×

NMB BANK
NIC ASIA

नेपालगञ्जमा शिवशिखर सहकारीको एटीएम सेवा

माघ १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारीले एटीएम सेवा सञ्चालनमा ल्याएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको छ । 


Advertisment
Nabil box
Kumari

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलानाथ गौतमका अनुसार आफ्ना सेवा केन्द्र रहेका सबै स्थानमा एटीएम सेवा विस्तार गर्ने संस्थाको योजना छ । 

Vianet communication
Laxmi Bank

यस्तो योजना अनुसार नेपालगञ्जमासमेत एटीएम सेवा सञ्चालनमा ल्याइएको उनले बताए । नेपालगञ्जमा सञ्चालनमा ल्याइएको एटीएम शिवशिखर सहकारीको तेस्रो एटीएम काउन्टर भएको पनि उल्लेख छ ।

सोमवार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले एटीएम सेवाको शुभारम्भ गर्दै सहकारी संस्थाहरूले आधुनिक सेवा सञ्चालन गर्दा शेयर सदस्यहरूलाई वित्तीय कारोबार थप सहज हुने बताए । 

यो महिनाभित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याइने संस्थाका सीईओ गौतमले बताए । 

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोबाइल एपसमेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको सहकारीले जनाएको छ । 

यसअघि भक्तपुरको कमलविनायक, कास्कीको पोखरामा एटीएम सेवा सञ्चालनमा आइसकेको छ । उपभोक्ताले शिवशिखर बहुउद्देश्यीय सहकारीको एटीएम प्रयोग गरेर मुलुकका सबै बैंक तथा वित्तीय संस्थाका एटीम काउन्टरबाट पनि वित्तीय सेवा लिन सक्ने छन् । सीईओ गौतमका अनुसार भारतमा समेत यो कार्ड प्रयोगमा ल्याउन सकिने छ । 

उपभोक्ताले किनमेल गर्दा विभिन्न अनलाइन स्टोरहरूलाई समेत शिवशिखरको कार्ड मार्फत रकम भुक्तनी गर्न सक्ने बताइएको छ । 

पश्चिम नेपालको व्यावसायिक हबका रूपमा रहेको नेपालगञ्जको न्यूरोडमा आफ्नै भवनबाट शिवशिखर सहकारीले वित्तीय सेवा सञ्चालन गरिरहेको छ । 

सहकारीले निकट भविष्यमा ई टेलर इ ट्रान्जेक्सनलगायतका सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x