माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सुन्दर बजारको कुरूप यथार्थ बयान गर्दै नाटकको सुरुवात हुन्छ– 'लाटीको छोरा ।
समाजको पिँधमा रहेकालाई आर्थिक, राजनीतिक, सामाजिक रूपमा कसरी दबाइन्छ भन्ने विषयमाथि नाटक केन्द्रित छ ।
नाटकमा सम्पूर्ण कथा कान नसुन्ने र बोल्न नसक्ने महिला 'लाटी’ पात्रमार्फत दर्शकसामु प्रस्तुत गरिएको छ ।
लाटीको चरित्रमार्फत समाजमा रहेका पुरुषको दरिद्रतालाई निकै सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
सिनामङ्गलस्थित पुरानो घर थिएटरमा 'लाटीको छोरा’ नाटकको मञ्चन भइरहेको छ ।
कथाकार श्याम शाहको कथा 'लाटीको छोरा’मा आधारित तथा रङ्गकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको नाटकको गरिबमाथि हुने अन्यायलाई दर्शाउन खोजिएको छ ।
कथाकार शाहको 'अब्बा’ नामक कथासङ्ग्रहमा सङ्गृहित कथामा आधारित रहेर नाटक बनेको छ ।
नाटकमा भुँइमान्छेको कथा देखाइएको छ । समाजका टाठाबाठा र व्यवस्थाको मारमा शोषितको कथालाई नाटकमा प्रस्तुत गरिएको छ ।
नाटकमा बोल्न र सुन्न नसक्ने एक महिलामाथि कसरी समाजका उच्च तहमा पुगेका मानिसले अत्याचार गर्छन् र त्यो अत्याचारको आरोप भने समाजको तल्लो तहमा रहेको मानिसमाथि लगाएको कथा नाटकमा देख्न सकिन्छ । स्टेजमा कान नसुन्ने र बोल्न नसक्ने महिला (लाटी)को प्रवेश हुन्छ ।
व्यापारीको छोराले लाटीलाई प्रेम गर्न थाल्छ तर धनी व्यापारीको छोरो भएकाले लाटीसँगको प्रेममा अवरोध आउँछ । रातमा गाउँका भलाद्मी पुरुष भेला हुन्छन् र लाटी अचानक गर्भवती हुन्छे ।
तब को मार्फत गर्भवती भइन् ? टोल भरि आश्चर्य प्रकट हुन्छ । लाटीको गर्भमा के व्यापारीको छोराको बच्चा हुर्किरहेको छ ? कि अरू कसैको ? प्रश्न उत्पन्न हुन्छ । लाटी गर्भवती भएपश्चात् गाउँमा पञ्चायत बोलाइन्छ । तर, समाज मौन रहन्छ ।
शिक्षक, प्रहरी, पण्डित र व्यापारी एक–एक गर्दै लाटीको गर्भ आफ्नो भएको र यो समस्याको समाधान निकालिदिन मुखियालाई एकान्तमा अनुरोध गर्छन् । मुखिया पनि अपराधी मानसिकतामा फसेका हुन्छन् र डोमलाई फसाउनेगरी लाटीको गर्भ डोमको भएको निष्कर्ष सुनाउँछन् । डोमलाई जेल हालिन्छ ।
केही समय बित्छ । चुनाव जितेर गृहमन्त्री बनेको नेता गाउँ फर्कन्छ । गाउँमा नयाँ केटालाई देखेर मन्त्रीले सोध्छ– 'तिमी कसको छोरा ?’ केटो जवाफ दिन्छ, “म लाटीको छोरा ।” कथाको वास्तविकता फर्दाफास भएसँगै थिएटरका सबै बत्ती निभ्छन् र नाटक समाप्त हुन्छ । कथालाई नाटकको रूप दिन सुलक्षण भारतीले धेरै मिहिनेत गरेका छन् ।
सामान्य भए पनि मञ्च निर्माण कलात्मक छ । चौतारोमा ठडिएको बूढो रूख इतिहास र वर्तमानको साक्षी बनेको छ । नाटकमा आक्रोश र पीडाको समभाव बोध गराएर दर्शकलाई आक्रोशित बनाउन र आँसु खसाउन नाटक सफल छ । नाटक माघ ९ सम्म मञ्चन हुनेछ । सिनामंगलस्थित पुरानो नाटक घरमा चलिरहेको नाटक शनिबार दिउँसो १ बजे पनि र बाँकी दिन ४ः४५ मा मञ्चन हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...