×

NMB BANK
NIC ASIA

दैनिक झ्याप्प–झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

माघ १३, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने १० कक्षाकी सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् ।

Muktinath Bank

आउँदो एसईई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन् । 
    
उनी मात्रै होइन, आजभोलि दिउँसो र राति लोडसेडिङको झझल्को दिने गरी दैनिक विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षामा सहभागी भएको हजारौं विद्यार्थीदेखि कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका बिरामी समेत मारमा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनिता भन्छिन्, ‘थाहै नदिई जतिबेला पनि दैनिक झ्याप्प झ्याप्प बत्ती जान्छ, अनलाइन कक्षा गर्दा धेरै मारमा परियो, सरले पनि गाली गर्नुहुन्छ, मेरो मात्रै हैन, भाइबहिनीदेखि साथीहरूको समस्या पनि उस्तै छ, बत्ती गएर हाम्रो पढाइ बिग्रिँदा यसको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्दैन ?’ 


Advertisment
Nabil box
Kumari

सुनिता त प्रतिनिधि पात्र मात्रै हुन, अचेल मध्यपुरथिमि राधेराधे क्षेत्रमा मात्रै नभई भक्तपुरका विभिन्न क्षेत्रमा विना सूचना विद्युत् प्राधिकरणले दिउँसो मर्मतका नाममा दैनिक १ घण्टादेखि ४ घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्दा धेरैलाई समस्या परेको गनासो छ । 

Vianet communication
Laxmi Bank

कोभिड–१९ संक्रमणमा परेर होम आइसोलेसनमा बसेका मध्यपुरथिमि नगरपालिका–९ कमेरोटारकी ७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ । दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन् तर दैनिक घण्टौं बत्ती जाँदा अक्सिजन समेत लिन नपाएको गुनासो उनको छ । 

थापाका छोरा गोकुल थापाले भने, ‘दैनिक अक्सिजन सिलिण्डर बोक्न समस्या भएकाले १ लाख तिरेर अक्सिजन कन्सन्ट्रेटर मेसिन नै ल्याएर घरमा बुवालाई अक्सिजन दिन थालियो तर बत्ती जाँदा फेरि त्यही सिलिन्डरको भर पर्नुपरेको छ, कहिले त प्राधिकरणले अघोषित लोडसेडिङ पो गरेको हो कि जस्तो लाग्छ ।’

दिउँसो त लाइन मर्मतको नाममा प्राधिकरणले बत्ती काट्छ तर राति के भएर दैनिक १५–२० मिनेटको फरकमा झ्याप्प–झ्याप्प बत्ती जान्छ उपभोक्ता छक्क परेका छन् । १ हप्तायता मध्यपुर थिमिको राधेराधे, सङ्गम कोलोनी, कमेरोटार लगायतका क्षेत्र र जिल्लाका अन्य क्षेत्रमा पनि साँझ परेपछि दैनिक झ्याप्प झ्याप्प बत्ती जाने गरेपछि उपभोक्ता दिक्क भएका छन् । 
    
सूर्यविनायक नगरपालिका–२ बालकोटका मञ्जु न्यौपानेले भने, ‘सरकार विद्युत् जति पनि छ, अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ, हामीले दैनिक बत्ती जाने समस्याले वाक्क भइसक्यौं ।’

राति बत्ती जान थालेपछि विद्युत् प्राधिकरणका कर्मचारीले पनि सास्ती भोग्ने गरेका छन् । राति पटक पटक बनाउन जाँदा सास्ती भएको उनीहरु बताउँछन् । कर्मचारीले पनि बत्ती जान थालेपछि नोलाइटमा फोन उठाउनै नभ्याउने गरी गुनासो आउने गरेको विद्युत् प्राधिकरण नोलाइटका एक कर्मचारीले बताए ।

ती कर्मचारीले भने, ‘राति हामीले बत्ती काट्ने होइन, बत्ती खपत बढी भएपछि ट्रान्समिटरले लोड धान्न सक्दैन, बत्ती गइरहन्छ, कहाँ समस्या हो, पहिचान गरेर कर्मचारी बनाउन जाँदा आधा घण्टा त लागिहाल्छ, बनाएर आउन नपाइ फेरि बत्ती गयो भन्ने गुनासो आउँछ, हामीलाई पनि कहाँ सजिलो छ र ? ग्राहकले यो कुरा बुझ्दैनन्, कहिले त फोनमै गाली गर्छन् ।’ – रमेश गिरी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x