×

NMB BANK
NIC ASIA

बुटवलमा बन्यो कराँते डो एकेडेमीको कभर्डहल

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बर्द्धन र प्रवद्र्धनका लागि भन्दै कराँतेको एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्नेगरी निर्माण गरिएको एकेडेमी भवनको बिहीबार प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त एकेडेमी भवनको उद्घाटन गर्दै प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट समृद्धि हासिल हुन सक्ने भएकाले उपमहानगरले खेलकुदको समग्र विकासलाई प्राथिमकतामा राखेर नीति कार्यक्रम र बजेटको प्रबन्ध गरिएको बताए ।  


Advertisment
Nabil box
Kumari

उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले खेलकुदको पूर्वाधार विकासका साथै खेलाडीको उत्पादन, पहिचान, अवसर र प्रोत्साहनका लागि पनि उपमहानगरले विशेष रणनीतिका साथ कार्यक्रम गरिरहेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

वडा नं. १० का अध्यक्ष पदम थापाले खेलकुदको समग्र विकास र प्रबर्द्धनका लागि वडा स्तरबाट समेत कार्यक्रम भइरहेको उल्लेख गर्दै एकेडेमीको भरपूर सदुपयोग गरेर त्यसमार्फत खेलाडी उत्पादनमा टेवा पुर्‍याउनुपर्नेमा जोड दिए । 

उक्त कराँते डो एकेडेमी कभर्डहल भवन उपमहानगर, वडा स्तरीय र उपभोक्तासमेतको ४६ लाख ३९ हजार बराबरको लगानीमा निर्माण भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए । 

बुटवल उपमहानगरले खेलकुदका पूर्वाधार विकासका साथै विभिन्न वडामा गरि ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरेको छ । क्रिकेट, फुटबल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरुलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको खेलकुद विकास समितिका अध्यक्ष काउचाको भनाइ छ । 

कराँते सिक्न चाहनेका लागि अवसर

यस्तै कालिकानगरमा गत वर्ष नै एकेडेमी स्थापना भएको थियो । एकेडेमी स्थापना भएलगत्तै गत फागुन ४ गते उपमहानगरका प्रमुख सुवेदीले नै उपमहानगर मातहतको जग्गामा कराँते डे एकेडेमीको कभर्डहल शिलान्यास गरेका थिए । एक वर्षमै निर्माण सम्पन्न भएर अहिले उद्घाटन गरिएको छ । 

कालिका नगरमा स्थापना भएको एकेडेमीमा उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालिकाको २ र ३ नम्बर वडाका खेलाडीहरूले समेत प्रशिक्षणमा प्रत्यक्ष लाभ लिन सक्ने सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष एवम एकेडेमीका अध्यक्ष देवकोटाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x