बैशाख २९, २०७९
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
काठमाडाैं | माघ १३, २०७८
लगातार चारदिनसम्म घटेको शेयर बजारमा बिहीवार सामान्य वृद्धि भएको छ ।
साताभरको कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ३.२९ अंकले बढ्दै २७७९.९३ विन्दुमा पुगेको छ ।
यस दिन ठूला कम्पनीहरूको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढ्दै ५१८.७२ विन्दुमा पुगेको छ ।
यस दिन कुल २ सय २४ कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा किनबेच भएको छ ।
यस दिन १३ समूहमध्ये ७ कम्पनीको शेयर सूचक बढेको छ । बाँकी ६ कम्पनीको शेयर सूचक घटेको छ ।
यस दिन लगानीकर्ताको आकर्षण निर्जीवन बीमातर्फ देखियो । यस्तै फाइनान्स, जलविद्युत, उत्पादन तथा निर्माण, अन्य, माइक्रोफाइनान्स र इन्भेस्टमेन्ट समूहको सूचक बढ्यो ।
बिहीवार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र मुचुअल फण्डतर्फ भने सूचक घटेको छ ।
बिहीवार विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक धेरै ४.१४ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा सर्वाधिक धेरै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० करोड २ लाख ६९७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस पछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ११ करोढ ४७ लाख २३ हजार ७३० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार नेप्से परिसूचक ५६.०६ अंकले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ । त्यस्तै ...
लुम्बिनी विकास बैंक लिमिटेडले ‘११% एल.बि.बि.एल डिबेञ्चर २०८९’ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने १...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बुधव...
नबिल बैंकले नेपालमा आÏनो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजत...
रिभर फल्स पावर लिमिटेडले आज अर्थात बैशाख २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...