनले बन्दरगाहबाट सुपरमार्केटसम्मको आपूर्तिलाई सहज बनाउन निर्देशन दिएका छन् तर सोचेअनुसार काम भइरहेको छैन ।
त्यसो त यस समस्याको समाधान आफूले ल्याएको पूर्वाधार विधेयक बिल्ड ब्याक बेटरले गर्ने बाइडनको विश्वास छ । लगभग ११ खर्ब डलरको उक्त विधेयक माथिल्लो सदन सिनेटमा अड्केर बसेको छ । बाइडनकै दलका सिनेटर जो मान्चिनले यसको विरोध गरेकाले यो पारित हुन सकेको छैन ।
उक्त विधेयक कानून बनेपछि सामानहरूको आवागमनलाई सुधार गर्ने अनि राम्रो तलब दिलाउने रोजगारी पनि सिर्जना हुने बाइडन बताउँछन् । अनि त्यसबाट मूल्यवृद्धिमा कमी आउने उनको भनाइ छ ।
तर उनले भने जस्तो सकारात्मक परिणाम आउन वर्षौं लाग्ने अर्थशास्त्रीहरू बताउँछन् । यसको कामै शुरू हुने कुनै ठेगान नरहेकाले यसको परिणाम आउने पनि अत्तोपत्तो छैन ।
बिल्ड ब्याक बेटर जस्तै अन्य सुधारात्मक विधेयकहरू पनि बाइडनले संसद्बाट पारित गराउन नसक्दा अलोकप्रियतामा योगदान पुगिरहेको छ ।
बाइडनले अमेरिकामा ठूलो समस्याका रूपमा रहेको बन्दूकबाट हुने हिंसा रोक्नका लागि कार्यकारी आदेश जारी गरेका छन् । तर बन्दूक किन्ने व्यक्तिको पृष्ठभूमि जाँचको दायरा बढाउने विधेयक सिनेटबाट पारित हुन सकेको छैन ।
त्यस्तै मतदानको अधिकारसम्बन्धी विधेयक पनि सिनेटबाट पारित हुन नसकेर अलपत्र परेको छ । अल्पसंख्यक मतदाताहरूलाई मतदानबाट वञ्चित गराउने षड्यन्त्र रच्दै रिपब्लिकनहरूले विभिन्न राज्यमा कानून ल्याइरहँदा डेमोक्रेटहरूले अल्पसंख्यकको मतदान अधिकार सुनिश्चित गर्ने कानूनलाई अघि बढाउन नसक्दा बाइडनको चुनावी प्रतिज्ञा पूरा हुन पाएको छैन ।
राष्ट्रिय मोर्चामा यस्ता किसिमका असफलता बेहोरिरहेका बाइडनले विदेशी मोर्चामा पनि कैयौं गलत कदम चालेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाउने उनको निर्णय सही थियो ।
तर बहिर्गमन प्रक्रिया सुव्यवस्थित नगर्दा १३ जना अमेरिकी सैनिकहरूले आत्मघाती आक्रमणमा परी बित्थामा ज्यान गुमाउनुपर्यो । अनि ५०० जना अमेरिकी तथा अमेरिकाका बहुमूल्य हातहतियार अफगानिस्तानमा अलपत्र छोडिँदा तालिबानले त्यसको उपयोग गर्न पायो ।
अमेरिका इज ब्याकको नारा दिएर युरोपसँग ट्रम्पको पालामा बिग्रेको सम्बन्ध सुधार गर्ने बाइडनको वाचा पनि अकस सम्झौताले धुजाधुजा बनाइदियो ।
हिन्द प्रशान्त क्षेत्रमा चीनको सामना गर्नका लागि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग गरेको अकस सम्झौताका कारण फ्रान्सको ढाडमा चक्कु हान्ने काम गरियो । फ्रान्सले अस्ट्रेलियालाई बेच्न खोजेको डीजेलबाट चल्ने पनडुब्बीको सम्झौतालाई ध्वस्त पार्दै अमेरिकाले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको सम्झौता गर्यो ।
युरोपलाई अपमानजनक व्यवहार गर्ने ट्रम्पकै शैली बाइडनले पनि अपनाएको कुरा रुससँगको वार्ताले पनि सिद्ध गरेको छ । युक्रेनलाई अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोको सदस्य बनाउन नहुने भनी रुसले दबाब दिन सैन्य तैनाथी गरेपछि अमेरिकाले युरोपेली साझेदारहरूलाई समेत बेवास्ता गर्दै रुससँग वार्ता गर्यो ।
तर रुसको मुख्य माग नै अमेरिकाले पूरा नगरेकाले वार्ता विफल भयो । अहिले बाइडन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको अर्को चाल के होला भनी अनुमान गरी बसेका छन् ।
बुधवारको पत्रकार सम्मेलनमा बाइडनले युक्रेनमाथि रुसको आक्रमण (इन्भेजन) भएमा रुसमाथि अभूतपूर्व कठोर प्रतिबन्ध लगाइने तर छापामारी आक्रमण (इन्कर्सन) भएमा केही नगर्ने संकेत दिए । युक्रेनीहरूले बाइडनको यो भनाइ रुसलाई आक्रमणका लागि निम्तो दिएको जस्तो भएको टिप्पणी गरेका छन् ।
रुससँगको तनाव चर्काएको बाइडन प्रशासनले चीनसँगको सम्बन्धमा पनि खासै सुधार ल्याएको छैन । पुटिन र चीनका राष्ट्रपति सी चिनपिङ दुवैसँग भिडियो (र, प्रत्यक्ष) वार्ता गरेको भए पनि बाइडनले महाशक्तिहरूबीचको सम्बन्ध सुधार्नका लागि ठोस प्रयास गर्न सकेका छैनन् । सम्बन्ध सुधारका कदम चाल्दा चीन वा रुससँग झुकेको भन्ने भाष्य विपक्षी रिपब्लिकनहरूले बनाउने र त्यसले चुनावमा घाटा लाग्ने आकलन बाइडनले गरेको हुनुपर्छ ।
बाइडन यसरी विभिन्न मोर्चामा विफल हुँदा उनको डेमोक्रेटिक पार्टीले आगामी मध्यावधि निर्वाचनमा हार बेहोर्न सक्ने पूर्वानुमान विश्लेषकहरूले गरेका छन् । अमेरिकाको इतिहासमा राष्ट्रपतिले गरेको प्रदर्शनका आधारमा उनको दलले हाउस अफ रिप्रेजेन्टेटिभ्स तथा सिनेटमा कति सीट बढाउँछ भन्ने कुरालाई निर्धारण गर्छ । त्यसो त बहालवाला राष्ट्रपतिको कार्यकालमा उनको दलले संसदीय सीट गुमाउने गरेको निकट इतिहास छ ।
तर बाइडनको एक वर्षे कार्यकालले धेरै अमेरिकीहरूलाई निराश गरेकाले डेमोक्रेटिक पार्टीले बढी नै सीट गुमाउन सक्ने आकलन कतिपय विश्लेषकहरूले गरेका छन् । त्यस्तो स्थिति आयो भने बाइडनलाई बाँकी कार्यकालमा काम गर्न झनै मुश्किल हुन्छ । यसरी राष्ट्रिय राजनीतिमा बाइडन बेअसरदार साबित हुँदा आफ्नो छवि उकास्न अमेरिकालाई विदेशको कुनै युद्धमा होम्न सक्ने जोखिम पनि उत्तिकै छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...