×

NMB BANK
NIC ASIA

चुनावपछिको राष्ट्रियसभा

‘क्लीन स्वीप’ हुनबाट जोगिएको एमाले राष्ट्रिय सभामा अझै पहिलो, कुल दलको हैसियत के ?

माघ १२, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने सत्तारुढ गठबन्धनको योजना विफल भएको छ । 

Muktinath Bank

निर्वाचनमा एमालेले राष्ट्रिय सभाबाट ७ सीट गुमाएको छ । १ नम्बर प्रदेशमा अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएसँगै गठबन्धनको ‘क्लीन स्वीप’ योजना विफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन भएका ७ मध्ये ६ वटा प्रदेशमा पराजित भएको एमालेले १ नम्बर प्रदेशमा भने गठबन्धनको मत तान्न सफल भयो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभाका २० जना सदस्यको ४ वर्षे कार्यकाल समाप्त हुन लागेपछि निर्वाचन भएको हो । उनीहरूको कार्यकाल फागुन २१ गते सकिँदैछ । त्यसबाहेक राष्ट्रपतिबाट मनोनित भएका विज्ञ सदस्य रामनारायण बिडारीको पनि ४ वर्षे कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ । 

Vianet communication
Laxmi Bank

बुधवारको निर्वाचनमा ७ प्रदेशमा ७ महिला, ३ दलित, २ अपाङ्गता तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना उम्मेदवार बनेका थिए । १९ सीटमा गठबन्धनले १८ सीट जितेको छ ।

राष्ट्रियसभा ५९ सदस्यीय हुन्छ । सभाका सदस्यको कार्यकाल ६ वर्षको हुन्छ तर पहिलो १ कार्यकालका लागि गोलाप्रथाबाट सदस्यको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला २ वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । 

अबको २ वर्षपछि अन्य २० जनाको पदावधि सकिने छ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ  । राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अब कसको कति सीट ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट नेकपा एमाले र माओवादी केन्द्र विभाजन हुँदा पनि एमाले २४ सीटसहित राष्ट्रिय सभामा पहिलो दल थियो । एमालेले यसपालि ८ सीट गुमाउँदैछ । जसमध्ये निर्र्वाचनबाट १ सीट सुरक्षित राख्न सफल भएको छ । चुनावमा ७ सीट गुमाउँदा पनि एमाले नै राष्ट्रिय सभामा पहिलो दल हुने भएको छ । अब राष्ट्रिय सभामा एमालेसँग १७ सीट मात्रै हुन्छ । 

राष्ट्रिय सभामा माओवादीको १४ सीट थियो । यसपटक उसको ४ सीट खाली हुँदैछ तर निर्वाचनबाट ५ सीटमा जीत निकालेको छ । अब राष्ट्रिय सभामा माओवादी सांसदको संख्या १५ पुगेको छ ।

राष्ट्रिय सभामा ७ सीट भएको कांग्रेसको यसपटक ३ सीट खाली हुँदैछ । कांग्रेसले ६ सीट जितेकाले राष्ट्रिय सभामा कांग्रेसको १० सीट भएको छ ।

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको राष्ट्रिय सभामा ७ सिट थियो । यसपटक एसका ४ सांसद राष्ट्रिय सभाबाट बाहिरिनुपर्ने थियो । निर्वाचनमा एकीकृत समाजवादीले ५ सिटमा जितेकाले राष्ट्रिय सभामा एसको ८ सीट भएको छ । 

राष्ट्रिय सभामा २ सीट भएको जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचनबाट १ सीट थपेको छ भने राष्ट्रिय जनमोर्चा १ सीटसहित राष्ट्रिय सभामा प्रवेश गरेको छ । 

राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीको १ सीट र स्वतन्त्र सांसद १ जना छन् ।

राष्ट्रिय सभाको ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाको यस पटकको निर्वाचनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई भएको छ । गठबन्धनमा भएको कारण कांग्रेसले राष्ट्रिय सभामा १० सीट पुर्‍याउन सफल भएको छ । कांग्रेस एक्लै चुनाव गएको भए राष्ट्रिय सभामा कांग्रेस ३ सीटमा सीमित हुने अवस्था थियो । 

त्यसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले राष्ट्रिय सभामा यसअघिको भन्दा १/१ सीट बढी थप्न सफल भएका छन् । 

गठबन्धनमा भएकै कारण राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय सभामा उपस्थित भएको छ । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x