×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

माघ ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् ।
जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कारण पनि जनघनत्व भएको क्षेत्रमा संक्रमण बढेको बताइन्छ ।

Sagarmatha Cement
Muktinath Bank

संक्रमण बढ्दै गएपछि उपत्यकाका प्रशासनले एकपछि अर्को कडाइ गर्दै लगेका छन् । स्थानीय प्रशासनले यातायातमा माघ ७ गते राति मध्यरातदेखि जोरबिजोर लागू गर्नेदेखि विभिन्न खालका कडाइको निर्णय लिएको छ ।  बिहीबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको निर्णयानुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय भएको छ । यस्तै शैक्षिक संस्थाहरुले भौतिक रुपमा पठन पाठन नगर्ने निर्णय भएको छ भने परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको छ । विश्व विद्यालय वा आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षाको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, विदेशबाट आउँदा ५ दिन होम क्वारेन्टिनमा बस्न पनि स्थानीय प्रशासनले आदेश दिएको छ ।
यसैगरी सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी हुन नपाइने निर्णय गरिएको छ भने खोप कार्ड पनि अनिवार्य गरिएको छ । यस्तै विवाह, ब्रतबन्ध,लगायतका सामाजिक कार्यमा २० जनाको उपस्थिति हुन छुट दिइएको छ भने पार्टी प्यालेस प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्नेछ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्ने, जोर बिजोरका आधारमा निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने निर्णय पनि प्रशासनले गरेको छ।  


Advertisment
Nabil box
Kumari

अब बितेका २४ घण्टाका बाँकी समाचार संक्षेपमाः
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार बढीमा संक्रमण पुष्टि भएको हो । यसैबीच कोरोना संक्रमण बढ्दै गएपछि त्रिवि र लोकसेवाको परीक्षा स्थगित भएको छ ।
००००
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा सीके राउतसहित उनका कार्यकर्तालाई लक्षित गर्दै हिंसात्मक चेतावनी दिएपछि तीव्र आलोचना शुरू भएको छ ।
माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल भएको हो । बिहीवार साँझ ३ शीर्ष नेताबीच छलफल  भएको र गठबन्धनको बैठक शुक्रवार अपराह्न ४ बजे बालुवाटारमा बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
००००
विभिन्न विद्यार्थी संगठनले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रिन देशभरका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । मूल्यवृद्धिविरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियू अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले आन्दोलनका लागि आह्वान गरेका हुन् ।
००००
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १–१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् ।
००००
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो ।
००००
उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन् । अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ३३.०३ अंकले उकालो लागेर २ हजार ९३१.३४ मा पुगेको छ । साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने बिहीवार अन्तिम दिन समेत उल्लेख्य रूपमा वृद्धि भएको हो ।
००००
आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय टीम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी लगायत खेलाडीलाई समेटेर टीम घोषणा गरेको हो । घोषित टीममा लामिछाने, मल्ल र ऐरीका अलावा कुशल भुर्तेल, आसिफ शेख, शरद भेसवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x