बैशाख २८, २०७९
नबिल बैंकले नेपालमा आÏनो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजत...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अंकले उकालो लागेर २ हजार ७७९.९८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ५१८.७२ मा पुगेको छ ।
नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मूल्यमा खरिद बिक्री भए ।
शेयर कारोबार हुने हप्ताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख २० हजार रुपैयाँको हाराहारीमा पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार ७ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ६ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बीमा १.३२, सामूहिक लगानी कोष ०.०९ अंकले ओरालो लागेको छ ।
जलविद्युत् ५.५२, वित्त १४.६५, निर्जीवन बीमा १३३.८३, उत्पादन २८.७२, अन्य १७.९२, लघुवित्त ५.३१ र लगानी ०.४७ अंकले उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २० करोड २ लाख ६९७ रुपैयाँ बराबरको कारोबार भयो ।
नेपाल दूरसञ्चार कम्पनी ११ करोड ४७ लाख २३ हजार ७३०, अपि पावर कम्पनी ११ करोड १७ लाख ८१ हजार ९४८, शिखर इन्स्योरेन्स १० करोड ९९ लाख ३४ हजार २७१ र आइएमई जनरल इन्स्योरेन्स ९ करोड २५ लाख ९४ हजार ७३५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रङो पावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । सीईडीबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ७.१६ प्रतिशतले कमाए ।
सप्तकोशी डेभलपमेन्ट बैंक ४.१४, युनाइटेड इदी मर्दी हाइड्रोपावर ३.९०, नबिल इक्विटी फण्ड २.९६, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.७६ र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।
नबिल बैंकले नेपालमा आÏनो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजत...
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको ...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बुधव...
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
लुम्बिनी विकास बैंक लिमिटेडले ‘११% एल.बि.बि.एल डिबेञ्चर २०८९’ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने १...
मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंक...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...