२६ जेठ २०८३, मंगलबार

झापामा राप्रपाको शक्ति : सिटौलाको क्षेत्रमा विजयी, ओलीलाई टक्कर

कात्तिक २०, २०७४
झापामा राप्रपाको शक्ति : सिटौलाको क्षेत्रमा विजयी, ओलीलाई टक्कर

सुरुङ्गा, झापा, १६ असार –नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले जित सुरुवात गरेको छ ।

नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो । कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८ सय ६० मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७ सय ३२ मत प्राप्त गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८०१÷८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।

यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो । तर नेकपा एमालेले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ

salt training

कमेन्ट गर्नुहोस्