×

NMB BANK
NIC ASIA

बैंकहरुको नाफा बढ्यो, कुन बैंकले कति कमाए ?

माघ १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ।
 यो वर्ष ग्लोबल आईएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ।  चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैंकले दुई अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो।  यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ छ। यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैंक नाफामा पनि अगाडि देखिएको हो। ग्लोबल आईएमई बैंकलाई पछ्याउँदै एनआईसी एसिया बैंक दोस्रो र नबिल बैंक तेस्रो स्थानमा परेको छ।  दुई अर्ब रुपैयाँमाथि नाफा आर्जन गर्नेको सूचीमा पर्नेमध्ये पनि ग्लोबल, एनआईसी एसिया र नबिल बैंक रहेका छन्।

Muktinath Bank

  एनआईसी एसिया बैंकले चालू आव २०७८÷७९ को दोस्रो त्रैमासको पुस मसान्तसम्ममा दुई अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ।  जुन वार्षिक बिन्दुगत आधारमा १६.४७ प्रतिशतको वृद्धि हो।  तेस्रो स्थानमा परेको नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा दुई अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।  यो नाफा गत वर्षको भन्दा ८.२० प्रतिशत धेरै हो।  एक अर्बमाथि नाफा आर्जन गर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ बैंक, कृषि विकास बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र माछापुच्छे« बैंक छन्। यस्तै एक अर्ब रुपैयाँ नाफा कटाउन नसक्ने बैंकहरूमा कुमारी, एनसीसी, एभरेस्ट, लक्ष्मी, नेपाल बङ्गलादेश, नेपाल एसबीआई, सेन्चुरी, बैंक अफ काठमाण्डू र सिभिल बैंक रहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो वर्षको तुलनामा यो वर्ष उच्च नाफा आर्जन गर्दै सिभिल बैंक सबैभन्दा अगाडि देखिएको छ।  अघिल्लो वर्ष २० करोड २८ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको सो बैंकले यो वर्ष १४८.४६ प्रतिशतले बढाएर ५० करोड ४० लाख रुपैयाँ पु¥याएको छ। नेपाल बैंक, एनएमबी, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गरेका छैनन्, भेषराज बेल्बासेले गोरखापत्रमा खबर लेखेका छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x