×

Nic Asia
Marvel

पाकिस्तानले चीनसँग किन्यो हावित्जर तोप, भारत सीमामा तैनाथ गर्ने

काठमाडाैं | माघ १४, २०७८

TVS INSIDE

पाकिस्तानले भारतसँगको युद्धका लागि चीनले एसएच–१५ हावित्जर किनेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

हावित्जरलाई मुख्य रूपमा पहाडी क्षेत्रहरूमा भारत सीमामा तैनाथ गरिनेछ । चीनमा बनेको यस हतियारले १५५ एमएमको गोला हान्न सक्छ । 


Advertisment
NMB BANK
Saurya island

यसलाई ट्रकको चेसिसमा जडान गरिएको छ । सजिलैसँग कम समय लगाएर यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म लग्न सकिन्छ । 

पाकिस्तानले चीनसँग सन् २०१९ मा २३६ वटा एसएच–१५ १५५ एमएम हावित्जर किन्न सम्झौता गरेको थियो । त्यसमध्ये केही युनिट पाकिस्तानलाई चीनले दिएको छ । सन् २०१८ मा यो हावित्जर कराचीमा आयोजित डिफेन्स एक्सपोमा देखिएको थियो । पाकिस्तानले हावित्जरको परीक्षण कराचीको पहाडी क्षेत्रमा गरेको थियो । 

Vianet communication
Maruti inside

यसको रेन्ज ५३ किलोमिटर रहेको बताइन्छ । 

चीनको सरकारी हतियार कम्पनी नर्दन इन्डस्ट्रीज कर्पोरेसनले यो हतियार बनाएको हो । कम्पनीका अनुसार, यसलाई पहाडी क्षेत्र र दलदलमा समेत सजिलै उपयोग गर्न सकिन्छ । कतिपय रिपोर्टमा यसले आणविक गोला समेत प्रहार गर्न सक्ने दाबी गरिएको छ । तर विश्वसनीय स्रोतबाट यसको पुष्टि हुन सकेको छैन । 

पाकिस्तानले सन् १९८४ देखि नै सानो आकारका आणविक हतियार बनाउन शुरू गरेको हो । 

पाकिस्तानले चीनसँग भीटी–४ ट्यांक पनि किनेको छ । सन् २०२१ को अप्रिलबाट चीनले पाकिस्तानलाई यसको डेलिभरी शुरू गरेको थियो । तर अहिलेसम्म कतिवटा युनिट सुम्पिइसकेको हो भन्ने जानकारी छैन । 

पाकिस्तानभन्दा अघि थाइल्यान्ड र नाइजेरियाले चीनसँग यो ट्यांक किनेका थिए । गत सेप्टेम्बर महिनामा पाकिस्तानी सेनाले टिल्ला फील्ड फायरिङ रेन्जमा यस ट्यांकको परीक्षण गरेको थियो । 
 

TATA Below
NLIC
जेठ १३, २०७९

इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त ...

जेठ १३, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् ।  ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...

जेठ १३, २०७९

युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ ।  आक्रमणमा ३५ जना घाइते भएका छन् ।  मृत्युसंख्या बढ्न सक्ने सम्भावना...

जेठ १३, २०७९

लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए ।  गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।  

जेठ १४, २०७९

भारत सरकारले खाद्यान्न निर्यालमा एकपछि अर्काे प्रतिबन्ध लगाउँदै आएको छ । सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्...

जेठ १३, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि राखेका शर्तहरू असम्भव र मूर्खतापूर्ण भएको रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले बताएका छन् । रुसी सैनिकहरूले फेब्रुअरी २४ पछि कब्जामा ल...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x