जेठ ७, २०७९
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र...
एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले ‘४जी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ।
कम्पनीले ‘४जी एलटीई’ नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ।
कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।
‘४जी एलटीई’ नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल ‘इन्डिभिजुअल प्याकेज’ र ‘गभर्मेन्ट इन्स्टिच्युसन प्याकेज’ गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ ।
‘इन्डिभिजुअल प्याकेज’ अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीवी ३० दिनका लागि उपलब्ध छ। त्यसैगरी १ वर्षका लागि रु. ९ हजारमा ७२० जीवी प्याक उपलब्ध छ। यसलाई प्रतिमहिना ६० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जीवी प्याक लिन सकिन्छ।
होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १ हजार २०० मा १२० जीवी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ। त्यसैगरी १ वर्षका लागि रु. १३ हजार ५०० मा १ हजार ४४० जीवी प्याक उपलब्ध हुन्छ। यसलाई प्रतिमहिना १२० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ।
यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीवी प्याक लिन सकिन्छ।
‘गभर्मेन्ट इन्स्टिच्युसन प्याकेज’ मा रु. ३ हजार ६५० र रु. २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन्। यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र...
नासाले हालै ब्ल्याकहोलबाट निस्किएको एक आवाज सार्वजनिक गरेको छ । यो आवाज एक स्याटेलाइटको माध्यमबाट रेकर्ड गरिएको हो । नासाले स्याटलाइटको माध्यमबाट रेकर्ड गरेको यस आवाज मानिसले सिधै सुन्...
एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्...
गूगलले युरोपेली संघका ३०० भन्दा बढी सञ्चारमाध्यमहरूको समाचार आफ्नो सर्च इन्जिनमा राखेबापत पैसा तिर्ने सहमति गरेको छ । जर्मनी, हंगेरी, फ्रान्स, अस्ट्रिया र नेदरल्यान्ड्स लगायत देशका प्रकाशकहरूसँग सम्झौता गर...
इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्त...
आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर सार्वजनिक गरेको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा प...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...