×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

क्रिकेट खेलाडीको वर्गीकरण : ​१० जनाको नाम ‘ग्रेड ए’ सूचीमा, कारबाही फिर्ता

माघ १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन् भने महिलातर्फ रुबिना क्षत्री, सीता राना मगर, इन्दु शर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् ।

Muktinath Bank

यस्तै पुरुषतर्फ ‘ग्रेड बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी रहेका छन् भने महिलातर्फ सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योती पाण्डे रहेका छन् । यस्तै ‘ग्रेड सी’ मा पुरुषतर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् भने महिलातर्फ डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् । ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्यानले गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै क्यानले अनुशासन उलंघनसम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना पुरुष खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता समेत लिएको छ । यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । क्यानले कारबाही फिर्ता लिएपनि कप्तानमा भने सन्दीपलाई नै निरन्तरता दिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धमा नरहेका खेलाडीहरु बिक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन स्वरुप जनही १ लाख भत्ता दिने निर्णय पनि क्यानले गरेको छ । यस्तै महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने निर्णय पनि क्यानले गरेको छ । यसबाहेक क्यानले वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय पनि गरेको छ । क्यानको निर्णयसम्बन्धी समाचारसहित लोकान्तर राउण्ड अपमा स्वागत छ ।
अब २४ घण्टाका मुख्य समाचार संक्षेपमाः
पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार २१ हजार ८०८ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट ५ हजार ८१६ र एन्टिजेनबाट २ हजार २०१ जनामा संक्रमण पुष्टि भएको हो ।

Vianet communication
Laxmi Bank

कोरोना निको भएर थप ५ हजार २९२ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या ११ हजार ६८७ पुगेको मन्त्रालयले जनाएको छ ।
००००
स्थानीय तहको निर्वाचन वैशाखबाट नसार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी भित्रैबाट चर्को दबाब परेको छ । संविधान र स्थानीय तह निर्वाचन ऐन अनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले भने गठबन्धनको बैठकमा कानून संशोधन गरेर निर्वाचन सार्ने वातावरण बनाउन सहमति गरेका छन् । पार्टी सभापतिको यो निर्णयको कांग्रेसभित्र चर्को विरोध र असन्तुष्टि व्यक्त भइरहेको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीवार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयमा छलफल भएको छ । त्यस अवसरमा उनीहरूबीच बुधवार सम्पन्न राष्ट्रिय सभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको थियो । यो क्रममा राष्ट्रपतिले समयमै चुनाव अर्थात वैशाखमै स्थानीय तहको चुनाव गर्न पनि प्रमलाई सुझाव दिएकी छन् ।
००००
गृह मन्त्रालयले सार्वजनिक स्थलमा ख्यालठट्टा गरेको भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने कार्य गर्नेलाई कारवाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही हुने जनाएका छन् ।
००००
गौर हत्याकाण्ड दोर्होयाउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटसमक्ष जाहेरी दिएका हुन् ।
००००
मोरङमा उखुबारीमा गाडेको अवस्थामा भेटिएका दुई पुरुष शवमध्ये एकको पहिचान खुलेको छ । दोस्रो खाल्डोमा भेटिएको शवमा पर्स भित्र ४९ बर्षका धरान ३ का राजेन्द्र श्रेष्ठको नाम उल्लेख गरिएको सवारी चालक अनुमति पत्र पाइएको मोरङ प्रहरीले जनाइएको छ ।   शव पहिचानका लागि उनको परिवार खोज्ने तथा बुझ्ने काम भइरहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए । उनका अनुसार पहिलो खाल्डोमा भेटिएका पुरुषको भने पहिचान हुन सकेको छैन ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अंकले उकालो लागेर २ हजार ७७९.९८ मा पुगेको छ ।
००००
राष्ट्रियसभा बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीवार सूचना प्रकाशित गर्दै १७ गते बैठक बोलाइएको जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x