×

NMB BANK
NIC ASIA

अल्पकालीन सुविधाबाट दीर्घकालीन लगानी

निक्षेप संकलनको झण्डै चार गुणा कर्जा प्रवाह: बैंकहरूबाट कहाँ गयो यति ठूलो ऋण ?

माघ १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल बैंकर्स संघको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपभन्दा कर्जा विस्तार ३ खर्ब रुपैयाँले बढाएका छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले प्रवाह गरेको यो अवधिको कर्जा भने ४ खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

वाणिज्य बैंकहरूले अतिरिक्त स्रोत बढाउन नसके पनि राष्ट्र बैंकबाट पाएको मौद्रिक नीतिको उपकरणमार्फतको सुविधा प्रयोग गरेर ऋण बढाइरहेको दाबी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूले राष्ट्र बैंकबाट पाएको अल्पकालीन सुविधाबाट दीर्घकालीन लगानी गरिरहेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

निक्षेपभन्दा कर्जा प्रवाह बढी भएका कारण मंगलवारसम्मको तथ्यांक अनुसार १५ वटा वाणिज्य बैंक थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था पुगेका छन् । ती बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि छ ।

Vianet communication
Laxmi Bank

त्यसो त बैंकहरूले क्षमताभन्दा बढी कर्जा प्रवाह गरेकै कारण गत भदौदेखि नै कर्जा नियन्त्रण गर्दै गएको भएपनि निक्षेपको तुलनामा ३.४३ प्रतिशतले कर्जा बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार बैंकहरूले कर्जा बढाएकाले जोखिम लिएर नबढाउन र कर्जा निक्षेप अनुपात (सीडी) रेसियो सीमाभित्रै राख्न पटक–पटक मौखिक निर्देशन दिइएको छ । 

आगामी आर्थिक वर्ष लागू हुनुपूर्व सीडी रेसियो घटाउने योजना पनि सम्बन्धित बैंकबाट मागिएको छ ।

कर्जा बढेको र सो अनुसार स्रोत नबढ्दा पनि बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिने काम राष्ट्र बैंकले गरिरहेको छ । सोमवार २२ अर्ब भएको अधिक तरलता मंगलबार १५ अर्बमा सीमित भएको पोखरेलले बताए ।

अधिक तरलता माघ महिनामा ७ अर्बदेखि ३१ अर्बसम्म घटबढ भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

‘पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरूको निक्षेप ६.१५ प्रतिशत बढेको छ । यस्तो निक्षेप पछिल्लो एक वर्षको पुससम्म १८ प्रतिशतले निक्षेप बढेको छ ।’

राष्ट्र बैंकका अनुसार माघ १ गते ३१ अर्ब, ५ गते ७ अर्ब, ९ गते २२ अर्ब र १० गते १५ अर्बको अधिक तरलता भएको देखिन्छ । यसले तरलता संकट नै छ त भन्न नसकिए पनि अधिक तरलता कहिले बढी र कहिले निकै घटी देखिएको पोखरेलले बताए ।

कर्जा प्रवाह सीमाभित्रै 

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायका अनुसार बैंकहरूले केन्द्रीय बैंकको सीमाअनुसार नै कर्जा विस्तार गरिरहेको बताएका छन् । 

उपाध्यायले भने, ‘पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरूको निक्षेप ६.१५ प्रतिशत बढेको छ । यस्तो निक्षेप पछिल्लो एक वर्षको पुससम्म १८ प्रतिशतले निक्षेप बढेको छ ।’

यो अवधिमा कर्जा प्रवाह पुससम्मको एक वर्षमा २८.५० प्रतिशतले बढेको पनि संघको तथ्यांकले देखाउने उपाध्यायले बताए ।

गत असारदेखि पुससम्मको कर्जा विस्तार भने १२ प्रतिशतले बढेको बैंकर्स संघको भनाइ छ । निक्षेपभन्दा बढी कर्जा प्रवाह हुनुलाई बैंकर्स संघका अध्यक्ष उपाध्याय स्वाभाविक मान्छन् ।

राष्ट्र बैंककै मौद्रिक नीतिको उपकरण प्रयोग गरेर थप कर्जा दिइरहेको उनले बताए ।

राष्ट्र बैंकले बैंकहरूमा लगानीयोग्य रकम (तरलता)अभाव हुन नदिन रिपो जारी गर्ने तथा एक साताका लागि स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत आवश्यक रकम दिने गर्छ ।

यस्तो रकम मंसिरसम्ममा मात्रै बैंक तथा वित्तीय संस्थाहरूलाई २७ खर्ब पठाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

उपभोगमै सकियो ७ खर्ब

पछिल्लो समय उपभोगमा मात्रै साढे ७ खर्बभन्दा माथि रकम लगानी भइसकेको छ ।

राष्ट्र बैंकको चालू आर्थिक वर्षको ५ महिनाको तथ्यांक अनुसार उपभोग्य वस्तुको खरिदमा नै बैंक तथा वित्तीय संस्थाहरूले गरेको लगानी ७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यो अहिलेसम्म भएको कुल लगानीको तथ्यांक हो । 

यस्तो कर्जा चालू आर्थिक वर्षको ५ महिनामा नै ४१५ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत वर्षको मंसिरसम्ममा उपभोग्य वस्तुमा भएको यस्तो कर्जा १७ अर्ब मात्रै थियो ।

उपभोगमा कर्जा बढिरहेकै कारण पछिल्लो समय आयात कर्जा पनि बढिरहेको छ ।

बैंकहरूको १७ प्रतिशत रकम उपभोग्य क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यो कर्जा केन्द्रीय बैंकले दिएको सीमाभित्रै भएको बैंकर्स संघका अध्यक्ष उपाध्याय बताउँछन् ।

उपभोग्य वस्तुसहितमा भएको उच्च आयातकै कारण पुससम्ममा नेपालको व्यापार घाटा ४६ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा ८ खर्ब ८० अर्बको व्यापार घाटा छ ।

उपभोग्य वस्तुको परनिर्भरता र यसै क्षेत्रमा वित्तीय संस्थाको कर्जा पनि बढेको बढ्यै छ ।

पछिल्लो समय निक्षेप कम र कर्जाको माग बढी हुँदा बैंकहरूले मागेको कर्जा दिन पनि नसक्ने अवस्था छ । स्रोत कम भएकाले माग अनुसारको कर्जा धान्न धौधौ परिरहेको बैंकर्स संघको भनाइ छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार गर्न पाइने सीमा दिएको छ । अहिले नै बैंकहरूबाट १२ प्रतिशत कर्जा विस्तार भइसकेको छ । 

६ महिनामा ९ प्रतिशत मात्रै कर्जा विस्तारको लक्ष्य हुनुपर्ने भएपनि अबको ६ महिनामा कर्जा विस्तारलाई मेन्टेन गरेर १९ प्रतिशत भित्रै राख्न सकिने बुझाइ बैंकर्स संघका अध्यक्ष उपाध्यायको छ । 

उपाध्यायले भने, ‘त्यसको प्लान हामीले राष्ट्र बैंकलाई दिइसकेका छौं । तर, अहिलेको अवस्थामा बैंकहरूले चाहे जति र माग आएको अनुसार कर्जा दिन भने सकेका छैनन् ।

मंसिरसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६८ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा विस्तार गरेको कर्जा भने ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

उपभोगमा भएको खर्च बढेकै कारण आयात बढेको र आयातमा बैंकहरूले दिएको कर्जाकै कारण पछिल्लो समय तरलता अभाव बढाउन सहयोग गरेको संघले जनाएको छ ।

चालू आवको ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको आयात कर्जा ८.२ प्रतिशतले बढेको छ । यो अवधिसम्म भएको आयात कर्जाको लगानी १६ अर्ब ९१ करोड रुपैयाँले बढेको छ ।

मंसिरसम्ममा यो क्षेत्रमा भएको कर्जा लगानी २ खर्ब २२ अर्ब रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ । यो अवधिसम्ममा बैंकिङ क्षेत्रले गरेको कर्जा लगानी ४६ खर्ब ३ अर्ब रहेको छ । 

मंसिरसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६८ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा विस्तार गरेको कर्जा भने ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो कर्जामध्ये औद्योगिक, व्यापारिक, सेवासहितको क्षेत्रले लिएको ओभरड्राफ्ट कर्जामा सबैभन्दा बढी रकम गएको छ । यो क्षेत्रमा मात्रै १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जामध्ये कृषि क्षेत्रमा ३९ अर्ब, उत्पादन क्षेत्रमा ६८ अर्ब, होलसेल तथा रिटेलरको व्यवसायमा ९१ अर्ब र सर्भिस क्षेत्रमा १७ अर्ब लगानी गरेको देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x