असार २२, २०७९
नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बुधवार सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...
चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलबार पक्राउ गरिए पनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरञ्गज महानगरपालिका–१५ बस्ने वर्ष ३० का ओमप्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने वर्ष ३२ का अजयकुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
उनीहरूले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्स–रे मेसिनमा झोला राखेर जाँच गर्दा मेटलका चिजबस्तु रहेको पाइएपछि सो सामानलाई जाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो । उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै गरगहनासँग सम्बन्धित बिलसमेत शङ्कास्पद रहेका पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बुधवार सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...
काठमाडौं उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशो...
प्रहरीले स्थानीय तहमा सुरक्षा दिन सकेको भन्दै निर्वाचन आयोगले आरोप लगाउँदै आएको छ। त्यसको दबाब प्रहरीमा परेको थियो। त्यसकै कारणले प्रहरीले केहीदिन अगाडि बसेको सुरक्षा समितिको बंठकमा २ चरणमा चुनाव गर्नुपर्ने प्र...
गृह मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित प्रदेश मन्त्रालयसहित निकायहरूलाई परिपत्र गरेको छ। सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न सम्बन्धित मन्त्रालयहरू तथा निकायलाई मन्त्रालयले परिपत्र गरेको हो। मन्त्...
नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी...
पश्चिम नवलपरासीका भारतीय सीमा नाकाबाट चिनी तस्करी बढेको छ । विगत केही दिनदेखि तस्करी बढे पनि त्यसको नियन्त्रणमा भने प्रहरीले बेवास्ता गरेको गुनासो बढेको छ । सीमा क्षेत्रमा प्रहरीका युनिटहरू ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...