×

Nic Asia
Marvel

युक्रेनका विषयमा चीनले रुसलाई समर्थन गर्दा भारतलाई किन टेन्सन ?

काठमाडाैं | माघ १४, २०७८

NTC
TVS INSIDE

अमेरिका र चीनका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार भएको फोनवार्तामा चीनले युक्रेनका विषयमा रुसको पूर्ण समर्थन गर्ने स्पष्ट पारेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

रुसलाई अलग्याउनका लागि चीनलाई फकाउन अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले फोन गरेको भए पनि चीनका परराष्ट्रमन्त्री वाङ यीले रुसको सुरक्षा चिन्तालाई अमेरिका र नेटोले सम्बोधन गर्नुपर्ने बताए । 


Advertisment
NMB BANK
Saurya island

रुस र चीन यसरी झन् झन् नजिकिँदै जाँदा भारतीय विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । भारत र चीनको सीमाविवाद चलिरहेको बेलामा चीन र रुसको निकटता भारतका लागि चिन्ताको विषय भएको विश्लेषकहरूले बताए । 

भारतले भारी मात्रामा रुससँग हतियार किनेर चीनविरुद्ध अघि सीमामा खडा भएको छ । भारतीय सेनाको लगभग ६० प्रतिशत हतियार रुसी मूलको छ । 

Vianet communication
Maruti inside

रुसको समर्थनविना भारतीय सेना पंगु हुने खतरा छ । त्यही जोखिमलाई विचार गर्दै भारतका विदेशसचिवले केही दिनअघि अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शर्मनसँग कुराकानी गरेका थिए । 

भारतले रुस युक्रेन विवादमा आधिकारिक बयान जारी गरेको छैन । तर उसले घटनाक्रममा नजिकैबाट नजर लगाइरहेको छ । 

आमनेसामने भएका दुवै पक्षमा भारतका रणनीतिक सहयोगीहरू छन् । यस्तो स्थितिमा गलत कमदम चाल्दा जटिल कूटनीतिक सम्बन्ध थप बिग्रनेछ । 

भारतलाई रुसको शक्तिप्रदर्शनमा चिन्ता छ तर मस्कोसँगको सम्बन्ध संकटमा पार्न ऊ चाहँदैन । 

उता चीनसँगको तनावमा अमेरिकाले भारतलाई सहयोग गरिरहेको छ । त्यसैले ऊ सम्बन्धलाई धराप पार्ने पक्षमा छैन । 
 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् ।  रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए ।  ...

जेठ ६, २०७९

चीनले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई विस्तार गर्ने प्रस्ताव राखेको छ ।  अहिले यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रिक्सका समकक्षीहरूसँगको अन्ला...

जेठ ६, २०७९

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् ।  यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...

जेठ ६, २०७९

चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ ।  उक्त हतियार विकसित गर्ने टोलीका नेता ...

जेठ ६, २०७९

रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ ।  यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ ।  ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...

जेठ ६, २०७९

चीनले महासागरमा वैज्ञानिक अनुसन्धानका लागि मानवरहित जहाज बुधवार सार्वजनिक गरेको छ ।  उक्त जहाजमा दर्जनौं ड्रोन, डुंगा र पनडुब्बीहरू राख्न सकिन्छ । यस ८८ मिटर लामो जहाजले अतिक्रमणकारी शक्तिलाई रोक्न, नि...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x