×

NMB BANK
NIC ASIA

अझै तयार भएन धरहरा

धरहरा चढ्न अझै १ वर्ष कुर्नुपर्ने, उद्घाटनको ९ महिनासम्म किन सकिएन काम ? [भिडियो]

माघ २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करीब ९ महिनाअघि निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माणको काम अझै ३३ प्रतिशत बाँकी रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

धरहराको स्तम्भ ठडिए पनि समग्र भौतिक प्रगति ६७ प्रतिशतमा सीमित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रिपल बेसमेन्ट, तीन तलाको पार्किङ स्पेस, अगाडिपट्टिको भागमा हरियाली, उत्तरपट्टिको क्षेत्रमा म्युजियम बनाउने लगायत काम निकै सुस्त गतिमा भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

मुख्य स्तम्भको फिनिसिङको काम पनि अझै बाँकी छ ।

Vianet communication
Laxmi Bank

समग्र भौतिक प्रगति ६७ प्रतिशत र खर्च ६१ प्रतिशत भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(भवन तथा आवास)का कामु आयोजना निर्देशक कोषनाथ अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

जीआईईटीसी एन्ड रमन जेभीले ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने गरी धरहराको ठेक्का पाएको थियो ।

आउँदो चैत्र मसान्तसम्म म्याद रहेकोमा फिनिसिङ र ल्यान्डस्केपिङको काम गर्नका लागि थप समय आवश्यक परेकाले असार मसान्तसम्म म्याद थप्न अनुरोध गर्ने तयारी भएको अधिकारीले बताए ।

विभिन्न कारणले गर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको अधिकारीको भनाइ छ ।

'हुलाक कार्यालयको जग्गा प्राप्ति, सञ्चयकोषसँग जग्गा सट्टापट्टा आदि कामले समय लिएको र कोरोना महामारीले काम प्रभावित भएकाले ढिलाइ भएको हो,' उनले भने ।

पहिले धरहरा पुनर्निर्माणको काम जम्मा ५ रोपनी क्षेत्रफलमा गर्ने भनेर अगाडि बढेकोमा अहिले धेरै कुरा विस्तार भएर ४२ रोपनी क्षेत्रफलमा विस्तार भएको जानकारी निर्देशक अधिकारीले जानकारी दिए।

धरहरा उद्घाटन भइसकेको सुनेका सर्वसाधारणहरू भने अगाडिको रोडबाट मूल स्तम्भ हेरेर फर्किन बाध्य छन् ।

काठमाडौं रानीवनबाट स-परिवार घुम्न आएकी सुस्मिता आलेले धरहरा चढ्न नपाएकोमा गुनासो व्यक्त गरिन् ।

'काम निकै सुस्त गतिमा भएको रहेछ,' उनले भनिन्, 'सरकारले छिटो नबनाइदिँदा हामीले धरहरा चढ्न पाएनौं ।'

स्वयम्भूदेखि आएका हर्क गुरुङले पनि निर्माणको कामले समय लिँदा धरहरा आसपासमा पनि गञ्जागोल भएको बताए ।

'धरहरा पुनर्निर्माणमा ढिलाइ हुँदा यस वरिपरिको अवस्था पनि गञ्जागोल छ,' उनले भने ।

कति समय कुर्नुपर्छ धरहरा चढ्न?

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(भवन तथा आवास)का कामु आयोजना निर्देशक कोषनाथ अधिकारीले निर्माण सम्पन्न भएर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने बताए ।

‘पूर्णरूपमा निर्माण सम्पन्न नभई सर्वसाधारणलाई धरहरा चढाउन उपयुक्त हुन्न ।

निर्माण सम्पन्न भएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरणको प्रक्रिया पूरा गरेपछि मात्र सर्वसाधारणले धरहरा चढ्न पाउँछन्,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x