×

X
Nic Asia
Dabur
Khukuri

महाकाली पुलको कामले किन लिएन गति ?

काठमाडाैं | माघ १६, २०७८

NTC
Argakhanchi Cement
फाइल तस्वीर।
Premier Steels
TVS INSIDE

सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।

LAxmi BAnk
nabil BANK inside

गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । 

'हामीलाई गाइडबण्ड बनाउन करीब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो,' पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी) जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले भने, 'अहिले डिजाइन परिर्वतनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।'


Advertisment
Saurya island

उनले पुलको ‘स्ल्याप’ ढलानको काम सकिएको जानकारी दिए । 

'७.८ किमी छ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ,' इञ्जिनियर पाण्डेयले भने, 'गाइडबण्डका लागि स्थानीय प्रशासनसित समन्वय गरेर चुरेतर्फका खोलाबाट करीब १८ हजार घनमिटर ढुंगा ल्याए पनि त्यसले पर्याप्त भएन ।'

Vianet communication
IME BANK INNEWS

महाकाली पुल योजना कार्यालयका इञ्जिनियर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए । 

२०७४ भदौदेखि शुरू भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । संघीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवनलगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका नौ सडक र म...

मंसिर २१, २०७९

चितवनको भरतपुर महानगरपालिकामा ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताले शुल्क तिर्न नपर्ने भएको छ । महानगर प्रमुख रेणु दाहालले मंसिर  महिनादेखि ७ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने उपभोक्तासँग शुल्...

मंसिर २१, २०७९

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ ।...

मंसिर २१, २०७९

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणल...

मंसिर २१, २०७९

काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन् । यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् । पौडेलले प्राधिकरणम...

मंसिर २१, २०७९

सुर्खेतका १९ वर्षे दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पांग्रे गाडी बनाएका छन् । बीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले पाँच महिना लगाएर सो गाडी बना...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x