२७ जेठ २०८३, बुधबार

बुटवलमा उल्टियो नजिता, शुक्रवार विहानदेखि एमालेको अग्रता

कात्तिक २०, २०७४
बुटवलमा उल्टियो नजिता, शुक्रवार विहानदेखि एमालेको अग्रता

रुपन्देही १६ असार । स्थानीय चुनाव अन्तरगत पाँच नम्बर प्रदेशमा चर्चाको केन्द्रमा रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिन शुरु गरेको छ ।

बिहीवार प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता देखिएको भएपनि शुक्रवार विहानदेखि एमालेले अग्रता लिएको हो । एमाले मेयर उम्मेदवार शिवराज सुवेदीले २०१७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले १६१० मत प्राप्त गरेका छन् । उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवारको अग्रता छ ।

उपमेयरमा नेपाली कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेल भन्दा एमालेकी गोमा आचार्य अगाडि छिन् । एमालेकी आचार्यले १ हजार ७ सय ५८ मत पाउदा माओबादीका पोखरेलले १ हजार २६ मत पाएका छन् । बुटवल उपमहानगरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।

पाँच नम्बर प्रदेश टुक्राउने संविधान संशोधन विधेयक विरुद्ध बुटवलमा आन्दोलन भएको थियो । एमालेले प्रदेश टुक्राउन नदिने बिषयलाई चुनावी एजेण्डा बनाएको थियो । चुनावका त्यसको प्रभाव पर्ने विश्लेषण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्