बैशाख ३०, २०७९
लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता ...
कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमती भएको हो ।
विमानस्थलको स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८÷७९ भित्र घरजग्गा अधिग्रहण तथा स्तरोन्नतीका लागि आवश्यक स्रोत सुनिश्चितता गरी त्यसपछिका दुई वर्षभित्र मुआब्जा वितरणको व्यवस्था गरिनुपर्ने, अधिग्रहण गर्दा अधिग्रहणमा पर्ने सबै व्यक्ति, समुदायको अध्ययन गरी उचित मुआब्जाको व्यवस्था गरिने, अधिग्रहण गर्दा सम्बन्धित परिवार, टोल विकास समिति र समन्वय समितिका दुई÷दुई जना आमन्त्रित गरी सहभागिताको सुनिश्चितता गरिने, मुआब्जा निर्धारण गर्दा अधिग्रहण हुने क्षेत्रबाहेक नजिकमा हुनसक्ने बजार मुल्यको आकलन गरी समयमै मुआब्जा वितरणको व्यवस्था मिलाइनुपर्ने लगायत सहमती गरिएको छ ।
यस्तै मुआब्जा वितरणको सम्पन्नता नभएसम्म घर जग्गाको भोगचलनमा कुनै पनि प्रकृतिको अवरोध नगर्ने, नेपालको प्रचलित कानुन जग्गा प्राप्ति ऐन र पूर्वाधार विकास आयोजनाका लागि जग्गा प्राप्ति पुनर्वास तथा पुनस्र्थापना सम्बन्धि निती बमोजिम हुने तथा विमानस्थलको स्तरोन्नतीका लागि टोल विकास समिति, समन्वय समिति र टोलवासीका तर्फबाट कुनै पनि बाधा अवरोध नगर्ने सहमती भएको गेटा विमानस्थल प्रमुख भट्टले जानकारी दिनुभयो । उक्त विमानस्थल स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले रु एक अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।
क्षेत्रीय विमानस्थलका रुपमा गेटालाई विकास गर्न २५८ दशमलव २५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनालाई नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले स्वीकृत गरेपछि सर्भेको काम अघि बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि परामर्शदाता कम्पनीको प्राविधिक टोलीले ड्रोनबाट सर्भेको काम सुरु गर्न थालेको बताइएको छ । रासस
लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता ...
हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हुँदा राजनीतिक दलले चुनावी माहोल सिर्जन गर्न गाउँगाउँस...
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चाल...
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादे...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ । नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०...
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...