×

NMB BANK
NIC ASIA

रुस-चीन-इरान साझेदारी

हिन्द महासागरमा रुस, चीन र इरानको संयुक्त युद्धाभ्यास– निशानामा को ?

माघ ९, २०७८

NTC
Sarbottam
तस्वीर स्रोत : सिन्ह्वा/Xinhua
Premier Steels
Marvel

विश्वमा शीतयुद्ध चलिरहेको भाष्य निर्माण गरिएको बेलामा अमेरिकी साम्राज्यको विरोध गर्ने तीन शक्तिहरू रुस, चीन र इरानले गत शुक्रवार र शनिवार उत्तरी हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गरेका छन् । उक्त अभ्यासको नाम चिरु–२क्यू२२ राखिएको छ ।

Muktinath Bank

इरानको सरकारी समाचार संस्था आईआरएनएले समुद्री डाँकाहरूविरुद्ध कारवाहीका लागि यो अभ्यास गरिएको जानकारी दिएको छ । डाँकाहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुईवटा व्यापारिक जहाजमा कब्जा गरेको र तीन देशका सेनाले त्यसलाई मुक्त गराएको परिकल्पना सहितको अभ्यास गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबाहेक बलिरहेको जहाजलाई उद्धार गर्ने अनि आकाशमा उडिरहेका लक्ष्यहरूलाई रातिको समयमा गोली हानेर खसाउने अभ्यास पनि गरिएको छ । अर्थात्, तीन मुलुकले कुनै देशप्रति लक्षित स्ट्राटेजिक भन्दा पनि सुरक्षामा आधारित ट्याक्टिकल अभ्यास गरेका छन् । 


Advertisment
Nabil box
Kumari

इरानी जलसेना प्रमुख रियर एड्मिरल मोस्तफा ताजोल्दिनीले हिन्द महासागर क्षेत्रको सुरक्षा तथा आधारशिलालाई बलियो बनाउने र विश्व शान्ति, जलक्षेत्रीय सुरक्षा तथा जलक्षेत्रीय समुदाय निर्माणका लागि तीन मुलुकहरूबीचको बहुपक्षीय सहकार्यलाई विस्तार गर्ने उद्देश्य यस अभ्यासको रहेको बताए । 

Vianet communication
Laxmi Bank

उनको भनाइले यो अभ्यास कुनै शक्तिराष्ट्रका विरुद्ध भन्दा पनि शान्तिका लागि गरिएको आभास हुन्छ । अभ्यासको कोडनेम पनि मरिन सिक्योरिटी बेल्ट २०२२ भएकाले यसले आक्रामक भन्दा पनि प्रतिरक्षात्मक उद्देश्य लिएको जस्तो देखिन्छ ।

यस अभ्यासको योजना निकै लामो समयअगाडि बनाइएकाले अभ्यासको महत्त्वलाई बढाइचढाइ गर्न नहुने मस्कोस्थित अमेरिकी भूराजनीतिक विश्लेषक एन्ड्रु कोरीब्कोको दाबी छ । पश्चिमले नियमित रूपमा गर्ने युद्धाभ्यास जस्तो नभई तीनवटा रणनीतिक सहयोगीहरूबीच विश्वास बढाउने प्रतीकात्मक अभ्यास भएको उनी लेख्छन् । 

रुस र चीनका जहाजहरू निकै लामो समय लगाएर उक्त क्षेत्रमा पुगेकाले युक्रेन तनावको बीचमा सन्देश दिन गरिएको अभ्यास यसलाई भन्न नमिल्ने उनको दाबी छ । 

तर जुन रणनीतिक स्थानमा अभ्यास गरिएको हो, त्यसले एक किसिमको राजनीतिक सन्देश त पक्कै दिएको छ । उत्तरी हिन्द महासागर र ओमान सागरमा गरिएको अभ्यास अर्थपूर्ण छ किनकि ओमान सागर चरम रणनीतिक महत्त्व बोकेको होर्मुज जलसन्धि (स्ट्रेट) सँग जोडिन्छ र उक्त जलसन्धि पर्सियाली खाडीसँग जोडिन्छ । 

प्रशान्त र हिन्द महासागरलाई सोलोडोलो राखेर ती दुवै महासागरमा आफ्नो प्रभुत्व जमाउनका लागि अमेरिकाले हिन्द–प्रशान्त रणनीति ल्याएको छ । उक्त रणनीतिले ओगटेको क्षेत्रमा अमेरिकाविरोधी तीन मुलुकले गरेको अभ्यासलाई अमेरिकाले शंकाको दृष्टिले नहेर्ने भन्ने हुन्न । 

अभ्यासको टाइमिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो सक्रियतासँगै जोडिएको पनि विचारणीय छ । नेटोलाई रुसको सीमा नजिक विस्तार गर्न नदिनका लागि जोडबल लगाइरहेका पुटिनले पश्चिमको विरोध गर्ने मुलुकहरूसँगको साझेदारीलाई बलियो बनाउन कोशिश गरिरहेको बेलामा यो संयुक्त अभ्यास भएको हो । 

यस अभ्यासको ठीक अघि पुटिनले इरानका राष्ट्रपति इब्राहिम रईसीलाई मस्कोमा स्वागत गरेका थिए । दुई देशबीच विभिन्न मोर्चामा सहकार्य थप बलियो बनाउने सम्झौता भएको छ । 

अब पुटिन चीनको राजधानी बेइजिङ गएर शीतकालीन ओलम्पिकमा सहभागी हुने कार्यक्रम छ । उक्त अवसरमा उनले चीनका राष्ट्रपति सी चिनपिङसँग वार्ता गर्नेछन् र दुई देशबीच घनीभूत बन्दै गएको सम्बन्धलाई सैन्य साझेदारीमा स्तरोन्नति गर्ने विषयमा पनि छलफल गर्न सक्छन् । 

त्यसबाहेक पुटिनले निकारागुआ र भेनेजुएलाका राष्ट्रप्रमुखहरूसँग फोनमा कुराकानी गरेका छन् । यसैबीच रुसको सरकारी विमान क्युबा र भेनेजुएलामा पुगेको र त्यसबाट रुसको आगामी खतरनाक रणनीतिक कदमको संकेत पाइएको रुसी विश्लेषक भ्लादिमिर इसाचेनकोभले लेखेका छन् । 

उनले संकेत गरेको कदम शीतयुद्धकालीन सोभियत कदमको पुनरावृत्ति हुन सक्छ । सन् १९६२ मा अमेरिकाले इटली र टर्कीमा जुपिटर ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गरेर सोभियत संघलाई जोखिममा पारेपछि सोभियतहरूले क्युबामा त्यस्तै किसिमका ब्यालिस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरेका थिए । 

युरेसियाका शक्तिहरूबीचको समन्वय थप बलियो बन्नु यस अभ्यासको सबभन्दा महत्त्वपूर्ण सन्देश हो । भूराजनीतिक विश्लेषक पेपे एस्कोबारका अनुसार, चीन रुस र इरानबीचको अन्तर्क्रिया घनीभूत बन्दै जाँदा पश्चिमीहरूको आधिपत्य रहेको कथित नियममा आधारित विश्व व्यवस्थालाई गतिलो चुनौती मिलेको छ । 

क्युबाली क्षेप्यास्त्र संकट भनिने उक्त प्रकरणका कारण संसार आणविक युद्धको त्रासमा परेको थियो । पछि दुवै पक्षको सुझबुझका कारण क्षेप्यास्त्रहरू हटाइएका थिए । 

अहिले अमेरिकी नेतृत्वको पश्चिमी सैन्य संगठन नेटोले रुसको भूसुरक्षालाई जोखिममा पार्ने गरी आक्रामक विस्तार गरिरहेकाले त्यसलाई रोक्न रुसले भेनेजुएला र क्युबाको भूमिलाई उपयोग गर्न सक्ने देखिएको छ । अमेरिकाका विरोधी ती दुई मुलुकहरूमा क्षेप्यास्त्र राख्न रुसले सफलता पाएमा अमेरिकाको सुरक्षा खतरामा पर्छ र अमेरिकाले नेटोको विस्तारलाई रोक्छ भन्ने पुटिनको आकलन हुन सक्छ । 

त्यसले काम गरिरहेको पनि देखिन्छ किनकि शुक्रवार रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच जेनेभामा भएको वार्तापछि अमेरिकाले रुसको सुरक्षा प्रत्याभूति प्रस्तावको लिखित जवाफ दिने सहमति गरेको छ । रुसको प्रस्ताव कुनै हालतमा स्वीकार्य नभएको भनी अड्डी गर्ने अमेरिका लिखित जवाफका लागि सहमत हुनु पुटिनको जीत नै हो । 

त्यसरी अमेरिकालाई उसकै ब्याकयार्डमा पुगेर चुनौती दिने रणनीति बनाएका पुटिनले हिन्द महासागर क्षेत्रमा चीन र इरानसँगको अभ्यासलाई पनि रणनीतिक रूपमै लिएको देखिन्छ । चीनले रुसलाई पूर्ण समर्थन दिँदै उरुमछी मिसाइल डिस्ट्रोयर, आपूर्ति जहाज थाइहु, जहाजबाट उडान भर्ने हेलिकप्टरहरू र ४० जना मरिन सैनिकहरू अभ्यासमा पठाएको छ । यसको जानकारी चीनको रक्षा मन्त्रालयले दिएको हो । 

त्यस्तै रुसले मिसाइल क्रुजर भारयाग, एन्टी सबमरिन वारफेयर जहाज एड्मिरल ट्रिब्युट्स र विशाल ट्यांकर बोरिस बुटोमा पनि पठाएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उसले जनवरी र फेब्रुअरी महिनामा विभिन्न क्षेत्रमा गएर अभ्यास गर्ने बताएको छ र हिन्द महासागरको अभ्यासलाई पनि उच्च महत्त्व दिएको छ । 

युरेसियाका शक्तिहरूबीचको समन्वय थप बलियो बन्नु यस अभ्यासको सबभन्दा महत्त्वपूर्ण सन्देश हो । भूराजनीतिक विश्लेषक पेपे एस्कोबारका अनुसार, चीन रुस र इरानबीचको अन्तर्क्रिया घनीभूत बन्दै जाँदा पश्चिमीहरूको आधिपत्य रहेको कथित नियममा आधारित विश्व व्यवस्थालाई गतिलो चुनौती मिलेको छ । 

नियममा आधारित व्यवस्था भनेर पश्चिमले आफ्नो नियममा अरू चल्नुपर्ने भनेको हो । त्यस्तो नियम नमान्ने मुलुकलाई पश्चिमले कठोर आर्थिक प्रतिबन्ध लगाउने गरेको छ । इरान र रुसमाथि त्यस्तो प्रतिबन्ध लगाइएको छ । चीनसँग व्यापारयुद्ध गरेर अनि कतिपय चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएर अमेरिकाले एक किसिमको सजाय दिइरहेको छ । 

तर चीन, रुस र इरानले संयुक्त सैन्य अभ्यास गरेर आफूहरूको साझेदारी बलियो बनेको र पश्चिमी प्रतिबन्धलाई मिलेर प्रतिकार गर्ने स्पष्ट सन्देश दिएका छन् । 

चीनले विश्वव्यापीकरणलाई पश्चिमी प्रभावबाट मुक्त गराउनका लागि कोशिश गरी बेल्ट यान्ड रोड इनिसिएटिभ ल्याएको र उसले भन्ने गरेको साझा भाग्य भएको समुदाय (कम्युनिटी अफ शेयर्ड डेस्टिनी) को उम्दा उदाहरण रुस र इरानसँगको थप गहिरो अन्तःसम्बन्ध हो भनी एस्कोबारले गरेको विश्लेषणमा दम छ ।

उत्तरी हिन्द महासागरमा चीन, रुस र इरानले गरेको अभ्यासले बदलिँदो विश्वको राम्रो उदाहरण प्रस्तुत गर्छ । पराआन्ध्रीय (ट्रान्सएट्लान्टिक) साझेदारीको बलमा विश्वमा आफ्नो प्रभुत्व लाद्न खोज्ने पश्चिमको हैकम अब नचल्ने र युरेसियाली शक्तिहरूको उदय भइसकेको सन्देश यस संयुक्त अभ्यासले दिएको भन्न सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x