×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

राष्ट्रियसभा निर्वाचन : गुमाएर पनि ‘खुशी’ बन्यो एमाले !

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिँएपछि सबैभन्दा धेरै राजनीतिक रुपमा कसैलाई घाटा भएको छ भने त्यो घाटा एमालेलाई नै भएको छ । पार्टी अध्यक्ष केपी शर्मा नेतृत्वको सरकार ढल्यो भने प्रदेशका सरकारपनि ढलेर प्रतिपक्षमा पुगेको छ । कैयन् राजनीतिक नियुक्तिहरुलाई नयाँ सरकारले उल्ट्याइदियो भने पार्टी समेत विभाजित बन्न पुग्यो । यही राजनीतिक क्षतिको श्रृङ्खला राष्ट्रियसभा निर्वाचनसम्म आइपुग्दा जारी रह्यो । अर्थात राष्ट्रियसभाबाट एमालेले आफ्नो ७ सिट गुमाएको छ । भलै प्रदेश १ मा पार्टीले एक सिट जोगाउन सक्दा एमाले खुशी देखिएको छ ।

Muktinath Bank

तर, एमाले महासचिव शंकर पोखरेल राष्ट्रियसभा निर्वाचनमा आएको नतिजाबाट उत्साहित देखिएका छन् । पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी समेत गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा एमाले थप सुदृढ हुने आधार यस निर्वाचनले संकेत गरेको छ’, राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै बुधबार राति उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिणाम प्रतिकुल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि एमालेको पक्षमा उत्साहपूर्वक नतिजा आएको भन्दै  उनले पार्टीको उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको समेत बताएका छन् । ‘किनकी बहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलीय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन्’, उनको टिप्पणी छ, ‘तर पनि यस निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारले गठवन्धनको मत भारभन्दा कम मत प्राप्त गरेका छन् ।’


Advertisment
Nabil box
Kumari

एमालेका अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएका भएको बताउँदै उनले भनेका छन्, ‘स्थानीय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा एमालेका उम्मेदवारलाई प्राप्त भएको छ । यसवाट स्थानीय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।’

Vianet communication
Laxmi Bank

एमालेले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको कुल १९ सिटमध्ये १८ सिट गुमाएपनि प्रदेश नम्बर १ मा नाटकीय ढंगले विजयी हासिल गरेको थियो । प्रदेश १ मा सत्ता गठबन्धनकै उम्मेदवारले एमालेलाई भोट हालिदिँदा सोनाम ग्याल्जोन शेर्पा विजयी भएका छन् ।

सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले चुनावमा एमालेलाई क्लिन स्वीप हुनबाट समेत जोगाए । १९ पदका लागि भएको निर्वाचनमा अन्य पदमा गठबन्धनका उमेदवार विजयी बनिरहँदा शेर्पाले भने एमालेको इज्जत थामिदिएका हुन् ।

 २०५४ सालको स्थानीय तहको निर्वाचनमा नाम्चे गाविसको अध्यक्ष भएका सोनाम पूर्वमन्त्रीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । सोनामले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गरेका थिए ।  ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेश सभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे । जसपाका राईको  कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ ।
गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेदवार शेर्पा विजयी बनेका हुन् ।

पूर्व उद्योग मन्त्री समेत रहेका राई २०५५ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको पालामा तत्कालिन वामदेव गौतमको नेतृत्वको मालेबाट सरकारमा सामेल भएका थिए । उनी ०४८ र ०५१ मा प्रतिनिधि सभा सदस्य समेत भएका थिए ।

राष्ट्रियसभाको अबको समीकरण
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट नेकपा एमाले र माओवादी केन्द्र विभाजन हुँदा पनि एमाले २४ सीटसहित राष्ट्रिय सभामा पहिलो दल थियो । एमालेको यसपालि ८ सीट रिक्त हुँदैछ । जसमध्ये निर्र्वाचनबाट १ सीट सुरक्षित राख्न सफल भएको छ । चुनावमा ७ सीट गुमाउँदा पनि एमाले नै राष्ट्रिय सभामा पहिलो दल हुने भएको छ । अब राष्ट्रिय सभामा एमालेसँग १७ सीट मात्रै हुन्छ ।

राष्ट्रिय सभामा माओवादीको १४ सीट थियो । यसपटक उसको ४ सीट खाली हुँदैछ तर निर्वाचनबाट ५ सीटमा जीत निकालेको छ । अब राष्ट्रिय सभामा माओवादी सांसदको संख्या १५ पुगेको छ ।
राष्ट्रिय सभामा ७ सीट भएको कांग्रेसको यसपटक ३ सीट खाली हुँदैछ । कांग्रेसले ६ सीट जितेकाले राष्ट्रिय सभामा कांग्रेसको १० सीट भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय सभामा ७ सिट थियो । यसपटक एसका ४ सांसद राष्ट्रिय सभाबाट बाहिरिनुपर्ने थियो । निर्वाचनमा एकीकृत समाजवादीले ५ सिटमा जितेकाले राष्ट्रिय सभामा समाजवादीको ८ सीट भएको छ ।

राष्ट्रिय सभामा २ सीट भएको जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनबाट १ सीट थपेको छ भने राष्ट्रिय जनमोर्चा १ सीटसहित राष्ट्रिय सभामा प्रवेश गरेको छ ।
राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीको १ सीट र स्वतन्त्र सांसद १ जना छन् । राष्ट्रिय सभाको ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रिय सभाको यस पटकको निर्वाचनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई भएको छ । गठबन्धनमा भएको कारण कांग्रेसले राष्ट्रिय सभामा १० सीट र्पुयाउन सफल भएको छ । कांग्रेस एक्लै चुनाव गएको भए राष्ट्रिय सभामा कांग्रेस ३ सीटमा सीमित हुने अवस्था थियो ।

त्यसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले राष्ट्रिय सभामा यसअघिको भन्दा १–१ सीट बढी थप्न सफल भएका छन् । गठबन्धनमा भएकै कारण राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय सभामा उपस्थित भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी सही समाचारसहित लोकान्तर राउण्ड अपमा स्वागत छ ।

अब २४ घण्टाका बाँकी समाचार संक्षेपमाः
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ।  नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र जयन्ती देवी राई विजयी भएका छन् । यस्तै मधेस प्रदेशमा उर्मिला अर्याल र मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सिना र कृष्ण प्रसाद पौडेल विजयी हुँदा गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

यस्तै  लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा र युवराज शर्मा विजयी भएका छन् भने कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट र उदयबहादुर बोहरा निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएको आयोगले जनाएको छ।  
००००
१ नम्बर प्रदेशमा भएको निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । दुवैले ४ हजार ४८८ मत पाएका थिए ।
००००
नेपालको जनसंख्या अझै ३ करोड नपुगेको पाइएको छ ।केन्द्रीय तथ्यांक विभागले यसै वर्ष गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो ।
जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।
नेपालको जनसंख्या ३ करोड नाघेको अनुमान गरिए पनि जनसंख्या वृद्धिदर घट्दा ३ करोड छुन नसकेको देखिएको छ ।
००००
पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६७२ छ ।
मन्त्रालयका अनुसार थप ४४३३ जना संक्रमणमुक्त भएका छन् ।यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ । हाल मुलुकभर ९० हजार ६७ सक्रिय संक्रमित छन् ।
००००
कर्मचारी समायोजनको विषयमा परेका सबै रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासबाट बुधवार रिटहरू खारेज गरिएका हुन् ।
००००
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक हरि खड्काविरुद्ध आरोप पत्र दायर गरिएको छ । उनी नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक पनि हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप पत्र दायर गरेको हो ।
००००
एक अर्ब २४ करोड रूपैयाँ राजश्व चुहावट गर्न मद्दत गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित ९ जना कर्मचारी र नौ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित नौ जना कर्मचारीको सहयोगमा नौ वटा कम्पनीले १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपैयाँ राजश्व छली गरेको अख्तियारको आरोप छ ।
००००
काठमाडौंको गोंगबु बसपार्क क्षेत्रको गेस्ट हाउसमा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले आरोपी ९ जनालाई थुनामा पठाउने र ३ जना होटल सञ्चालकहरूसँग जनही ३–३ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।
००००
भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको बुधवार अर्थमन्त्री जनार्दन शर्माले शुरूआत गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहबीच उनले भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।
००००
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा शुक्रवारदेखि क्रमिक सुधार हुने भएको छ ।
मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x