पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
माघ १०, २०७८
सामान्यतया व्यापारमा कमी आयो र औद्योगिक उत्पादन घट्यो भने आर्थिक मन्दीको लक्षण हुन्छ । कतिपय अवस्थामा कुल गार्हस्थ्य उत्पादन दुई वर्षसम्म लगातार घट्यो भने पनि मन्दीको संकेत हुन्छ ।
नेपालमा सन २०२०/०२१ र २०२१/०२२ मा गरिएको प्रक्षेपण अनुसार कुल गार्हस्थ्य उत्पादनमा गिरावट आएको देखिन्छ । तर, अहिले सामान्य अवस्था होइन, महामारीबाट गुज्रिएको स्थिति हो । महामारीबाट अहिले विश्व नै आक्रान्त छ । अर्थतन्त्रमा समस्या नेपालको मात्रै नभएर, दक्षिण एसिया र विश्वका अरू मुलुकहरूको पनि हो ।
नेपालमा रोजगारी सिर्जना हुन सकेको छैन । यहाँ मूलभूत क्षेत्रबाट जसरी आम्दानी हुन्थ्यो त्यो घटेको छ । जस्तो, रेमिट्यान्सबाट हुने आम्दानी घटेको छ । गत वर्ष रेमिट्यान्समा ११ प्रतिशतले वृद्धि भएकोमा अहिले ६.८ प्रतिशतले रेमिट्यान्समा कमी आएको छ । मुल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ । गरीबको घर चलाउने रेमिट्यान्स होस वा औद्योगिक उत्पादनको कुरा होस अथवा मूल्यवृद्धि नै पनि अनिश्चित जस्तो देखिएको छ । मूलभूत आर्थिक परिसूचकहरू प्रभावित देखिएका छन् । त्यसले गर्दा केही चिन्तित हुनुपर्ने र डर मान्नुपर्ने अवस्था छ ।
सिधा हिसाबले हेर्ने हो भने त निर्यात १०५ दशमलव ६ प्रतिशतले बढेको छ । आयात झण्डै ६० प्रतिशतको मात्रै छ । जुन मुलुकमा निर्यात बढ्छ र आयात घट्छ त्यो मुलुकमा त व्यापार घाटा नहुनुपर्ने हो । नेपालमा १०३ अर्बको निर्यात भएको छ भने ८ सय अर्बको आयात भएको छ । आयात यतिधेरै छ जसले गर्दा व्यापार घाटा आकाशिएको छ ।
निर्यात करीब १०६ प्रतिशतले वृद्धि भयो भनेर हामीले खुशी मान्यौं भने अर्थतन्त्रको जुन स्थिति छ त्यसलाई नबुझेको भन्ने अर्थ लाग्छ ।
तर, औद्योगिक उत्पादनको लागि चाहिने कच्चा पदार्थको आयात बढेर उपभोग्य बस्तुको आयात केही घटेको देखिन्छ । यो सकारात्मक कुरा हो । उत्पादनको लागि चाहिने कच्चा पदार्थ आउनु भनेको त्यसले अन्तिम उत्पादित वस्तुलाई तयार गर्न सहयोग पुग्छ । उत्पादन बढ्नु भनेको अर्थतन्त्रको लागि राम्रो कुरा हो ।
वैदेशिक मुद्राको सञ्चितिमा केही समस्या देखिएको छ । अहिले वस्तु तथा सेवाको आयात ७ महिना मात्रै धान्न सक्ने अवस्था छ । १२–१३ महिनाको आयात धान्न सक्ने अवस्थाबाट ७ महिनाको आयात धान्न सक्ने अवस्थामा झर्नु त्यति राम्रो होइन । अबको ७ महिनासम्म त अर्थतन्त्र ठिकै हुन्छ । भविष्यमा ५ महिनाको मात्रै आयात धान्न सक्ने अवस्था आयो भने नाजुक स्थिति देखियो भन्ने हुन्छ ।
त्यसबेला मुलुकले ऋण पनि तिर्न सक्दैन भनेर डराएर ऋण दिने दातृ राष्ट्रहरु पनि हच्किने हुन्छ । नेपालमा ६ महिनादेखि संसद चल्न सकेको छैन, विरोध भइरहेको छ, नयाँ कानून आउन सकेको छैन । सरकारले ल्याएको अध्यादेशलाई बढाउने बाहेक केही गर्न सकेको छैन । यस्तो स्थितिमा सम्भावित लगानीकर्ताहरू हच्किने सम्भावना हुन्छ ।
विदेशी मुद्राको सञ्चिति ५ महिनाको आयात मात्रै धान्न सक्ने अवस्थामा आउँदा अर्थतन्त्रमा विविध नकारात्मक प्रभावहरू पर्नसक्छ । सरकारले अहिलेदेखि नै वैदेशिक पुँजीलाई कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । त्यसका लागि व्यापारमा वृद्धि गर्नुपर्यो, राजनीतिक संस्कारलाई गतिशील बनाउनुपर्यो, लगानीकर्ताको विश्वास वातावरण बनाइदिनुपर्यो । देशले लिइरहेको सार्वजनिक ऋणहरू जुन मात्रामा लिइरहेका छौं त्यसमा पनि ‘इकोनोमाइज’ गर्नुपर्यो ।
श्रीलंका लगायतका देशले अहिले विलासी वस्तुको आयातमा रोक लगाइरहेका छन् । नेपालमा अहिले केही प्रयासहरु भएका छन् त्यसलाई अर्थतन्त्रले गति नलिँदासम्म निरन्तरता दिन सक्नुपर्छ ।
कोभिड–१९ को दोस्रो लहर कम हुँदा नेपालमा ९० प्रतिशतभन्दा बढी उद्योग व्यवसायहरू सञ्चालन भएको देखिएको थियो । अहिले त केही व्यवधान आएको छ । तर, फेब्रुअरीको अन्त्यसम्म ओमिक्रोनको प्रभाव कम हुन सक्ने आकलनहरू पनि आएका छन् ।
त्यसका लागि सरकारले खोप अभियानलाई तीव्रता दिनुपर्यो, मास्क लगाउने, समाजिक दूरी कायम गर्ने लगायत सतर्कताका उपाय अपनाउन सकेको खण्डमा ओमिक्रोनको प्रभाव चाँडै अन्त्य गर्न सकिने अवस्था देखिएको छ । त्यसो हुँदा उद्योग व्यवसायले पनि चाँडै गति लिन सक्छ ।
अहिले अर्थतन्त्रको सूचक हेर्दा एकदमै चिन्ता लिइहाल्नुपर्ने, अब मुलुक गयो भन्ने अवस्था छैन । मुलुकको अर्थतन्त्र धरासायी भयो भनेर पहिले पनि भनिएको हो । कोभिड–१९ शुरू हुँदा लकडाउन भयो, सबै क्षेत्र बन्द भए, अर्थतन्त्रको सूचक सबै बिग्रिए भनिएको थियो । दोस्रो लहर आउँदा त नेपाल के हुने हो भनेर चिन्ताग्रस्त अवस्थामा पुगियो । मान्छेले बैंकमा राखेको पैसा पनि नपाउने हो कि भन्ने डर भयो । तर, दोस्रो कहर कम हुने बित्तिकै ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आयो । त्यसकारण, सधैँ नकारात्मक कुरा गरेर हुँदैन, त्यसलाई कसरी सपार्न सकिन्छ त्यतापट्टि ध्यान जानुपर्यो ।
कुल गार्हस्थ्य उत्पादनको ३०० प्रतिशतसम्म पनि ऋण लिएका मुलुक पनि टिकेकै छन् । दक्षिण एसियामा श्रीलंकामै कुल गार्हस्थ्य उत्पादनको ६५ प्रतिशत ऋण पुगिसकेको छ । नेपालमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा लिएको सार्वजनिक ऋण ४० प्रतिशतको हाराहारीमा छ ।
जब अर्थतन्त्रमा माग बढ्न थाल्छ, आपूर्तिको समस्या कम हुन्छ र सरकारमा काम गर्ने, केही गरेर देखाऔं भन्ने प्रतिबद्धता देखाउन सक्यो भने अर्थतन्त्र टिक्छ । आजको भोलि मरिहाल्ने अर्थतन्त्र कहीँ पनि हुँदैन । त्यस्तो स्थितिमा मुलुक गइसक्यो भन्नु गल्ती हो । यो निराशावादीहरूले भन्ने कुरा हो । त्यस्तो स्थिति छैन ।
अर्थमन्त्रीले बिगारेका छैनन्
गठबन्धनको सरकार छ, संवैधानिक हिसाबले कमजोर सरकार छ र विदेशी दाता र लगानीकर्ताले पत्याएनन् भन्नु काम लाग्ने तर्क होइन् । दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले पनि आन्तरिक झगडाका कारण केही काम गर्न सकेको थिएन । त्यसको तुलनामा त मिलीजुली सरकारमा अहिलेसम्म जुन समझदारी छ, त्यो त दुई तिहाइको सरकारमा थिएन ।
माओवादी पृष्ठभूमिको मन्त्री भएको कारण अर्थतन्त्र बिग्रिएको पनि होइन । माओवादीले बन्दुक छाडेर संसदीय व्यवस्था मान्छु भनेर आए । आर्थिक उदारीकरणलाई मानेर हिँडेका छन् । चीनजस्तो शक्तिशाली मुलुकले त आर्थिक उदारीकरणलाई मानेर निजी सम्पत्तिलाई उपभोग गर्न पाउने अधिकार दिएको छ । आर्थिक उदारीकरण मानेर त्यही अनुरूप व्यवहार देखाइरहेका अर्थमन्त्रीलाई दोष लगाउनु ठिक होइन । यसभन्दा अगाडिका अर्थमन्त्रीले के लछारपाटो लगाइएका थिए र ?
मान्छे कुन राजनीतिक दलमा थियो, कस्तो अनुहारको छ भनेर पर्फर्मेन्सलाई कमजोर मूल्यांकन गर्नु न्यायिक हुँदैन । अहिले अर्थमन्त्रीले के बिगारेका छन् र ? केही बिगारेका छैनन् । दुई तिहाइ बहुमत हुँदैमा सरकार सफल हुन सक्दैन भन्ने कुरा ओली सरकारबाट देखियो । एक बहुमतको सरकार टिक्दैन भन्ने कुरा गिरिजाप्रसाद कोइरालाको सरकारले देखाइसकेको हो । मिलीजुली सरकार टिक्दैन भन्न सक्ने स्थिति नै पनि के छ र ?
संसारभरी भएको महामारीको असर अर्थतन्त्रमा परेको हो । महामारीले समातेको बेला अहिलेको अवस्था कायम गर्नु भनेको राम्रो कुरा हो । हाम्रो भविष्यको ढोका बन्द भएको छैन । मान्छे आशावादी हुनुपर्छ, हरेक कुरालाई नकरात्मक कोणबाट हेर्नु हुँदैन । अर्थमन्त्री एक्लैले केही गर्न सक्ने अवस्था पनि हुँदैन । म आफैं अर्थमन्त्री भए पनि के लछारपाटो लगाउने अवस्था हुन्छ र ? सबै पढेलेखेका मानिसले मात्रै मुलुक चलाएका छन् र ? अर्कालाई दोष दिन सजिलो हुन्छ । कुनै पनि कुरा सुधारका लागि जनताको पनि भूमिका र जिम्मेवारी हुन्छ ।
(डा. प्याकुरेलसँग उद्धव थापाले गरेको कुराकानीमा आधारित)
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...