×

NMB BANK
NIC ASIA

सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित छ : सल्लाहकार बोहरा

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले वर्तमान सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

Muktinath Bank

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष बोहराले राज्यका सबै अंगहरू प्रायः अस्तव्यस्त रहेका बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ । राज्यका सबै अंगहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधिको नाममा सिटामोलजस्तो सामान्य औषधि समेत नागरिकले राम्ररी पाउन सक्दैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित छ । यस्तो अवस्थामा हामी राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी छ । विरोधीहरूले फैलाएको भ्रमहरूलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

पार्टी केन्द्रीय कमिटीले केन्द्रीय सल्लाहकार परिषद्को नीतिगत रूपमा गठन गरिसकेकाले अन्योलमा नपर्ने र स्थानीय पार्टी काममा सक्रिय हुन अध्यक्ष बोहराले सबै सल्लाहकारमा आह्वान गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘सल्लाहकार परिषद् विधानबमोजिम पार्टीलाई विभिन्न सल्लाह–सुझाव प्रदान गरेर अघि बढ्न सहयोग गर्ने एक जिम्मेवार निकाय हो । हामी आफ्नो दायित्वप्रति सचेत छौं । यस्तो स्थितिमा परिषद्को जागरुकता, क्रियाशीलता र भूमिकाको खोजी हुनु स्वयंमा महत्वपूर्ण कुरा हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘अहिले नै बैठक बस्न सम्भव नभएकाले यस पे्रस विज्ञप्तिमार्फत् म सबै कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, यतिखेर हामीहरू कोरोना जस्तो महामारीबाट विभिन्न रूपबाट आक्रान्त भइरहेका छौं । महामारी फैलिरहेको यो अवस्थामा जमघट, भेला वा बैठकहरू गर्न सम्भव छैन । त्यसो गर्नु स्वयंमा सुरक्षाको दृष्टिकोणले उचित पनि हुँदैन । तसर्थ केही धैर्य गरेर परिस्थिति हेरी छरितो शैलीमा हामी परिषद्को बैठक आयोजना गर्ने तथा परिषद्लाई पूर्णता दिने सोचमा छौं । बैठक तत्काल नबसे पनि नीतिगत रूपमा परिषद्मा रहनुभएका कमरेडहरूले आ–आफ्ना ठाउँमा हुने पार्टीका कार्यक्रमहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड बमोजिम भाग लिई आफ्नो दायित्व निर्वाह गर्न आग्रह गर्दछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x