असार २२, २०७९
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । ...
सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट आवश्यक बजेट विनियोजन भए आउँदो छ महिनाभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको उक्त केन्द्रमा गत कात्तिकमा इराकबाट ल्याई जडित दुई थान मेसिनबाट नमूनाका रूपमा मात्रै अन्तःशुल्क ‘स्टिकर’ छापिएको जनाइएको छ ।
गत पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले उक्त केन्द्रको अनुगमन गर्दै केन्द्रमै मन्त्रालयलाई आवश्यक पर्ने अन्तःशुल्क ‘स्टिकर’ तत्कालै छापेर उपलब्ध गराउन निर्देशन दिएका थिए । उनले मन्त्रालयलाई वार्षिक रु तीन अर्ब अन्तःशुल्क ‘स्टिकर’ आवश्यक पर्ने भएकाले मेशिन थप गर्नसमेत आग्रह गरेका थिए । सो अवसरमा उनले केन्द्रमा अन्यले चोरी गरी नक्कली बनाउन नसक्ने गरी छपाइ गर्न आग्रह गर्दै केन्द्रका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकार पछि नपर्ने आश्वासन दिएका थिए ।
केन्द्रले भने मागबमोजिम बजेट उपलब्ध भए मात्रै छ महिनापछि अन्तःशुल्क ‘स्टिकर’ उत्पादन गर्न सकिने जनाएको छ । “बजेट उपलब्ध भएपछि जनशक्ति र कच्चा पदार्थ उपलब्ध गराउनुपर्छ, त्यसपछि तालिमलगायत व्यवस्थापनले नियमित उत्पादन गर्न छ महिना लाग्छ”, केन्द्रका निर्देशक विकल पौडेलले भने । उनले हाल जडित दुई मेशिनबाट वार्षिक ६० करोड मात्रै अन्तःशुल्क ‘स्टिकर’ छाप्ने बताए ।
अर्थ मन्त्रालयलाई एक वर्षमा आवश्यक पर्ने तीन अर्ब अन्तःशुल्क ‘स्टिकर’ छाप्न थप मेसिन जडान गर्नुपर्ने देखिएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । ...
चोभार सुख्खा बन्दरगाहमा निजी क्षेत्रको आकर्षण बढाउन सरकारले अध्ययन समिति बनाउने भएको छ । बिहीवार नेपाल इन्टरमोडल यातायात विकास समितिले उद्योग मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद...
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको छ । उसले मौद्रिक नीतिका लागि निजी क्षेत्रका विभिन्न संघ संस्थादेखि आम सर्वसाधारणसम्मबाट सुझाव मागे...
व्यापार घाटा बढ्नुको कारण रेमिटेन्स र निजी क्षेत्रतर्फ कर्जा बढ्नु रहेको एक अध्ययन रिपोर्टले देखाएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले गरेका एक अध्ययनले एक सय रूपैयाँ कर्जा लगानी गर्दा दीर्घकालसम्म ५० र...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानूनहरू भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्। सहकारी विभागले तयार पारिरहेको सहकारीक...
सरकारले निर्माण व्यवसायीको माग पूरा गर्न आइतवार (२० असारमा)मा सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेको छ । निर्माण व्यवसायीलाई रिझाउन सरकारले साढे तीन महिनामा नै यसलाई संशोधन गरेको हो । यससँगै खरिद न...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...