×

NMB BANK
NIC ASIA

‘ह्यारीकी प्यारी’ मार्फत् चलचित्र क्षेत्रमा फर्किए डा. भोला रिजाल, ह्यारी जितु र प्यारी साम्राज्ञी

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै बेला हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः चलचित्र क्षेत्रमा फर्किएका छन् । उनी ‘ह्यारीकी प्यारी’ नामक रोमान्टिक कमेडीमार्फत् चलचित्र क्षेत्रमा फर्किएका हुन् । 

Muktinath Bank

चलचित्रको सोमवारबाट पर्वतको भुक देउरालीमा छायाँकन शुरू भएको छ । चलचित्रको निर्देशन स्त्री रोग विशेषज्ञसमेत रहेका डा. रिजालका छोरा दन्त चिकित्सक डा. कपिल रिजालले गर्दैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लण्डनको दन्त चिकित्सा क्षेत्रमा साढे दुई दशकदेखि लोकप्रियता कमाउँदै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् । उनले नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने ‘ह्यारीकी प्यारी’ उनको डेब्यू चलचित्र हो । 


Advertisment
Nabil box
Kumari

निर्देशक डा. कपिलका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको छायाँकन हुनेछ भने बाँकी काठमाडौंमा गरिने छ । 

Vianet communication
Laxmi Bank

युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटका सहभागी सबै कलाकार तथा प्राविधिकको पीसीआर परीक्षण गरिएको र खोप लगाएका कलाकार तथा प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको निर्माण पक्षको दाबी छ । 

छायाँकन शुरू गर्नुअघि जितु नेपाल र विजय बरालले मुहूर्त सट दिएका थिए । 

फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन् । 

जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैछन् ।

चलचित्र डा. भोला रिजालको बीआर प्रडक्सनको व्यानरमा निर्माण भइरहेको छ । 

फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहने निर्माण पक्षले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x