×

Nic Asia
Marvel

ग्लोबल छनोटलक्षित प्रशिक्षणमा फर्कियो नेपाली क्रिकेट टोली

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतवारबाट शुरू गरेको हो ।


Advertisment
NMB BANK
Saurya island

ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन् । छनोट खेलका बिगबासमा रहेको कप्तान सन्दीप लामिछाने शनिवार स्वदेश फर्किएका छन् ।

ग्लोबल छनोट खेल्नुअघि नेपालले ओमानमा चारदेशीय ट्वान्टी–२० शृखंला खेल्नेछ । शृखंलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र यूएईले प्रतिस्पर्धा गर्नेछन् । 

Vianet communication
Maruti inside

शृखंला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ । शृखंलाअन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रुअरी ११ मा खेल्दै छ । 

यस्तै दोस्रो खेल यूएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको शुरूवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ ।

समूह  ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमन रहेका छन् । 

यस्तै समूह १ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी  छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसबाट फाइनल प्रवेश गर्ने दुवै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्ट्रेलियामा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।

NLIC
TATA Below
बैशाख २८, २०७९

बंगलादेशका अलराउण्डर शकिब अल हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् । कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् । मंगलवार भएको पीसीआर परिक्षणमा उनलाई पोजेटिभ देखिएको ...

बैशाख २९, २०७९

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।

बैशाख २९, २०७९

 सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रम...

बैशाख २७, २०७९

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा मंगलवार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो ...

बैशाख ३०, २०७९

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।...

बैशाख ३०, २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले जीत निकालेको छ । बिहीवार राति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङसलाई ५ विकेटले हराएको हो । चेन्नईले दिएको ९८ रनको लक्ष्...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x