×

NMB BANK
NIC ASIA

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।
 
दूतावासका तृतीय सचिव प्रदीपसागर गिरी नेपाली श्रमिकको स्वागतका लागि विमानस्थल पुगेका थिए। इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारका रूपमा पहिलो चरणमा ९९ नेपाली श्रमिक बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण्कुमार श्रेष्ठ, नेपालका लागि इजरायली राजदूत होनान गोदारलगायत मन्त्रालयका उच्चअधिकारीले बिदाइ गरेका थिए ।
 
एक दशक लामो प्रयासपछि पुनः नेपाली श्रमिक रोजगारीका लागि इजरायल पुगेका हुन् । केही वर्षअघिसम्म निजी क्षेत्रमार्फत रोजगारीका लागि नेपालीहरु इजरायल पुग्ने गरेकामा उक्त प्रक्रिया रोकिएपछि सरकारीस्तर (जिटुजी) बाट नेपाली श्रमिक लैजाने सरकारको प्रयासले सार्थकता पाएको हो ।
 
नेपाली श्रमिकलाई इजरायली श्रम बजारमा सरकारीस्तरबाट प्रवेश दिलाउन त्यहाँस्थित नेपाली दूतावासले निकै ठूलो पहलकदमी लिएको थियो । दूतावासको निरन्तरको प्रयासपछि गत वर्ष नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो ।
 
इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउनेसम्बन्धी ‘प्रोटोकल’ मा हस्ताक्षर भएपछि पहिलो चरणमा छनोट गरिएका एक हजार बढी नेपाली रोजगारीका लागि इजरायल जाने क्रम शुरु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक बुधबार राति इजरायल प्रस्थान गरेका हुन् ।
 
वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।
 
छनोटका क्रममा रहेका अन्य नेपाली श्रमिकको करार सम्झौतामा हस्ताक्षर, कोरोनाविरुद्धको खोप लगाउने, प्रवेशाज्ञा र पूर्वप्रस्थान अभिमुखीकरणको काम भइरहेको श्रम मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा यही माघको तेस्रो साता केही नेपाली श्रमिक इजरायल जानेछन् । छनोट भएका अन्य नेपाली श्रमिक क्रमिकरूपमा त्यसतर्फ प्रस्थान गर्नेछन् ।
 
नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन् । उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ ।रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x