×

NMB BANK
NIC ASIA

रुस र युक्रेनबीच युद्ध शुरू भएको कसरी थाहा पाउने ?

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सोच के छ भनी संसारले चासो लिएको छ । 

Muktinath Bank

रक्षा विशेषज्ञ जोनाथन मार्कसले यो संघर्ष पहिले नै शुरू भइसकेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुस र युक्रेनबीचको युद्ध शुरू भइसकेको कसरी थाहा हुन्छ ? 


Advertisment
Nabil box
Kumari

युक्रेनको सीमा पार गरेर रुसका ट्यांक र क्षेप्यास्त्रले विभिन्न लक्ष्यमा प्रहार गरेमा संकट बढेको र संघर्ष नयाँ चरणमा पुगेको सन्देश दिन्छ । 

Vianet communication
Laxmi Bank

युद्ध शुरू हुनुअघि पहिलो अलर्ट युक्रेनी सेनाका तर्फबाट आउँछ तर पश्चिमाहरूको भूउपग्रह र गोप्य सूचना जुटाउने विमानले पनि भीषण आक्रमणको तयारीका बारेमा राम्रो जानकारी दिन सक्छन् । 

अमेरिकास्थित सेन्टर फर नेभल एनालाइसिसमा रुसी सेनाका विशेषज्ञ माइकल कोफम्यानले आगामी समयमा आक्रमणको स्पष्ट संकेत देखिने बताए । 

कोफम्यान भन्छन्, ‘पहिलो संकेत सैनिकको संख्यामा वृद्धिबाट पाइन्छ । सीमामा सैन्यबलको साटो भारी उपकरण तैनाथ गरिएको छ । सैन्यबललाई चारैतिर फैलाउने, सहायक उपकरणहरू थप्ने, फिक्स्ड विंग र रोटरी एभिएसनमा परिवर्तन गर्ने अन्य संकेत हुन सक्छन् ।’

तर यस प्रश्नको जवाफ अर्को तरिकाले पनि दिन सकिन्छ । यसका लागि हामीले विगतमा गएर युक्रेनविरुद्ध रुसी अभियानलाई समग्रतामा हेर्नुपर्ने हुन्छ । 

मस्कोसँग भएको टूलकिटलाई हेरेर त्यसको उपयोग कसरी गरिएको छ भनी हेर्नुपर्ने हुन्छ । त्यसरी हेदाई संघर्ष धेरै अघिबाट शुरू भइसकेको छ । 

दुई देशबीचको शत्रुता कैयौं वर्षदेखि चलिरहेको छ । 

रुसले युक्रेनको भूभाग क्राइमियामा पहिले नै कब्जा गरिसकेको छ । अनि युक्रेनको डोनबास क्षेत्रमा रुसले किएभविरोधी समूहलाई सहायता पनि दिँदै आएका छन् । 

सन् २०१४ मा युक्रेनी सेनाविरुद्ध रुसले पठाएको सेना तथा हतियारले विद्रोहीहरूलाई हारबाट रोकेको थियो । त्यतिखेरदेखि अहिलेसम्म लडाइँ जारी छ । 

सबै पक्षले अन्तर्राष्ट्रिय शान्तिको प्रयासलाई समर्थन गर्ने भने पनि उक्त दिशामा एकदमै कम प्रगति भएको छ । 

युक्रेनी सीमानजिक रुसको लडाकू फर्मेसन निर्माण असाधारण छ । बेलारुसमा पनि सुरक्षाबलहरूको तैनाथी भइरहेको छ । बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ । राजधानी किएभमा आक्रमण गर्न यो निकट विन्दु बन्न सक्छ । 

वरिपरिका देशका सीमामा सैन्यबलको तैनाथीलाई रुसी प्रवक्ता सामान्य अभ्यास मान्छन् । कसैलाई चेतावनी दिनका लागि यो तैनाथी नगरिएको उनको भनाइ छ । 

तर जुन संख्यामा सैन्य टुकडीहरू तैनाथ गरिएको छ र जसरी उनीहरूलाई सहायता उपलब्ध गराइएको छ, त्यसले यो नियमित युद्धाभ्यास मात्र नभएको संकेत दिएको छ ।

विश्लेषकहरू भूउपग्रहीय तस्वीरमार्फत सैन्यबलको तैनाथीमा निगरानी गरिरहेका छन् । मोबाइल भिडियोहरूमा युक्रेन वा बेलारुसतर्फ उपकरणहरूले भरिएको ट्रेन लगिरहेको देखिन्छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीको आकलन तथा सीमामा भारी संख्यामा पुगिरहेका सैन्य सामानबाट त्यहाँ के चलिरहेको छ भनी अनुमान लगाउन सकिन्छ । 

मस्कोले जे भने पनि युक्रेन र उसका पश्चिमी मित्रहरू चिन्तित हुने अनेकौं कारण छन् । 

रुसले क्राइमिया कब्जा गर्दा हाइब्रिड वा ग्रे जोन वारफेयर चलाएको छ । त्यो स्पष्ट युद्ध अभियान थिएन र रुसले त्यसलाई अस्वीकार गरेको पनि थियो । त्यस अभियानमा भाग लिनेहरूले सैन्य पोशाक त लगाएका थिए तर त्यसमा सेनाको दज्र्यानी चिह्न र देशको झण्डा थिएन ।

तर तिनीहरू सैनिक भएको विषयमा कुनै शंका थिएन । 

अहिले पनि ग्रे जोन युद्धको जस्तो गतिविधि देखिएको छ । त्यसमा युद्ध छ कि शान्ति छ भन्ने कुरा पत्ता लाग्दैन । 

रुसी सेनाले युद्ध र शान्तिलाई एकैसाथ लानका लागि महारथ हासिल गरेको छ । फरक फरक अवसरमा उसले फरक फरक तरिका अपनाउने गरेको छ । तर सबैको रणनीतिक लक्ष्य एउटै हुन्छ । 

त्यसैले युक्रेन र रुसबीच संघर्ष शुरू भइसकेको भन्न सकिन्छ । राष्ट्रपति पुटिनले यस ग्रे जोनको स्थितिलाई कहिलेसम्म तन्काउन खोजेका छन् भन्ने कुरा हेर्न बाँकी छ । 

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x