बैशाख २९, २०७९
सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले डिजल र पेट्रोलको खपत सातदेखि १० प्रतिशत कमी आउने नेपाल...
नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए ।
तर, प्रमुख सत्तारूढ कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचनजस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय गर्न नपाउने भन्दै वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने भनेको हो ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले निर्वाचन जस्तो महत्वपूर्ण विषयमा पार्टीभित्र कुनै पनि छलफल नै नगरी सभापति एकलौटी ढंगबाट अघि बढेको र वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने निष्कर्ष बैठकको रहेको बताए । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।
सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले डिजल र पेट्रोलको खपत सातदेखि १० प्रतिशत कमी आउने नेपाल...
पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल) खपत भएको छ । स्थानीय चुनावका कारण मुलुकभर इन्धनको माग बढेको हो । नेपाल आयल निगमका अन...
छिमेकी मुलुक भारतमा नयाँ भेरिएन्ट ‘बीए २.१२’ केही दिनयता बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चुनावको समयमा भारतमा बस्ने नेपाली आउने भएका...
महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुईवटा झोलुङ्गे पुल निर्माण पूरा भइसक्दासमेत सञ्चालनमा आएका छैनन् । पुल निर्माण भएको तीन महिना बितिसके तर हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय ...
राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४ सय ९ जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ । यसरी सम्पति विवरण नबुझाउनेहरू कारबाहीमा पर्ने भएका छन् । सर्तकता केन्द्रक...
लामो समयदेखि अलपत्र ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना भारतीय कम्पनीलाई बनाउन दिने संकेत देखिएको छ । सरकारले आफ्नै लगानीमा उक्त आयोजना बनाउने भन्दै आए पनि अहिले भारतीय कम्पनी...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...