×

NMB BANK
NIC ASIA

खाडीमा अशान्ति

यमनको गृहयुद्धले खाडीमा त्रास : को हुन् यूएईलाई ताकेर ब्यालिस्टिक क्षेप्यास्त्र हान्ने हूती विद्रोही ?

माघ १२, २०७८

NTC
Sarbottam
Source: asianetnews.com
Premier Steels
Marvel

यमनमा विगत सात वर्षदेखि चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत छैन, उल्टो यस युद्धको असर पर्सियाली खाडीमा समेत देखिन थालेको छ । 

Muktinath Bank

सोमवार मात्र यमनका हूती विद्रोहीहरूले संयुक्त अरब अमिरात (यूएई) मा प्रहार गरेको दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई अमेरिकाले आकाशमै नष्ट गरिदिएको थियो । क्षेप्यास्त्र आइरहेको सूचना पाएपछि यूएईको अल–दाफरा एयरबेसमा रहेका दुई हजार अमेरिकी सैनिकहरू बंकरमा लुक्न पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको एक साताअघि हूती विद्रोहीहरूले अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल तथा एक तेल भण्डारमा ड्रोन आक्रमण गर्दा तीनजनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।


Advertisment
Nabil box
Kumari

यमनका हूती विद्रोहीहरूका विरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले विगत सात वर्षदेखि बमवर्षा गरिरहेको छ । यूएई पनि उक्त गठबन्धनको महत्त्वपूर्ण सदस्य हो । अनि यस गठबन्धनलाई अमेरिकाले हातहतियार तथा बन्दोबस्तीका सामानहरू उपलब्ध गराइरहेको छ । 

Vianet communication
Laxmi Bank

त्यसको बदला लिनका लागि हूतीहरूले यूएईमा अमेरिकी एयरबेसलाई निशाना बनाएर आक्रमण गरेका हुन् । यसअघि साउदी अरबमा क्षेप्यास्त्र आक्रमण गर्ने गरेका हूतीहरूले यूएईलाई समेत तारो बनाएर यमन युद्ध अर्को चरणमा प्रवेश गरेको सन्देश दिएका छन् । 

यो युद्ध किन र कसरी शुरू भयो भनी संक्षिप्त चर्चा गरौं । सन् १९८० को दशकमा यमनमा रहेको जैदी शिया सम्प्रदायको ठूलो कबिला हूतीले विद्रोह थालेको थियो । यमनको उत्तरतिर रहेका पहाडहरूमा हूतीको बसोवास छ ।

अघिल्लो साता मात्र हूतीहरूको पकड रहेको सादास्थित एक थुनाकेन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको थियो ।  गठबन्धनको हवाई आक्रमणका कारण यमनमा तीन लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । मारिनेमध्ये ७० प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । 

जेराल्ड एम फायरस्टाइनको ‘यमन ः द सिक्स्टी ईयर वार’ नामक रिपोर्ट, काउन्सिल अन फरेन रिलेसन्सको वेबसाइटमा काली रोबिन्सनको रिपोर्ट र रोयटर्स समाचार संस्थामा माइकल जर्जीले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, यमनमा जैदी समुदायहरूले विगत एक हजार वर्षदेखि शासन गर्दै आएका थिए । सन् १९६२ मा देशको मध्यभागमा रहेका शफी सुन्नी समुदायका मानिसले जैदीहरूलाई सत्ताच्युत गरे । 

त्यतिखेर अरब राष्ट्रवादी आन्दोलन चलिरहेको थियो र यमनको स्वतन्त्रताको माग गर्दै सुन्नीहरूले शिया इमाम शासकहरूलाई हटाएका थिए । इजिप्टका तत्कालीन राष्ट्रपति गमाल अब्देल नासेरले सुन्नीहरूलाई सहयोग उपलब्ध गराएका थिए । 

त्यसरी लामो समय शासन चलाएका शियालाई सत्ताच्युत गरिएपछि देशमा गृहयुद्ध अवश्यम्भावी बनेको थियो । गृहयुद्धका कारण देश उत्तर र दक्षिणमा विभाजित भएको थियो । उत्तरी यमनमा अमेरिका र साउदी समर्थक अली अब्दुल्लाह सालेहको शासन थियो भने दक्षिणमा सोभियत संघको समर्थनप्राप्त यमनी सोसलिस्ट पार्टीको शासन थियो । सन् १९९० मा उत्तर र दक्षिण यमनको एकीकरण भयो । एकीकरणपछि सालेहले नै शासन चलाउन थाले ।

यमनमा सालेह सरकारले सुन्नीहरूलाई फन्ड उपलब्ध गराएर सुन्नीहरूको प्रभाव बढाउन थालेपछि जैदी शिया हूतीहरूले सरकारविरुद्ध सन् १९९४ मा विद्रोही आन्दोलन शुरू गरेका थिए । हुसैन बद्रेद्दीन अल–हूतीको नेतृत्वमा आन्दोलन शुरू गरिएको थियो तर त्यही वर्ष यमनका सुरक्षाबलहरूले अल–हूतीको हत्या गरिदिए । 

हूती र यमनको सुन्नी सरकारबीचको संघर्ष वर्षौंसम्म चलिरह्यो । सन् २०१२ मा अरब स्प्रिङ भनिने आन्दोलनपछि यमनी राष्ट्रपति अब्दुल्ला सालेह पद छोड्न बाध्य भए । 

त्यसपछि उपराष्ट्रपति अब्द रब्बू मंसुर हादीले यमनको सत्ता चलाउन थाले । हादीलाई शासन चलाउन निकै गाह्रो परेको थियो किनकि देशमा जिहादीहरूको आक्रमण बढ्न थालेको थियो । विशेषगरी अलकायदा इन अरेबियन पेनिन्सुला नामक समूहको आक्रमण बढ्दै गयो र उक्त समूहले देशको दक्षिण र पूर्वी भागमा कब्जा जमायो । 

सुरक्षाकर्मीहरू पूर्व राष्ट्रपतिप्रति बफादार भएकाले हादीलाई टेर्दैनथिए । देशमा भ्रष्टाचार र बेरोजगारी व्याप्त थियो । खानेकुराको अभाव पनि विकराल समस्याका रूपमा थियो । 

सन् २०१५ मा पूर्व राष्ट्रपति सालेहले हादीका विरुद्ध हूतीहरूसँग सम्झौता गरेर विद्रोहलाई चर्काउन भूमिका खेले । त्यस विद्रोहमा बहुसंख्यक यमनीहरूको समर्थन थियो । 

हूती आन्दोलनकारीहरूले राजधानी सना नियन्त्रणमा लिए । हादी पहिला अदनतर्फ भागे अनि पछि साउदी अरबमा शरण लिन पुगे । उनी अहिले निर्वासनमै यमन सरकार चलाइरहेका छन् र त्यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ । हादी सत्ताच्युत भएपछि साउदीको नेतृत्वमा हूतीहरूका विरुद्ध नौवटा देशको गठबन्धन बन्यो । हादीलाई पुनः यमनको सत्ता ल्याउने त्यसको लक्ष्य हो ।

शिया हूतीका विरुद्ध सुन्नी मुलुकहरूको गठबन्धन बनेको हो । इरानले चाहिँ हूतीहरूलाई भित्रभित्रै समर्थन गरिरहेको छ, त्यसैले हूतीहरू युद्धमा टिकिरहन सकेका छन् ।

अमेरिकाले साउदी गठबन्धनलाई गोप्य रूपमा हातहतियार सहयोग उपलब्ध गरायो । त्यही सहयोगको बलमा गठबन्धनले हूतीहरूका विरुद्ध बमवर्षाको अभियान चलायो । 

सनालाई हूतीको नियन्त्रणबाट मुक्त गर्नका लागि गठबन्धनले हवाई आक्रमण गरेको हो । केही हप्तामा हूतीहरूलाई सनाबाट भगाउने भनी साउदीहरूले फुर्ती लगाएका थिए । तर सात वर्ष बितिसक्दा पनि साउदी नेतृत्वको गठबन्धन सफल हुन सकेको छैन । 

अघिल्लो साता मात्र हूतीहरूको पकड रहेको सादास्थित एक थुनाकेन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको थियो । 

गठबन्धनको हवाई आक्रमणका कारण यमनमा तीन लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । मारिनेमध्ये ७० प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । 

त्रासद कुरा त के भने कुल मृत्युसंख्याको ६० प्रतिशतमा भोकमरी तथा सामान्य रोग कारणको रूपमा रहेका छन् । बाँकी चाहिँ युद्धको मोर्चा तथा हवाई आक्रमणमा मारिएका हुन् । 

युद्ध लम्बिँदै गएपछि अमेरिकामा समेत कूटनीतिक समाधान निकाल्नका लागि माग उठ्न थालेका छन् । खासमा अमेरिकाले साउदी नेतृत्वको गठबन्धनलाई अप्रत्यक्ष सहायता उपलब्ध नगराउने हो भने यो युद्ध भोलिपल्टै बन्द हुन्छ । 

अमेरिकामा डेमोक्रेटिक पार्टीका सांसद रो खन्नालेसाउदी गठबन्धनलाई उपलब्ध गराइएको सबै सैन्य सहयोग तत्काल बन्द गर्न ह्वाइट हाउससमक्ष माग गरेका छन् । अनि यस हिंस्रक युद्ध अन्त्यका लागि कूटनीतिमा जोड दिन उनले आग्रह गरेका छन् । 

पोहोर साल अमेरिकाको बाइडन प्रशासनले यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले थालेको प्रयासलाई समर्थन गरेको थियो । उसले साउदी गठबन्धनको आक्रामक कारवाहीलाई सहयोग बन्द समेत गरेको थियो । अनि हूतीहरूमाथि लगाइएको आतंकवादीको दर्जा पनि फिर्ता लिएको थियो । तर युद्धरत दुवै पक्षले यसमा धेरै चासो नदिएपछि यसको कुनै सकारात्मक परिणाम आएन ।

तर अमेरिकाले युद्धरत पक्षलाई वार्ता गराउन गम्भीरता नै देखाएन । एनबीसीन्युज डट्कममा डेनियल आर डीपेट्रिसले गरेको विश्लेषणमा उल्लेख गरिएअनुसार, यमनका विषयमा राष्ट्रसंघको सुरक्षा परिषदमा गत जनवरी १२ मा गरिएको बहसमा अमेरिकी प्रतिनिधि लिन्डा टमस–ग्रीनफिल्डले एकपक्षीय कुरा राखिन् । उनले युद्धका लागि हूती विद्रोहीहरूलाई मात्र जिम्मेवार ठहराइन् र सम्बोधनमा एकपटक पनि साउदी नेतृत्वको गठबन्धको नाम समेत लिइनन् । 

माथि उल्लेख भएअनुसार साउदी हवाई आक्रमणका कारण यमनमा लाखौं सर्वसाधारणले अनाहक ज्यान गुमाउनुपरेको छ भने देशको स्वास्थ्य प्रणाली तहसनहस भएको छ । त्यसको कठोर निन्दा नगरेर अमेरिकाले साउदी गठबन्धनलाई प्रोत्साहन गरिरहेको छ । 

त्यसो त हूतीहरू पनि उत्तिकै दोषी छन् । राष्ट्रसंघले युद्धग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन प्रयास गरिरहेकोमा हूतीहरूले त्यसलाई रोक्ने गरेका छन् । अनि हूतीहरूले साउदी अरब र अहिले यूएईमा आक्रमण गर्दा ती देशबाट हुने प्रत्याक्रमणमा परी थप यमनी सर्वसाधारणले ज्यान गुमाउने पक्का छ । 

डीपेट्रिसका अनुसार, यमनका युद्धरत दुवै पक्षले युद्धअपराध गरेका छन् र चरम मानवीय संकट निम्त्याउनमा सबैजना उत्तिकै जिम्मेवार छन् । त्यसलाई मनन गर्दै अमेरिकाले एक पक्षलाई मात्र समर्थन गर्नु गलत देखिन्छ ।

यूएईले बीचको केही समयमा यमनमाथिको हवाई आक्रमण रोकेको थियो किनकि ऊ आफ्नो भूभाग जोगाउन चाहन्थ्यो र दुबईमा आयोजित वर्ल्ड एक्सपोमा ध्यान केन्द्रित गर्न चाहन्थ्यो । आफ्नो अर्थतन्त्रलाई बलियो बनाउन तथा नयाँ लगानीकर्तालाई आकर्षित गर्न यूएईले उक्त एक्सपोमा व्यापक लगानी गरेको छ । त्यो सफल हुन देशमा शान्ति आवश्यक छ ।

एनबीसीन्युज डट्कममा डेनियल आर डीपेट्रिसले गरेको विश्लेषणमा उल्लेख गरिएअनुसार, यमनका विषयमा राष्ट्रसंघको सुरक्षा परिषदमा गत जनवरी १२ मा गरिएको बहसमा अमेरिकी प्रतिनिधि लिन्डा टमस–ग्रीनफिल्डले एकपक्षीय कुरा राखिन् । उनले युद्धका लागि हूती विद्रोहीहरूलाई मात्र जिम्मेवार ठहराइन् र सम्बोधनमा एकपटक पनि साउदी नेतृत्वको गठबन्धको नाम समेत लिइनन् । 

तर हालैका दिनमा हूतीहरूले गरेको आक्रमणका कारण यूएईको शान्ति खल्बलिएको छ । फ्रान्सेली भूरणनीतिक विश्लेषक मार्क गूतालियरका अनुसार, यमन युद्धबाट यूएई बाहिरियोस् भनी हूतीहरूले आक्रमण गरेको भए पनि यूएईले प्रत्याक्रमण गर्ने सुनिश्चित छ । खाडीका मुलुकहरूमध्ये सैन्य रूपमा सबभन्दा सशक्त रहेको यूएईले आफूमाथिको आक्रमणको जवाफ नफर्काउने भन्ने हुँदैन । 

यस परिप्रेक्ष्यमा यमनको युद्ध लामै समयसम्म चलिरहने देखिएको छ । अमेरिकाको सुरक्षामा यमनले कुनै खतरा तेर्स्याउँदैन । इरानको रिसका कारण मात्र संलग्न रहेको अमेरिका यस द्वन्द्वबाट बाहिरिएमा यसको अन्त्य हुने देखिन्छ । हुन पनि अमेरिकी सहयोगले साउदी गठबन्धनलाई विजय दिलाउन नसकेकाले अमेरिकाका लागि यो युद्ध व्यर्थ साबित भइरहेको छ ।

उल्टो, अमेरिकाको साझेदार तथा आफ्नो प्रतिद्वन्द्वी साउदी अरब यमन युद्धको भासमा भासिएको देखेर इरान दंग परेको छ । तर बाइडन प्रशासन इरानको रणनीतिक विजय हुँदा पनि युद्ध अन्त्य गराउनका लागि गम्भीर छैन किनकि हतियार उद्योगप्रति ऊ बफादार छ । युद्ध लम्बिरहेमा हतियार उद्योगले नाफा कमाउन पाइरहन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x