बैशाख २८, २०७९
एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...
धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।
अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत अस्पताल उत्कृष्ट घोषण भएको थियो । धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिए ।
उनीसहितको समूहले धवलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तक्र्रियाका क्रममा अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको जानकारी गराएका थिए । विसं २०७७ का आवमा गरिएको एक सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको सो अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो । पुस मसान्तसम्म अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अङ्क प्राप्त गर्दै गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो ।
सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा सो अस्पताल उत्कृष्ट हुँदै आएको छ । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिन्छ ।
एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...
देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता...
मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेबित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएका...
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्र...
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्ष...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...