जेठ ३, २०७९
फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका...
काठमाडाैं | माघ १४, २०७८
चीनले भारतसँगको सीमाविवादमा तेस्रो पक्षको हस्तक्षेपलाई विरोध गरेको छ ।
चीनको रक्षा मन्त्रालयले सीमाविवाद चीन र भारतको पारस्परिक विषय भएको बतायो । यस विवादमा दुवै पक्षले तेस्रो देशको हस्तक्षेपलाई विरोध गर्ने चीनको भनाइ छ ।
भारतसँगको सैन्यस्तरीय वार्ता सकारात्मक तथा रचनात्मक भएको चीनको रक्षा मन्त्रालयको कथन छ ।
चीनले छिमेकीहरूलाई धम्क्याउने गरेको भनी अमेरिकाले लगाएको आरोपलाई पनि चीनले खण्डन गरेको छ । सीमाविवादलाई उचित तरिकाले व्यवस्थापन गर्नका लागि भारतसँग मिलेर काम गर्ने उसको भनाइ छ ।
भारत र चीनबीच १४औं चरणको सैन्य वार्ता जनवरी १२ मा भएको थियो । त्यसमा दुवै पक्षले लद्दाखमा गतिरोधको बाँकी मुद्दामा पारस्परिक रूपमा स्वीकार्य समाधानका लागि सैन्य तथा कूटनीतिक माध्यमबाट कुराकानी गर्न सहमति जनाएका थिए ।
चीनको रक्षा मन्त्रालयका वरिष्ठ कर्नेल वु छ्यानले बिहीवारको पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीको आलोचना गरे । चीनले छिमेकीहरूलाई धम्क्याइरहेको भनी साकीले टिप्पणी गरेकी थिइन् ।
अमेरिकाले चीन भारत मामिलामा हस्तक्षेप गर्न नमिल्ने कर्नेल वुको भनाइ छ ।
फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका...
भारतको पवित्र तीर्थनगरी बनारसमा रहेको ज्ञानवापीमा हिन्दूहरूले सर्वे गर्नुपर्ने माग राखेका छन् । काशी विश्वनाथ मन्दिरसँगै रहेको उक्त मस्जिद बनाउनका लागि मन्दिर भत्काएर निस्केका सामग्रीको उपयोग गरिएको हिन्दू...
रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फिनल्यान्ड र स्विडनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बन्न नदिने बताएका छन् । नेटोका सबै ३० सदस्यको सर्वसम्मतिमा मात्र नयाँ सदस्य जोडिन मिल्छ । सबै मुलुक...
जम्मु कश्मीरको परिसीमनका विषयमा पाकिस्तानले एक संकल्प प्रस्ताव पारित गरेपछि भारतले त्यो हास्यास्पद भएको बताएको छ । जम्मु कश्मीर र लद्दाख भारतको अखण्ड भूभाग भएको बताउँदै भारतले आफ्नो आन्तरिक मामिलामा हस्तक्...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् । न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...