×

NMB BANK
NIC ASIA

कान्जी हाउसका गाई–गोरुले स्थानीय हैरान

माघ १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाई–गोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन् । कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो ।

Muktinath Bank

“मेरो चार बिघा लगाएको गहुँ पूरै नास गरेका छन्”, स्थानीयवासी गणेश चौधरीले भने, “छाडा गाईगोरु कान्जी हाउसमा हुलिएका छन् भन्नेमा थियौँ एक्कासी खोलिदिएपछि गाउँमा मलगायत धेरै किसानको गहुँबाली नास भएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जानकी गाउँपालिकाको रु पाँच लाख सहयोगमा छाडा गाई–गोरु हुल्ने योजनाअनुसार सुवर्णपुरमा करिब एक महिनाअघि कान्जी हाउस निर्माण गरिएको हो । कान्जी हाउसमा टीकापुर, जोशीपुरदेखिका छाडा गाई–गोरु ल्याएर राखिएको थियो । स्थानीयवासीको भनाइअनुसार कान्जी हाउसमा करिब ८०० छाडा गाई–गोरु राखिएका थिए । यसरी खुल्ला अकाशमा निर्माण गरिएको कान्जी हाउसमा दैनिक गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए ।


Advertisment
Nabil box
Kumari

कान्जी हाउसमा जाडो र भोकले गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले वातावरण दुर्घन्धित भएको भन्दै विरोध गरेका थिए । स्थानीयले विरोध गर्न थालेपछि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खुला गरिएको हो । कान्जी हाउसमा राखिएका गाई–गोरु कसले खुला ग¥यो भन्नेबारेमा आपसमा आरोप–प्रत्यारोसमेत चलेको छ ।

Vianet communication
Laxmi Bank

स्थानीयवासीले कान्जी हाउस अन्यत्र सार्न वडा नं ६ का वडाध्यक्ष झनक विश्वकर्मा र गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । कान्जी हाउस निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले बताए ।

गाउँपालिकाले तारबारका लागि खर्च गरे पनि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खाने व्यबस्था थिएन । “जाडो मौसममा खुला आकाशमा गाईगोरु राख्दा मर्ने निश्चित हो, बिनायोजना काम गरेपछि यस्तै हुन्छ”, वडा नं ३ का वडाध्यक्ष प्रदीप शाहले भने, “खुलामा गाई–गोरु हुल्नु भनेकै मार्नका लागि हो ।”

स्थानीय बासिन्दा योजना बनाएर गाईवस्तु व्यवस्थापन कार्य सुरु गरेको भए यो समस्या नआउने बताउँछन् ।

स्थानीयवासीले गाईगोरुले नोक्सान गरेको खेतीको क्षतिपूर्ति स्थानीय पालिका र वनले दिनुपर्ने माग गरेका छन् ।
कैलालीमा छाडा पशु चौपाया सबै स्थानीय पालिकाको समस्या बनेको छ । यहाँका जनप्रतिनिधिले छाडा पशु व्यवस्थापन गर्छौँ भने पनि कसैले व्यवस्थापनमा काम गर्न सकेको देखिँदैन । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x