असार १५, २०७९
पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु। तस्वीर-रासस
१ हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् ।
हुम्लाको सिमकोट गाउँपालिका–८ याङगु गाउँका वासिन्दाले हप्ता दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन ।
विद्युत् केन्द्रबाट विस्तार गरिएका २ वटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन १ हप्तादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए ।
करीब ६० घरधुरी भएको गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करीब १ हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो ।
पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दा समेत आफूहरूको मागको सुनुवाइ नगर्दा स्थानीयले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ थियो ।
विद्युत् कुन ठाउँमा कसरी बिग्रेको हो हालसम्म यसको जानकारी नै नदिइएकाले यस विषयमा केन्द्रमा सम्पर्क गर्न सम्पर्क गर्न खोज्दा सम्भव भएन ।
पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु। तस्वीर-रासस
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर रासायनिक मलको हाहाकारलाई केही कम गर्न सकिने बताएका छन् । यसका लागि महानगरपालिका क्रियाशील रहेको उनल...
राज्यले जन्मदर्तासम्बन्धी देखिएका समस्यालाई तत्काल समाधान गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । गैरसरकारी संस्था साथसाथले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीले बालबालिकालाई ...
अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती प...
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चेकिङ डेढ घण्टा प्रभावित भएको छ । अध्यागमन विभागका सूचना अधिकारी अर्जुन न्यौपानेका अनुसार प्रमुख सर्भर नै डाउन हुँदा डेढ घण्टा यात्रु ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । नेता पौडेलले राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय या...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...