असार २१, २०७९
सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड...
काठमाडाैं | माघ १०, २०७८
शेयर बजार परिसूचक नेप्से सोमबार एकैदिन १०० अंकले घट्नुलाई लगानीकर्ताहरूले नाफा बूक भनेका छन् । आत्तिइहाल्नुपर्ने अवस्था नआएको शेयर लगानीकर्ताका अगुवा बताउँछन् ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार कुनै सिरियस विषय होइन, महत्त्वपूर्ण एजेन्डा पनि कुनै नआएको हुँदा बजारमा करेक्सन मात्रै भएको हो ।
उनले भने, ‘पहिलो विषय त प्रोफिट बूक हो भने त्यसपछि राष्ट्र बैंकले जारी गरेको क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने विषयको हल्ला पनि हो ।’
रौनियारले लगानीकर्ताले आत्तिएर बजारबाट भाग्नुपर्ने अवस्था नभएको तर्क गरे । ‘नयाँ नीति वा एजेन्डा पनि केही आएको छैन, कुनै बियरिस ट्रेन्ड पनि हैन, त्यसैले अहिलेको अवस्था सामान्य नै हो । पछिल्लो समय बजार बढिरहेकाले बजार अझै बढ्ने हुँदा लगानीकर्ताले हतास मनस्थिति बनाउनुपर्ने अवस्था छैन,’ रौनियारले भने ।
अर्का लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले आज प्रोफिट बूक गर्ने हाबी हुँदा शेयर बजारमा करेक्सन आएको हो ।
‘अहिले कुनै पनि लगानीकर्ताले आत्तिएर शेयर बेचिहाल्नुपर्ने अवस्था आएको होइन,’ उनले भने । चुनाव भनेको ६ महिना अगाडि वा पछाडि हुने विषय भएको हुँदा यसले लगानीकर्तालाई केही फरक नपर्ने उनको बुझाइ छ ।
सामान्य करेक्सनमा आत्तिनु आवश्यक नभएको उनको भनाइ छ ।
२९ सय देखि ३ हजारको सूचकमा सय/पचास अंक घट्नुलाई सामान्य मान्नुपर्ने पनि ढकालको भनाइ छ ।
‘एक दुईदिन कुर्दा धेरै नाफा हुन्छ भनेर लगानीकर्ता बस्छन्, त्यसमा पनि २३ सय अंक पुग्दा किनेका लगानीकर्ताले २८ सयमा प्रोफिट बुक गर्छन् । अझै बढीमा किन्नेले अझै केही समय पर्खेर बस्छन्, यो सामान्य प्रक्रिया हो,’ ढकालले भने ।
सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड...
बैंक तथा वित्तीय संस्था एक-आपसमा गाभिने क्रम पछिल्ला दिनमा वृद्धि भएको छ। नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ‘क’ वर्गको बैंक नेपाल बङ्गलादेश बैंकलाई गाभेको छ। एक-...
एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनर्संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । एक कार्यक्रम आयोजना गरी बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्...
अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिकोत्सव कार्याक्रम सम्पन्न भएको छ । कम्पनीले मंगलवार वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजनासमेत गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको रक्...
रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०...
नेपाली बजारमा बिहीवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । यस दिन अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको छ । बुधवार अमेरिकी डलरको खरिद दर १२६.७० रु...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...