बैशाख २८, २०७९
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चाल...
भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरूमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शिता सहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए ।
उनले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नु पर्ने अहिलको आवश्यकता भएको बताएका छन् । मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै बस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताए । उनले यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने बताए ।
अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताए । उनले राजश्व चुहावट र तस्करी नियन्त्रणको लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नु पर्ने आवश्यकता भएको बताए । मन्त्री शर्माले भन्सारमा खुल्ला सिमाको सुरक्षा, सिमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने विषय पनि अहिलेको चुनौतीको रुपमा रहेको बताए ।
उनले भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नभएर निर्यात गर्ने माध्यम बनाउनु पर्ने बताए । स्वदेशमा नै उत्पादन भएका वस्तुलाई स्वदेशमा नै बजार उपलब्ध गराउनको लागि सरकारले नीतिगत र संरचनागत सुधार गरेर अगाडि बढ्ने अर्थमन्त्रीको भनाई छ । उनले अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने आवश्यक रहेको बताए ।
भन्सार विभाग र उद्योगी व्यवसायीहरु एक अर्काका विरोधी नभई एक अर्काका परिपूरक भएकाले दुबैले आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दा झन्झट रहित सरल रुपमा भन्सारबाट व्यापारमा सहजिकरण गर्न सकिने औंल्याए।
त्यस्तै अर्थमन्त्री शर्माले भन्सारमा व्यवसायीले उठाएको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कनको विषयमा नीजि क्षेत्रसँग छलफल गर्ने बताए । उनले अर्थमन्त्रालय निरन्तर नीजि क्षेत्रसँगको सहकार्य गरेर अगाडि बढ्ने गरेकाले नीजि क्षेत्रको उचित मागको सम्बोधन गर्ने पक्षमा सरकार रहेका स्पष्ट पारे ।
मन्त्री शर्माले व्यापार घाटालाई अन्त्य गर्नको लागि नेपालमा नै उत्पादन वृद्धि कच्चा पदार्थ र औजारहरुको आयातको सरकार सरकारात्मक रहेको बताए । यस्ता कच्चा पदार्थ र औजारको आयातले नेपालमा नै रोजगारी सृजना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने मन्त्री शर्माको भनाई छ । उनले पछिल्लो समय विपक्षले जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको बताए । मन्त्री शर्माले सरकार व्यवसाय र बैंक बीचको अन्तर सम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउन लागि परेको बताए ।
त्यस्तै अर्थसचिव मधुकुमार मरासिनीले भन्सार कार्यालयहरूमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताए । उनले अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको काम हुने तथा समयको बचत , पारदर्शिता , व्यापारलाई धेरै प्रतिस्पर्धी र सहज बनाउन भूमिका खेल्ने बताए ।
अर्थ सचिव मरासिनीले भने,‘भन्सारमा अनलाइन पेमेन्ट प्रणाली शु भएको छ । त्यो भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोनका रुपमा लिएका छौँ । अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको कारोबार हुने भएको छ । यसले समयको बचत गर्ने छ, पारदर्शिता हुन्छ, व्यापारलाई अझ धेरै प्रतिस्पर्धी र सहज बनाउनको लागि भूमिका खेल्ने छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार भन्सारको काम भनेको व्यापारलाई सहजिकरण गर्नु हो । व्यापार सहजिकरण गर्ने महत्वपूर्ण मापक डिजिटल भुक्तानी हुने छ । यो व्यापार सहजिकरण गर्ने अर्को इट्टा थप भएको हो ।'
त्यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणालीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताए । उनले आज बाट सबै भन्सार कार्यालयहरूमा डिजिटल भुक्तानी प्रणाली लागू भएको बताए ।
महानिर्देशक सापकोटाले भने,‘ आजको दिन भन्सारको इतिहासमा सुनौलो दिन हुने छ । भन्सारको डिजिटल प्रणालीको शुरुवात भनेको नयाँ युगको शुरुवात पनि हो । भन्सार सम्बन्धि सबै कामहरु आज देखि अनलाइन प्रणालीमा प्रवेश गरेको छ । नयाँ यात्रामा भन्सार प्रशासन गएको छ । आयात भएका वस्तुको भुक्तानी रकम घरमा नै बसेर गर्न सक्छौं । धेरै वर्ष देखि छलफल र चर्चामा रहेको विषय रहेको थियो आज आएर कार्यान्वयनमा आएको छ । भन्सारमा भएका पुराना व्यवस्था भत्काउने र नयाँ व्यवस्थामा लाने र यसलाई संस्थागत गर्ने लयमा भन्सार विभाग रहेको छ । कन्टेनर स्क्यानरलाई समयमा नै कार्यान्वयनमा ल्याउने छौँ । भन्सार विन्दुका अवरोधहरुलाई हटाउँदै जाने छौं ।’
त्यस्तै राजश्व सचिव कृष्णहरि पुस्करले भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न सरकार अग्रसर भएको बताए । उनले भन्सारमा लामो समयदेखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमश सम्बोधन गर्ने काम गरिहेको बताए ।
सचिव पुस्करले भन्सार प्रशासन एकदमै परम्परागत भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषयहरु रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नु पर्ने अवस्था भएकाले आधुनिकीकरण गर्न समय लाग्ने गरेको बताए । उनले भन्सारको मूल्यांकन विधिलाई वैज्ञानिक बनाउने विषयमा नीजि क्षेत्रसँग सहकार्य भइरहेको बताए ।
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चाल...
सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । ...
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्पादन बढाउनमा केन्द्रित हुने गरी आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यस...
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादे...
हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हुँदा राजनीतिक दलले चुनावी माहोल सिर्जन गर्न गाउँगाउँस...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ । नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...