असार १९, २०७९
श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिन...
युक्रेनमा नेसनल गार्डका एक सदस्यले देशको पूर्वी भागमा रहेको एयरोस्पेस कारखानामा गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ ।
एएफपी समाचार संस्थाले यो खबर दिएको हो ।
घटना बिहीवार सबेरै दिनिप्रो नामक स्थानमा रहेको पिभडेनमाश मिसाइल कारखानामा भएको हो । गार्डहरूलाई हतियार दिने क्रममा गोली चलेको हो ।
आक्रमणकारी सैनिकले कालाश्निकोभ असल्ट राइफलले गोली हानेका थिए र पछि घटनास्थलबाट भागेका थिए ।
भागेका सैनिकलाई प्रहरीले खोजी गरिरहेको छ ।
अपराधको उद्देश्यका बारेमा थाहा नभएको गृह मन्त्रालयले जनायो ।
नेसनल गार्डका कमान्डर निकोलाई बालानलाई घटनास्थलमा पठाइएको छ ।
युझमाश एयरोस्पेस कारखाना हो । त्यहाँ रक्षा, एयरोनटिक्स र कृषिसम्बन्धी सामग्रीको उत्पादन तथा परीक्षण गरिन्छ ।
युक्रेनको सेनाले संवेदनशील समयको सामना गरिरहेको बेलामा घटना भएको हो । रुसी सेना युक्रेनको सीमा नजिक तैनाथ भएको छ । नेटो सदस्यहरू रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको आरोप लगाइरहेका छन् ।
श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिन...
रुसी सेना र डोनबासका दुई जनगणतन्त्रका लडाकूहरूले युक्रेनको लुगान्स्क क्षेत्रमा रहेको लिसिचान्स्क शहर पूर्ण नियन्त्रणमा लिएका छन् । एक हप्ताको भीषण लडाइँपछि अब रुस डोनबास क्षेत्रमा एकछत्र राज गर्न सफल भएको छ...
अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण फैलिएको छ । जसमा एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद...
लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा ...
अमेरिकी पुरुषहरू यतिबेला धमाधम स्थायी गर्भनिरोधको विधिको खोजीमा लागेका छन् । अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतन सम्बन्धी कानून उल्ट्याएपछि पुरुषहरू गर्भनिरोधको खोजीमा लागेका हुन् । महिलाले चाहेको बेला गर्भप...
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप २९ संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य विभागका अनुसार २४ घण्टामा थप १७ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता संक्रमितको...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...